Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 31 ONCV

Show ONCV only
Verse × ×
1 The words of King Lemuel—an oracle his mother taught him: राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।
2 What, my son? What, son of my womb? What, son of my vows? हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!
3 Do not give your strength to women, or your ways to those who destroy kings. तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।
4 It is not for kings, Lemuel—not for kings to drink wine, or for rulers to crave strong drink. यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,
5 For if they drink, they will forget what is decreed and pervert the rights of all the oppressed. कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।
6 Give strong drink to one who is perishing, and wine to those in bitter distress. तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।
7 Let them drink and forget their poverty, and remember their misery no more. तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।
8 Open your mouth for the voiceless, for the rights of all who are left destitute. आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।
9 Open your mouth, judge righteously, and defend the rights of the poor and needy. आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
10 A woman of valor—who can find her? She is far more precious than jewels. असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
11 The heart of her husband trusts in her, and he will lack nothing of value. तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
12 She does him good and not harm, all the days of her life. तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।
13 She seeks out wool and flax, and works with willing hands. तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।
14 She is like the merchant ships, bringing her food from afar. व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।
15 She rises while it is still night, provides food for her household, and portions for her servant girls. मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
16 She considers a field and buys it; from the fruit of her hands she plants a vineyard. तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
17 She wraps herself in strength and makes her arms strong. तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
18 She perceives that her trading is profitable; her lamp does not go out at night. तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।
19 She puts her hands to the spinning staff, and her hands grasp the spindle. तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।
20 She opens her hand to the poor and reaches out her hands to the needy. तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
21 She has no fear for her household when it snows, for all her household are clothed in scarlet. हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
22 She makes coverings for herself; her clothing is fine linen and purple. तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।
23 Her husband is known in the gates, when he sits among the elders of the land. उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।
24 She makes linen garments and sells them, and supplies sashes to the merchants. तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
25 Strength and dignity are her clothing, and she laughs at the days to come. तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
26 She opens her mouth with wisdom, and faithful instruction is on her tongue. तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।
27 She watches over the ways of her household and does not eat the bread of idleness. तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।
28 Her children rise up and call her blessed; her husband also, and he praises her: तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:
29 "Many daughters have done valiantly, but you surpass them all." “धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”
30 Charm is deceptive and beauty is fleeting, but a woman who reveres our Father—she will be praised. सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
31 Give her the fruit of her hands, and let her works praise her in the gates. तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]