Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Micah 3 ONCV

Show ONCV only
Verse × ×
1 Then I said: Listen, leaders of Jacob, rulers of the house of Israel! Isn't knowing justice your duty? त्यसपछि मैले भनेँ, “हे याकोबका अगुवाहरू, इस्राएलका शासकहरू हो, सुन। के तिमीहरूले न्यायलाई मान्‍नुपर्ने होइन र?
2 You who hate good and love evil, who tear the skin from my people and their flesh from their bones; तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्‍टतालाई प्रेम गर्छौ; जसले मेरा मानिसहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ;
3 who eat the flesh of my people, strip off their skin, and break their bones in pieces; who chop them up like meat for the pot, like flesh inside the cauldron. तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; जसलाई तिमीहरूले भाँडामा हालेर पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।”
4 Then they will cry out to our Father, but he will not answer them; he will hide his face from them at that time, because of the evil they have done. त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्।
5 This is what our Father says about the prophets who lead my people astray: when they are fed, they cry "Peace," but declare war on anyone who puts nothing in their mouths. याहवेह यसो भन्‍नुहुन्छ: “ती अगमवक्ताहरू, जसले मेरा मानिसहरूलाई कुमार्गमा डोर्‍याउँछन्। यदि तिनीहरूले केही खानेकुरा पाए भने, तिनीहरूले ‘तिमीहरूलाई शान्ति होस्,’ भनेर घोषणा गर्छन्। तर यदि कसैले तिनीहरूलाई खानेकुरा दिएनन् भने, तिनीहरू त्यसको विरुद्धमा युद्धको तयारी गर्छन्।
6 Therefore night will come over you, without vision; darkness for you, without divination. The sun will set on the prophets, and the day will go dark over them. यसकारण तिमीहरूमाथि दर्शनबिनाको रात, र जोखनाबिनाको अन्धकार हुनेछ। अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ; अनि तिनीहरूका निम्ति दिन अन्धकार हुनेछ।
7 The seers will be ashamed and the diviners disgraced; they will all cover their mouths in shame, for there is no answer from our Father. दर्शीहरू लज्जित हुनेछन्, र जोखना हेर्नेहरू अपमानित हुनेछन्। तिनीहरू सबैले आफ्ना अनुहारहरू ढाक्नेछन्; किनकि तिनीहरूले परमेश्‍वरबाट कुनै पनि जवाफ पाउनेछैनन्।”
8 But as for me, I am filled with power—with the Spirit of our Father—and with justice and might, to declare to Jacob his rebellion and to Israel his sin. तर मचाहिँ शक्तिले भरिएको छु, म याकोबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप बताइदिन याहवेहको आत्माले सामर्थ्य र न्यायले भरिएको छु।
9 Hear this, you leaders of the house of Jacob and rulers of the house of Israel, who despise justice and pervert everything that is right, हे याकोबका अगुवाहरू, र इस्राएलका शासकहरू हो, यो कुरा सुन! जसले न्यायलाई घृणा गर्दछौ र ठिक कुरालाई बङ्ग्याउँदछौ;
10 who build Zion with bloodshed and Jerusalem with wrongdoing. जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई दुष्‍टताद्वारा निर्माण गर्दछौ।
11 Her leaders judge for a bribe, her priests teach for a price, and her prophets divine for silver; yet they lean on our Father and say, "Is not our Father among us? No disaster can come upon us." त्यसका न्यायाधीशहरूले घूसका लागि न्याय गर्छन्; त्यसका पुजारीहरूले कमाउनलाई सिकाउँदछन्। अनि त्यसका अगमवक्ताहरूले पैसाको लागि भाग्य बताउँछन्। तर पनि तिनीहरूले याहवेहमा दावी गर्छन् र भन्छन्, “के याहवेह हाम्रो बीचमा हुनुहुन्‍न र? हामीमाथि कुनै विपत्ति आउनेछैन।”
12 Therefore because of you Zion will be plowed like a field, Jerusalem will become a heap of ruins, and the temple mount a forested hilltop. यसैकारण तिमीहरूले गर्दा सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेष हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]