Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Micah 6 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको विरुद्धमा याहवेहको मुद्दा

1याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन:“खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर;तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।

2“हे पर्वतहरू हो, याहवेहको अभियोग सुन,हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ।किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ;उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।

3“हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु?कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।

4मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ,र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ।तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा,हारून र मिरियमलाई पनि पठाएँ।

5हे मेरा मानिसहरू हो,मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो,र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो।शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर,ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।”

6म के लिएर याहवेहको सामु आऊँर सर्वोच्‍च परमेश्‍वरको सामु दण्डवत् गरूँ?के एक बर्से बाछाहरू लिएरहोमबलि चढाउनलाई म उहाँको सामु आऊँ?

7के याहवेह हजारौँ भेडाहरू,जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र?के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ?मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?

8हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ।अनि याहवेहले तँबाट के चाहनुहुन्छ?केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू;अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।

इस्राएलको दोष र सजाय

9सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ—र तपाईंको नामको भय मान्‍नु बुद्धि हो,अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।

10हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धनर नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?

11के छलको ढक चलाउनेर झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?

12तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्;तेरा मानिसहरू झूट बोल्छन्र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

13यसकारण तेरा पापहरूको कारण,तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु।

14तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ;तिमीहरूको पेट अझै भोकै रहनेछ।तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ;किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।

15तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ;तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ;तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।

16तिमीहरूले ओम्रीका नियमहरूर आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ;तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ।यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु,र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु;तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]