Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hebrews 3 ONCV

Show ONCV only
Verse × ×
1 So, holy brothers sharing a heavenly call, consider Jesus, the apostle and high priest we confess. यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
2 He was faithful to the one who appointed him, as Moses also was in all our Father's house. जसरी मोशा परमेश्‍वरको घरमा विश्‍वासयोग्य थिए, त्यसरी नै येशू पनि आफूलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति विश्‍वासयोग्य हुनुहुन्थ्यो।
3 Jesus deserves far more glory than Moses, as a house's builder deserves more honor than the house itself. घरको भन्दा घर बनाउनेको आदर बढी भएझैँ, येशू पनि मोशाभन्दा बढी आदरको योग्य ठहरिनुभएको छ।
4 For every house is built by someone, but the builder of all things is our Father. किनकि प्रत्येक घर कसैले बनाएको हुन्छ; तर परमेश्‍वर नै हरेक थोकका निर्माता हुनुहुन्छ।
5 Moses was faithful in all our Father's house, a servant testifying to what would be spoken later. अनि भविष्यमा परमेश्‍वरले के भन्‍नुहुनेछ भनेर साक्षी दिँदै, “परमेश्‍वरको सम्पूर्ण परिवारमा मोशा सेवकझैँ विश्‍वासयोग्य थिए।”
6 But Christ, as son, is faithful over his house. And we are his house—if we hold firm the confidence and hope we boast in. तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौँ भने हामी उहाँका परिवार हौँ।
7 So, as the Holy Spirit says: "Today, if you hear his voice, यसकारण जसरी पवित्र आत्मा भन्‍नुहुन्छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने,
8 do not harden your hearts as you did in the rebellion, on the day of testing in the wilderness, उजाडस्थानमा परीक्षाको समयमा तिमीहरू बागी भएझैँ, आफ्ना हृदयलाई कठोर नपार,
9 where your ancestors put me to the test and saw my works for forty years. जहाँ चालीस वर्षसम्म मैले गरेका कामहरू देखेर पनि तिमीहरूका पुर्खाहरूले मलाई जाँच र परीक्षा गरेका थिए।
10 That is why I was angry with that generation, and I said, 'Their hearts are always going astray, and they have not known my ways.' त्यसैकारण म त्यस पुस्तासँग रिसाएको थिएँ; अनि मैले भनेँ, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, र तिनीहरूले मेरा मार्गहरू जानेका छैनन्।’
11 So I swore in my anger, 'They will never enter my rest.'" यसकारण मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।’ ”
12 Brothers, watch that none of you has an evil, unbelieving heart that deserts the living Father. यसकारण हे दाजुभाइ-दिदीबहिनीहरू हो, यसमा विचार गर, कि तिमीहरूसँग जीवित परमेश्‍वरदेखि टाढा रहने पापपूर्ण र अविश्‍वासी हृदय नहोस्।
13 But encourage each other daily, while it is called "today," so none of you becomes hardened by sin's deceit. तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
14 For we have become sharers in Christ, if we truly keep our first confidence firm to the end. हामीसँग भएको आत्मविश्‍वासलाई दृढतापूर्वक अन्त्यसम्मै पक्रिराख्यौँ भने हामी ख्रीष्‍टका सहभागी भएका छौँ।
15 As it is said: "Today, if you hear his voice, do not harden your hearts as when you rebelled." जसरी धर्मशास्त्रमा लेखिएको छ: “आज तिमीहरूले उहाँको सोर सुन्यौँ भने, तिमीहरू बागी हुँदा गरेझैँ आफ्ना हृदयलाई कठोर नबनाओ।”
16 Who heard and rebelled? Wasn't it all who left Egypt through Moses? सुनेर बागी हुने तिनीहरू को थिए? के तिनीहरू नै होइनन्, जसलाई मोशाले इजिप्टबाट डोर्‍याएर निकालेका थिए?
17 With whom was he angry forty years? Was it not with those who sinned, whose bodies fell in the wilderness? अनि उहाँ कोसँग चालीस वर्षसम्म रिसाउनुभएको थियो? के तिनीहरूसितै होइन र, जसले पाप गरे, र जसका शरीरहरू मरुभूमिमा नष्‍ट भए?
18 Who did he swear would never enter his rest, except those who disobeyed? अनि परमेश्‍वरले उहाँको विश्राममा प्रवेश गर्नेछैनौ भनी कोसँग शपथ खानुभएको थियो, तिनीहरूसँग नै होइन र, जो अनाज्ञाकारी बने?
19 So we see they couldn't enter because of lack of faith. यसरी हामी देख्दछौँ, कि तिनीहरूका अविश्‍वासको कारणले तिनीहरू विश्राममा प्रवेश गर्न सकेनन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]