Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 2 ONCV

Side by side with the Father's Heart Bible™

1“आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।

इस्राएलको दण्ड र पुनर्स्थापना

2“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;किनकि त्यो मेरी पत्नी होइनँ,र म पनि त्यसको पति होइनँ।त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूपर आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।

3नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु;म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु;त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु,र त्यसलाई तिर्खाले मार्नेछु।

4म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।

5तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे,र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे।त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु,जसले मलाई मेरो भोजन, पानी,ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’

6यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।

7त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन;त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन।तब त्यसले भन्‍नेछे,“म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु;किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”

8त्यसले बुझेकै छैन,त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ;मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ,तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।

9“यसकारण जब मेरो अन्‍न पाक्छ,र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु।त्यसको नग्नता ढाक्नलाई तयार गरिएकोमेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।

10यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामुत्यसलाई नाङ्गो पारिदिनेछु;कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।

11म त्यसका सबै उत्सवहरू:त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू,त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।

12म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु,जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे;म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु,र जङ्गली जनावरहरूले ती खानेछन्।

13बाल-देवताहरूका निम्ति धूप बालेका हुनालेम त्यसलाई दण्ड दिनेछु;त्यसले आफूलाई गरगहनाहरूले सिँगारी,र आफ्ना प्रेमीहरूको पछि लागी,तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

14“यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु,र त्यससँग मायालु कुरा गर्नेछु।

15त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु।त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ,इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”

16याहवेह घोषणा गर्नुहुन्छ,“त्यस दिन तैँले मलाई ‘मेरो मालिक’;भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।

17म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।

18त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,आकाशका चराचुरुङ्गीहरूर जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु।म देशबाट धनु, तरवारर युद्ध हटाइदिनेछु,ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।

19म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;म तँलाई धार्मिकतामा र न्यायमा,प्रेममा र दयामा दुलही बनाउनेछु।

20म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु;अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”

21याहवेह घोषणा गर्नुहुन्छ,“त्यस दिन म जवाफ दिनेछु,म आकाशलाई जवाफ दिनेछु,र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;

22अनि पृथ्वीले अन्‍नलाई;नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ,र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।

23म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु।मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ,त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु;अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]