Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Nahum 1 ONCV

Side by side with the Father's Heart Bible™

1निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।

निनवेको विरुद्धमा याहवेहको क्रोध

2याहवेह डाही र बदला लिने परमेश्‍वर हुनुहुन्छ;याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ।याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ,र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।

3याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्‍न।उहाँको मार्ग भुमरी र आँधीमा छ;अनि बादलहरू उहाँका पाउको धुलो हुन्।

4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ;उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ।बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्,र लेबनानका फूलहरू ओइलिन्छन्।

5उहाँको सामु पर्वतहरू काँप्छन्र पहाडहरू पग्लिएर जान्छन्।उहाँको उपस्थितिमा पृथ्वी,संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्।

6उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र?उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ?उहाँको क्रोध आगोझैँ खन्याइन्छ;उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।

7याहवेह भलो हुनुहुन्छ,दुःखको समयमा एक शरणस्थान।उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,

8तर उहाँले उर्लंदो बाढीलेनिनवे सहरको अन्त्य गरिदिनुहुनेछ;उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ।

9तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनिउहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ;सङ्कष्‍ट दोस्रोपल्ट फेरि आउनेछैन।

10तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्,र तिनीहरूका दाखमद्यले मात्तिनेछन्;तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।

11हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्‍ट युक्ति रच्ने,र खराब सल्‍लाह दिनेएक जना निस्केर आएको छ।

12याहवेह यसो भन्‍नुहुन्छ:“तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनितिनीहरू नष्‍ट हुनेछन् र मरेर जानेछन्।हे यहूदा, मैले तँलाई कष्‍ट दिए तापनिअब उसो म तँलाई फेरि कष्‍ट दिनेछैनँ।

13अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु,र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।”

14हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ;“तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन।म तेरा देवताहरूका मन्दिरमा भएकातेरा प्रतिमा र मूर्तिहरूलाई नष्‍ट पार्नेछु।म तेरो चिहान तयार पार्नेछु,किनकि तँ दुष्‍ट छस्।”

15हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउनेएउटा मानिसका पाउहरू,जसले शान्तिको प्रचार गर्दछ!हे यहूदा, तेरा चाडहरू मना,र आफ्ना भाकलहरू पूरा गर्।दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्;तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]