Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Habakkuk 3 ONCV

Side by side with the Father's Heart Bible™

सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।

हबकूकको प्रार्थना

1शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।

2हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु;हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु!हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्;हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्।तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!

3परमेश्‍वर तेमानबाट आउनुभयो,पवित्र परमेश्‍वर पारान पर्वतबाट आउनुभयो। सेलाउहाँको गौरवले आकाशमण्डललाई ढाक्यो;अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।

4उहाँको गौरव सूर्योदय जस्तै थियो;उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो,जहाँ उहाँको शक्ति लुकेको थियो।

5उहाँको अगाडि महामारी फैलिँदै गयो;उहाँको पछि-पछि रूढी लाग्यो।

6उहाँ उभिनुभयो र पृथ्वीलाई हल्‍लाउनुभयो;उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले।प्राचीन पर्वतहरू चकनाचुर भए;अनि पुराना पहाडहरू ध्वस्त भए।तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।

7मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ;मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।

8हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो?के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो?जब तपाईं आफ्ना घोडार विजयका रथहरूमा सवार हुनुहुन्थ्यो,तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?

9तपाईंले आफ्नो धनु निकाल्नुभयो,र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेलातपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;

10तपाईंलाई देखेर पर्वतहरू थर्किए।प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए;गहिरो समुद्र गर्ज्योर त्यसका छालहरू माथिसम्म उठे।

11वेगले उडेका तपाईंका वाणहरू चम्कँदा,तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा,आकाशमा सूर्य र चन्द्रमा टक्‍क अडिए।

12क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो,र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।

13तपाईं आफ्नो जातिलाई छुटकारा दिनर आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो।तपाईंले दुष्‍टताको देशका मुख्य अगुवालाई कुल्चनुभएरत्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।

14जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए,र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए,तब तपाईंले त्यसको आफ्नै भालालेत्यसको टाउको छेडिदिनुभयो।

15तपाईंले महासागरलाई मन्थन गर्दै,आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।

16मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो;त्यो आवाज सुनेर मेरा ओठहरू कामे;मेरा हाडहरू भित्रभित्रै मक्‍किए,र मेरा खुट्टाहरू थरथर कामे।तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु,जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।

17चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,र अङ्‌गुरको बोटमा फल नफलोस्;चाहे जैतुनको रूखले फल नफलाओस्,र खेतबारीले अन्‍नबाली नउब्जाओस्,चाहे खोरमा भेडाबाख्रार गोठहरूमा गाईबस्तु नरहून्।

18तापनि म याहवेहमा रमाउनेछु।मेरो उद्धारकर्ता परमेश्‍वरमा आनन्दित हुनेछु।

19प्रभु याहवेह मेरो बल हुनुहुन्छ;उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]