Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Zechariah 9 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलका शत्रुहरूमाथि दण्ड

1एक अगमवाणी:याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ,र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ;किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूकाआँखा याहवेहमाथि नै छन्;

2अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ;अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्।

3टायरले आफ्नो लागि एउटा बलियो किल्‍ला बनाएको छ;त्यसले चाँदी धुलोझैँ,र सुन सडकको फोहोरझैँ थुपारेको छ।

4तर प्रभुले त्यसको सम्पत्ति खोस्‍नुहुनेछ,र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ;अनि त्यो आगोद्वारा भस्म हुनेछ।

5अश्कलोनले त्यो देख्नेछ र डराउनेछ;गाजा सहर कष्‍टले छटपटाउनेछ;अनि एक्रोन सहर पनि त्यसको आशा हराउनेछ,र गाजा सहरले आफ्नो राजा गुमाउनेछ;अनि अश्कलोन उजाड हुनेछ।

6विदेशीहरूले अश्दोदलाई कब्जा गर्नेछन्;अनि म पलिश्तीहरूको घमण्डलाई नष्‍ट गरिदिनेछु।

7म तिनीहरूका मुखबाट रगतर तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्‍नेछु।तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्‍वरका हुनेछन्,र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्;एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्।

8तर म मेरो भवनलाई आक्रमणकारीबाटरक्षा गर्न चारैतिर छाउनी बनाउनेछु।कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन;किनकि अहिले मैले निगरानी गरिरहेको छु।

सियोनका राजाको आगमन

9हे सियोनकी छोरी, खूब आनन्द गर्!यरूशलेमकी छोरी, चर्को सोरमा करा!हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ;उहाँ धार्मिक र विजयी हुनुहुन्छ;नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ;गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।

10म एफ्राइमबाट लडाइँका रथहरूर यरूशलेमबाट युद्धका घोडाहरू नष्‍ट गर्नेछु;अनि युद्धको धनु भाँचिनेछ।उहाँले राष्ट्रहरूलाई शान्ति घोषणा गर्नुहुनेछ।उहाँको राज्य शासन एउटा समुद्रदेखि अर्को समुद्रसम्मर यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्म नै फैलिनेछ।

11तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण,म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु।

12हे आशावादी कैदीहरू, तिमीहरू आफ्ना बलियो किल्‍लातिर फर्क;अहिले पनि म घोषणा गर्छु, कि म तिमीहरूलाई दोबर गरी पुनर्स्थापित गर्नेछु।

13म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु,र त्यसलाई एफ्राइमले भरिदिनेछु।हे सियोन, म तेरा छोराहरूलाई,ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु;अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।

याहवेह देखा पर्नुहुनेछ

14त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ;उहाँको वाण बिजुलीझैँ चम्कनेछ।सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ;उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ;

15अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ।तिनीहरूले नाश गर्नेछन्,र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्।तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्;तिनीहरू वेदीका कुनाहरूमा राखिएकाठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।

16त्यस दिन याहवेह तिनीहरूका परमेश्‍वरलेगोठालोले आफ्ना बगाललाई बचाएझैँ बचाउनुहुनेछ।उहाँको देशमा तिनीहरूमुकुटका चम्किला रत्नझैँ चम्कनेछन्।

17तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्!जवान मानिसहरू अन्‍नले हृष्‍टपुष्‍ट हुनेछन्,र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]