Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Micah 2 ONCV

Show ONCV only
Verse × ×
1 Woe to those who plot wickedness and work out evil upon their beds! At the morning light they carry it out, because they have the power to do it. तिनीहरूलाई धिक्‍कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्‍ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्‍ट काम पूरा गर्ने सामर्थ्य छ।
2 They covet fields and seize them, and houses, and carry them off. They oppress a man and his house, a person and his inheritance. तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्।
3 Therefore this is what our Father says: Look, against this family I am devising disaster, from which you cannot pull your necks free; you will not be able to hold your heads high, for it is an evil time. यसकारण याहवेह भन्‍नुहुन्छ: “म यी मानिसहरूका विरुद्धमा सर्वनाशको योजना बनाउँदैछु, जसबाट तिमीहरू बच्न सक्नेछैनौ। अब उसो तिमीहरू घमण्डी भएर हिँड्नेछैनौ; किनकि यो एउटा विपत्तिको समय हुनेछ।
4 In that day they will take up a taunt against you and wail with bitter lamentation, saying, "We are utterly ruined! He trades away the portion of my people; how he strips it from me! To the traitor he parcels out our fields." त्यस दिन मानिसहरूले तिमीहरूको खिल्‍ली उडाउनेछन्; तिनीहरूले तिमीहरूलाई यो विलापको गीत गाएर गिल्‍ला गर्नेछन्: ‘हामी पूर्ण रूपले सर्वनाश भयौँ; मेरा मानिसहरूको पैतृक सम्पत्ति बाँडिएको छ। उहाँले यो सम्पत्ति मबाट खोस्‍नुहुन्छ! उहाँले हाम्रा खेतहरू देशद्रोहीहरूलाई दिनुहुन्छ।’ ”
5 Therefore you will have no one to cast the measuring line by lot in the assembly of our Father. यसकारण याहवेहको सभामा तिमीहरूका निम्ति चिट्ठा हालेर जमिन बाँड्नलाई कोही पनि हुनेछैन।
6 "Do not preach!" they preach. "No one should preach such things; disgrace will not overtake us." तिनीहरूका अगमवक्ताहरू भन्छन्, “अगमवाणी नगर। यी कुराहरूका बारेमा अगमवाणी नगर; अपमान हामीमाथि आइपर्नेछैन।”
7 Should this be said, house of Jacob? Is the Spirit of our Father impatient? Are these his deeds? Do not my words bring good to the one who walks uprightly? हे याकोबको घराना, तिमीहरूले यसो भन्‍नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्?
8 But lately my children have risen up as an enemy. You strip the rich robe from those who pass by unsuspecting, like men returning from war who wanted no fight. तर अहिले मेरा आफ्नै मानिसहरू शत्रुझैँ खडा भएका छन्। तिमीहरू युद्धबाट फर्किरहेका मानिसहरूले जस्तै निर्धक्‍क भएर बाटो हिँडिरहेकाहरूबाट तिनीहरूका मूल्यवान् खास्टाहरू खोसेर लैजान्छौ।
9 You drive the women of my people out of their pleasant homes; from their little children you take away my splendor forever. तिमीहरू मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका आरामदायक घरहरूबाट निकालिदिन्छौ। तिमीहरूले मेरो आशिष् तिनीहरूका छोराछोरीहरूबाट सदाको निम्ति खोसिदिन्छौ।
10 Get up and go, for this is no place of rest; because it is defiled, it brings destruction—a grievous destruction. उठ, गइहाल! किनकि यो तिमीहरूका निम्ति सुरक्षित स्थान होइन; यो अशुद्ध भएको कारण यो कहिल्यै नबनिने गरी सर्वनाश पारिएको छ।
11 If a man who lives by empty deceit were to lie, "I will preach to you of wine and alcohol," he would be just the preacher for this people! यदि झूट बोल्ने र छल गर्ने मानिस आएर यसो भन्छ भने, ‘म तिम्रो निम्ति प्रशस्त दाखमद्य र मद्यपानको विषयमा अगमवाणी गर्नेछु;’ त्यही व्यक्ति नै यी मानिसहरूका निम्ति उचित अगमवक्ता हुनेछ!
12 I will surely gather all of you, Jacob; I will surely bring together the remnant of Israel. I will set them as one, like sheep in a pen, like a flock in the midst of their pasture—a place loud with people. “हे याकोब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।
13 The one who breaks open the way goes up before them; they break through and pass the gate, going out through it. Their King goes on ahead of them, our Father at their head. जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]