Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Zephaniah 1 ONCV

Side by side with the Father's Heart Bible™

1आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:

याहवेहको दिनमा सारा पृथ्वीको न्याय

2“म पृथ्वीको सतहबाटसबै थोक नाश गर्नेछु,”याहवेह घोषणा गर्नुहुन्छ।

3“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;म आकाशका पक्षीहरूर समुद्रका माछाहरूलाई नाश गर्नेछु।दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।”“अनि म सबै मानव-जातिलाईपृथ्वीको सतहबाट मेटिदिनेछु,”याहवेह घोषणा गर्नुहुन्छ।

4“म यहूदाको विरुद्धमार यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु।यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई,र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;

5तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथिआकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू,दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरूर मोलेख देवताको नाममा पनि शपथ खानेहरू,

6याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;अनि याहवेहको खोजी नगर्नेहरू,र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”

7प्रभु याहवेहको सामु चुपचाप बस;किनकि याहवेहको दिन नजिकै छ।याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ;अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।

8“याहवेहको बलिदानको दिन,म अगुवाहरूर राजाका छोराहरू;अनि विदेशी कपडा लगाउनेहरूसबैलाई दण्ड दिनेछु।

9त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,आफ्ना देवताहरूका मन्दिरलाई हिंसार छलले भर्नेहरू सबैलाईम दण्ड दिनेछु।

10“त्यस दिन”याहवेह भन्‍नुहुन्छ,“माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ;सहरका नयाँ टोलबाट विलापर डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।

11तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर;तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्,चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।

12त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू,जो मद्यका थिग्राजस्तै छन्,जसले, ‘याहवेहले न असल, न त खराब नैगर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।

13तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,तिनीहरूका घरहरू भत्काइनेछन्।तिनीहरूले घर बनाउनेछन्,तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्;तिनीहरूले दाखबारी लगाउनेछन्,तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”

14याहवेहको महान् दिन नजिकै छ—त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।

15त्यो दिन क्रोधको दिन हुनेछ—सङ्कष्‍ट र वेदनाको दिन,कष्‍ट र सर्वनाशको दिन,अन्धकार र निराशाको दिन,बादल र घोर अन्धकारको दिन।

16सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमार कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमातुरही र लडाइँको आवाज सुनिने दिन।

17“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु,कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।तिनीहरूको रगत धुलोझैँर तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।

18तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,न त तिनीहरूका सुनले,न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।”उहाँको डाहको आगोमासारा संसार भस्म पारिनेछ;किनकि यस पृथ्वीमा बसोबास गर्नेसबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]