Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Job 3 ONCV

Side by side with the Father's Heart Bible™

इयोबको संवाद

1त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले। 2तिनले भने:

3“म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्!र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!

4त्यो दिन अन्धकारमा परिणत होस्;उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्;न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।

5त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;त्यो दिनमाथि बादल छाओस्;र घोर अन्धकारले भयभीत पारोस्।

6त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;न त त्यो दिन कुनै महिनामा आओस्।

7त्यो रात बाँझो होस्;त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।

8दिनलाई सराप्नेहरूले, लिव्यातनलाई उठाउनेहरूले समेतत्यो दिनलाई धिक्‍कारून्।

9त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;

10किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।

11“किन म जन्मँदै मरिनँ,अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?

12किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,र मलाई दूधपान गराउने स्तनहरू थिए?

13नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;म सुतेको अवस्थामा विश्राम पाउँथेँ।

14पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग,जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;

15सुन भएका भारदारहरूसँग,जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।

16अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?

17दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्;र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।

18त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।

19साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।

20“किन कष्‍टमा भएकाहरूलाई ज्योति,र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?

21जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,

22तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।

23मानिसलाई जीवन किन दिइन्छ?जसको मार्ग लुकिएको छ,जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।

24किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।

25म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।

26न मलाई शान्ति छ, न त सुख नै छ;मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]