Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hebrews 2 ONCV

Show ONCV only
Verse × ×
1 So we must pay closer attention to what we've heard, or we may drift away. यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।
2 For if the word spoken through angels held firm, and every wrongdoing and disobedience got just payment, किनकि स्वर्गदूतहरूद्वारा बोलिएका सन्देश पक्‍का थियो; अनि यसलाई उल्‍लङ्घन गर्ने र अनाज्ञाकारी रहने सबैले परमेश्‍वरबाट उचित दण्ड पाए भने,
3 how will we escape if we neglect so great a salvation? First announced by the Lord, it was confirmed to us by those who heard him, हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्‍नेहरूले हाम्रा निम्ति यसको पुष्‍टि गरिदिए।
4 while our Father also testified with them through signs, wonders, various miracles, and distributions of the Holy Spirit, according to his will. परमेश्‍वरले पनि अलौकिक चिन्हहरू, अद्‌भुत कार्यहरू, अनेकौँ अचम्मका कामहरू र उहाँको इच्छाद्वारा बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा त्यसलाई पक्‍का गर्नुभयो।
5 For it was not to angels that our Father subjected the coming world we're speaking of. हामीले जुन आउने संसारको विषयमा कुरा गर्दैछौँ, त्यसलाई स्वर्गदूतहरूको अधीनमा राखिएन।
6 Someone has testified somewhere, "What is man, that you are mindful of him, or the son of man, that you care for him? तर कसैले धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भन्‍ने साक्षी दिएका छन्: “मानिस जाति के हो, र तपाईं त्यसको वास्ता गर्नुहुन्छ? अथवा मानिसको पुत्र के हो, र तपाईंले उसको फिक्री गर्नुहुन्छ?
7 You made him for a little while lower than the angels; you crowned him with glory and honor, तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो; तपाईंले तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याउनुभयो;
8 putting everything in subjection under his feet." Now in subjecting everything to him, our Father left nothing outside his control. At present, however, we do not yet see everything subjected to Christ. सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ।
9 But we see Jesus, made lower than the angels for a little while, now crowned with glory and honor because he suffered death, so that by our Father's grace he might taste death for everyone. तर हामी येशूलाई देख्छौँ, जसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याइएको थियो, मृत्यु सहनुभएकोले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ; ताकि परमेश्‍वरको अनुग्रहद्वारा उहाँले हरेकको निम्ति मृत्यु चाखून्।
10 It was fitting that our Father, for whom and through whom all things exist, should perfect the pioneer of their salvation through suffering, bringing many sons to glory. परमेश्‍वर, जसका निम्ति र जसद्वारा सबै कुरा अस्तित्वमा छन्, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्ति दिने येशूलाई कष्‍टहरूद्वारा सिद्ध तुल्याउन उचित लाग्यो।
11 The one who makes holy and those made holy all come from one Father. That's why he isn't ashamed to call them brothers and sisters, मानिसहरूलाई पवित्र तुल्याउनुहुने येशू र पवित्र तुल्याइएकाहरू दुवै एउटै परिवारबाटका हुन्। यसकारण येशूले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू भन्‍न शर्माउनुभएन।
12 saying, "I will proclaim your name to my brothers and sisters; I will sing your praise amid the assembly." उहाँ भन्‍नुहुन्छ; “मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई म तपाईंको नाम घोषणा गर्नेछु; सभाको उपस्थितिमा म तपाईंको प्रशंसा गाउनेछु।”
13 And again, "I will trust in him." And again, "Here am I, and the children our Father gave me." अनि फेरि, “उहाँमाथि म आफ्नो भरोसा राख्नेछु।” र उहाँ फेरि भन्‍नुहुन्छ, “हेर, म र परमेश्‍वरले मलाई दिनुभएका यी छोराछोरीहरू।”
14 Since the children share flesh and blood, he too shared them, so that through death he might destroy the one holding the power of death—the devil, छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्;
15 and free all those who, through fear of death, were enslaved their whole lives. अनि जीवनभरि मृत्युको डर बोकेर दासत्वको बन्धनमा रहनेहरूलाई मुक्त गरियोस्।
16 For surely it is not angels he helps, but the descendants of Abraham. किनकि उहाँले अवश्य नै स्वर्गदूतहरूलाई होइन, तर अब्राहामका वंशलाई सहायता दिनुहुन्छ।
17 So he had to become like his brothers and sisters in every way, to be a merciful and faithful high priest serving our Father, clearing away the people's sins. यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्‍वरको सेवामा दयालु र विश्‍वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्।
18 Since he himself suffered when tempted, he can help those being tempted. किनभने उहाँ आफू परीक्षित हुनुहुँदा कष्‍ट भोग्नुभएकोले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]