Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hebrews 4 ONCV

Show ONCV only
Verse × ×
1 Since the promise to enter his rest still stands, let us be careful that none of you seems to have missed it. यसकारण परमेश्‍वरको विश्राममा पस्‍न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ।
2 We too had good news preached to us, as they did. But the message heard didn't benefit them, since they didn't combine it with faith, as those who listened did. किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्।
3 We who believed enter that rest, as he said: "In my wrath I swore, they will never enter my rest." Yet his works were finished since the foundation of the world. तर हामी जतिले विश्‍वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
4 For somewhere he says of the seventh day: "And our Father rested on the seventh day from all his works." तथापि धर्मशास्त्रमा परमेश्‍वरले सातौँ दिनको विषयमा यसरी वर्णन गर्नुभएको छ: “अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।”
5 And again in the same passage he says, "They will never enter my rest." फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।”
6 Since it remains that some enter it, and those first given the good news failed to enter through their disobedience, यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।
7 so again he sets a day, "Today," speaking through David much later, as already said: "Today, if you hear his voice, do not harden your hearts." यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”
8 For if Joshua had given them rest, our Father would not have spoken later about another day. किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन।
9 So then, there remains a Sabbath rest for the people of our Father. यसकारण परमेश्‍वरका जनहरूका निम्ति शब्बाथको विश्राम बाँकी नै छ;
10 Whoever has entered our Father's rest has also rested from his works, as our Father did from his own. किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्‍वरले आफ्ना कामबाट विश्राम गरेझैँ तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्।
11 So let's strive to enter that rest, so no one falls by the same pattern of disobedience. यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्‍ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ।
12 For the word of our Father is alive and active, sharper than any two-edged sword, piercing to divide soul and spirit, joints and marrow, discerning the heart's thoughts and intentions. किनकि परमेश्‍वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
13 No creature is hidden from his sight; all lies naked and exposed to the eyes of the one we must answer to. सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
14 So since we have a great high priest who has passed through the heavens—Jesus, Son of our Father—let's hold firmly to the faith we profess. यसकारण आकाश छिचोलेर जानुहुने परमेश्‍वरका पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्‍वासलाई दृढतापूर्वक थामिराखौँ।
15 We have no high priest unable to sympathize with our weaknesses, but one tested in every way as we are, yet without sin. किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
16 Let us then approach the throne of grace boldly, so we may receive mercy and find grace to help us in time of need. यसकारण हामी आत्मविश्‍वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्‍त होस्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]