Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 4 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको विरुद्धमा आरोप

1हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन,देशमा बस्‍नेहरूको विरुद्धमायाहवेहले दोष लगाउनुभएको छ:“यस देशमा विश्‍वासयोग्यता छैन, न त प्रेम नै छ;परमेश्‍वरलाई स्वीकार गर्ने कोही पनि छैन।

2यहाँ श्राप, झूट र हत्या,चोरी र व्यभिचार मात्र छन्;तिनीहरूले सबै सीमाहरू नाघेका छन्;अनि रक्तपातमाथि रक्तपात गर्दछन्।

3यसकारण देश उजाड भएको छ;अनि देशमा बस्‍ने सबै मानिसहरू नष्‍ट भएका छन्;जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरूर समुद्रका माछाहरू समेत नष्‍ट भएका छन्।

4“तर कुनै पनि मानिसले आरोप नलगाओस्,न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्;किनकि तिमीहरूका मानिसहरूपुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्।

5तिमीहरू दिनरात ठक्‍कर खान्छौ;अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्‍कर खान्छन्।यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु—

6मेरा मानिसहरू ज्ञानको अभावले नष्‍ट भएका छन्।“तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण,म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु;किनभने तिमीहरूले आफ्ना परमेश्‍वरको आज्ञालाई वास्ता गरेका छैनौ;तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ।

7जति धेरै पुजारीहरू भए,तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे;तिनीहरूले आफ्ना महिमित परमेश्‍वरलाई घृणित कुराहरूसँग साटे।

8तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्,र तिनीहरूका दुष्‍टताको स्वाद लिन्छन्।

9अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्।म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु,र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु।

10“तिनीहरूले खानेछन्, तर सन्तुष्‍टि हुनेछैनन्;तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्‍त हुनेछैनन्;तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागितिनीहरूले

11याहवेहलाई त्यागेका छन्;पुरानो दाखमद्य र नयाँ दाखमद्यलेमेरा प्रजाको समझशक्ति नष्‍ट पारिदिन्छ।

12मेरा मानिसहरूले काठको मूर्तिसित सल्‍लाह लिन्छन्,र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्।वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ;तिनीहरू आफ्ना परमेश्‍वरप्रति अविश्‍वासयोग्य छन्।

13तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्;अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्;तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपलर तारपीनको रूखमुनि बलिदान चढाउँछन्।यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमार तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्।

14“जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्,म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ;न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु;जसले व्यभिचार गर्छन्;किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्,र देवदासीहरूसँग बलिदान चढाउँछन्—समझशक्ति नभएका मानिसहरू नष्‍ट हुनेछन्!

15“हे इस्राएल, तैँले व्यभिचार गरे तापनियहूदाचाहिँ दोषी नठहरिओस्।“तिमीहरू गिलगालमा नजाओ;न त बेथ-आवेनमा उक्लेर जाओ।न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ!

16इस्राएलका मानिसहरू हठी छन्;ढीट कोरलीझैँ छन्।तब कसरी याहवेहले तिनीहरूलाई चरनमाथुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त?

17एफ्राइम मूर्तिसँग जोडिएको छ;त्यसलाई आफ्नै चालमा छोडिदेओ!

18तिनीहरूको मद्य सकिए तापनितिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्;तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्।

19आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ;अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]