Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 2 ONCV

Show ONCV only
Verse × ×
1 Say to your brothers, "My People," and to your sisters, "Shown Mercy." “आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।
2 Plead with your mother, plead—for she is not my wife, and I am not her husband—that she put away her whoring from her face and her unfaithfulness from between her breasts, “आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।
3 or I will strip her bare and leave her as naked as the day she was born; I will make her like a wilderness, turn her into a parched land, and let her die of thirst. नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु।
4 I will show her children no compassion, for they are the children of whoring. म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्।
5 Their mother has prostituted herself; she who carried them acted in shame. She said, "I will chase after my lovers, who give me my bread and my water, my wool and my flax, my oil and my drink." तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’
6 Therefore I am about to block her path with thorns; I will wall her in so she cannot find her paths. यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।
7 She will chase her lovers but not catch them; she will look for them but not find them. Then she will say, "I will go back to my first husband, for it was better for me then than now." त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।”
8 She has not realized that it was I who gave her the grain, the new wine, and the oil, I who lavished silver and gold on her—which they spent on Baal. त्यसले बुझेकै छैन, त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी।
9 Therefore I will take back my grain when it ripens and my new wine in its season; I will reclaim my wool and my flax, given to cover her nakedness. “यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।
10 Now I will expose her shame before the eyes of her lovers, and no one will rescue her from my hand. यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन।
11 I will put an end to all her rejoicing—her festivals, her New Moons, her Sabbaths, all her appointed festivals. म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथ दिनहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु।
12 I will lay waste her vines and fig trees, of which she said, "These are my wages that my lovers gave me." I will turn them into a thicket, and the wild animals will devour them. म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्।
13 I will hold her accountable for the days she burned offerings to the Baals, when she decked herself with rings and jewelry and chased after her lovers—but me she forgot, declares our Father. बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।
14 "Therefore, look, I am going to win her back: I will lead her into the wilderness and speak tenderly to her heart. “यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु; म त्यसलाई उजाडस्थानमा डोर्‍याउनेछु, र त्यससँग मायालु कुरा गर्नेछु।
15 There I will give her back her vineyards and make the Valley of Achor a doorway of hope. There she will respond as in the days of her youth, as on the day she came up out of Egypt." त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु, र आकोरको बेँसीलाई एउटा आशाको ढोका बनाइदिनेछु। त्यहाँ त्यसले आफ्नो जवानीको दिनमा झैँ, इजिप्टबाट निस्किआएको दिनमा झैँ गाउनेछे।”
16 On that day, declares our Father, you will call me "my husband," and no longer will you call me "my Baal." याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; भन्‍न छोडेर ‘मेरा पति’ भन्‍नेछस्।
17 I will remove the names of the Baals from her mouth; never again will they be invoked by name. म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु; तिनीहरूका नामको उच्‍चारण फेरि कहिल्यै पनि हुनेछैन।
18 On that day I will make a covenant for them with the wild animals, the birds of the sky, and the creatures that move along the ground; I will banish bow and sword and war from the land, so that all may lie down in safety. त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू, आकाशका चराचुरुङ्गीहरू र जमिनमा हलचल गर्ने पशुप्राणीहरूसँग करार बाँध्नेछु। म देशबाट धनु, तरवार र युद्ध हटाइदिनेछु, ताकि सबै जना सुरक्षित भएर विश्राम लिन सकून्।
19 I will betroth you to me forever; I will betroth you to me in righteousness and justice, in covenant love and compassion. म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु।
20 I will betroth you to me in faithfulness, and you will know your Father. म तँलाई विश्‍वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्‍नेछस्।”
21 On that day I will respond, declares our Father—I will respond to the heavens, and they will respond to the earth; याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन म जवाफ दिनेछु, म आकाशलाई जवाफ दिनेछु, र आकाशले पृथ्वीलाई जवाफ दिनेछ;
22 and the earth will respond to the grain, the new wine, and the oil, and they will respond to Jezreel. अनि पृथ्वीले अन्‍नलाई; नयाँ दाखरस र जैतुन तेललाई जवाफ दिनेछ, र तिनीहरूले यिजरेललाई जवाफ दिनेछन्।
23 I will plant her for myself in the land. I will show mercy to "No Mercy," and I will say to "Not My People," "You are my children"; and they will say, "You are my Father." म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु; मैले जसलाई ‘मेरो प्रिय होइनँ’ भनेको थिएँ, त्यसलाई प्रेम देखाउनेछु। मैले जसलाई ‘मेरो जाति होइनँ,’ भनेको थिएँ, त्यसलाई ‘तिमीहरू मेरा जाति हौ,’ भन्‍नेछु; अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ।’ ”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]