Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Micah 7 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको दुर्गति

1मलाई कस्तो दुर्गति आइलागेको छ!म दाखबारीमा ग्रीष्म ऋतुकोफल बटुल्ने मानिसजस्तै छु;खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन;मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।

2धर्मी मानिसहरू देशबाट नष्‍ट भइसकेका छन्;धर्मी एउटै पनि बाँकी छैन।हरेक मानिस हत्या गर्न ढुकिबस्छन्;तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।

3दुवै हातहरू दुष्‍ट काम गर्न सिपालु छन्;शासकहरूले उपहारको माग गर्छन्,न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्;शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्;तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।

4तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ,सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ।परमेश्‍वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ;तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ।अहिले तिमीहरूको अन्योलको समय हो।

5तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर;न त मित्रमाथि नै विश्‍वास गर।आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेतहोसियार भएर बोल।

6किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ,छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे;बुहारी आफ्नै सासूको विरुद्धमा—मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।

7तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु;म मेरो उद्धारकर्ता परमेश्‍वरलाई पर्खन्छु;मेरा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुहुनेछ।

इस्राएल फेरि उठ्नेछ

8हे मेरो शत्रु, मेरो खिसी नगर्!म लडेको छु, तर पनि म खडा हुनेछु।म अन्धकारमा छु,तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।

9किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु,जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्‍न,र मेरो अधिकार स्थापित गर्नुहुन्‍न,तबसम्म म याहवेहको क्रोधलाई सहनेछु।उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ;म उहाँको धार्मिकतालाई हेर्नेछु।

10त्यसपछि मेरा शत्रुले यो देख्नेछन्,र तिनीहरू लज्जित हुनेछन्,जसले मलाई यसो भनेकी थिई,“याहवेह तेरो परमेश्‍वर कहाँ छन्?”मेरो आँखाले त्यसको पतन देख्नेछ;अहिले पनि त्यो गल्‍लीहरूमाहिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।

11तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन,तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।

12त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्;अश्शूर र इजिप्टका सहरहरूबाटइजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मकार टाढा-टाढाका समुद्रदेखि लिएरटाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।

13तिमीहरूका बासिन्दाहरूका दुष्‍ट कामहरूकापरिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।

प्रार्थना र प्रशंसा

14तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्;तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्,जो एकलै वनमा,कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्।तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तैबाशान र गिलादमा गएर चर्न दिनुहोस्।

15“तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तैम तिनीहरूलाई मेरा अद्‌भुत कार्यहरू देखाउनेछु।”

16राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्।तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्।तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्,र तिनीहरूका कानहरू बहिरा हुनेछन्।

17तिनीहरूले सर्पले जस्तैर जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्।तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्;तिनीहरू याहवेह हाम्रा परमेश्‍वरकहाँ डरसहित फर्कनेछन्,र तिनीहरू उहाँसँग डराउनेछन्।

18तपाईंजस्तो परमेश्‍वर को छ र?जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,र अपराधहरू बिर्सिदिनुहुन्छ।तपाईं सधैँभरि रिसाइरहनुहुन्‍न,तर अटुट प्रेम देखाउनमा प्रसन्‍न हुनुहुन्छ।

19तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ;हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ;अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

20जसरी तपाईंले धेरै अगिका दिनहरूमाहाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो,त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ,र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]