Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Zechariah 10 ONCV

Side by side with the Father's Heart Bible™

याहवेहले यहूदाको वास्ता गर्नुहुनेछ

1वसन्त ऋतुको समयमा याहवेहसित झरी माग;याहवेह नै हुनुहुन्छ, जसले आँधीबेहरीलाई पठाउनुहुन्छ।उहाँले नै सबै मानिसहरूका लागि वर्षाको झरी बर्साइदिनुहुन्छ;अनि सबैका लागि खेतमा बोटबिरुवाहरू उमारीदिनुहुन्छ।

2मूर्तिहरूले छलका कुरा गर्छन्,जोखना हेर्नेहरूले झूटो दर्शन देख्छन्;तिनीहरूले झूटो सपना भन्छन्,तिनीहरूले व्यर्थमा सान्त्वना दिन्छन्।यसैकारण गोठालाको कमीले गर्दामानिसहरू अत्याचारमा परेका भेडाझैँ बरालिन्छन्।

3“गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ;अनि म अगुवाहरूलाई दण्ड दिनेछु;किनकि सेनाहरूका याहवेहलेआफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ;अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।

4यहूदाको कुलबाट कुनेढुङ्गा आउनेछ;तिनीबाट पालको खाँबो,लडाइँको धनु,र हरेक शासक आउनेछ।

5तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँतिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्।तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ;अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।

6“म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु,र योसेफको घरानालाई बचाउनेछु।म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु;किनकि मलाई तिनीहरूप्रति दया भएको कारणतिनीहरू यस्ता हुनेछन्, मानौमैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ;किनकि म याहवेह तिनीहरूका परमेश्‍वर हुँ;अनि म तिनीहरूलाई जवाफ दिनेछु।

7एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्;अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्।तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्;तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।

8म तिनीहरूलाई इशारा गर्नेछु,र तिनीहरूलाई भित्र भेला गर्नेछु।निश्‍चय नै म तिनीहरूलाई छुटाउनेछु;तिनीहरू पहिलेको जस्तै संख्यामा धेरै हुनेछन्।

9मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनितिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्।तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्;अनि तिनीहरू फर्कनेछन्।

10म तिनीहरूलाई इजिप्टबाट फर्काइल्याउनेछु,र तिनीहरूलाई अश्शूरबाट जम्मा गर्नेछु।म तिनीहरूलाई गिलाद र लेबनानमा ल्याउनेछु;अनि ती ठाउँहरूमा समेत तिनीहरू अटाउनेछैनन्।

11तिनीहरू कष्‍टको सागरबाट पार भएर जाँदा,छाल उर्लेको सागरलाई शान्त गराइनेछ;अनि नील नदीका सबै गहिराइहरू सुकिजानेछन्।अश्शूरको अहङ्कार चकनाचुर पारिनेछ,र इजिप्टले आफ्नो राजदण्ड गुमाउनेछ।

12म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु;अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,”याहवेह घोषणा गर्नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]