Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 29 ONCV

Show ONCV only
Verse × ×
1 Whoever is often corrected yet refuses to listen will suddenly be broken beyond healing. बारम्बार हप्की पाएर पनि अटेरी भई बस्‍ने मानिस, अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
2 When the righteous flourish, the people rejoice, but when the wicked rule, the people groan. धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्; दुष्‍टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
3 A man who loves wisdom brings joy to his father, but a companion of prostitutes squanders his wealth. बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ; तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
4 By justice a king gives a land stability, but one who is greedy for bribes tears it down. राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्; तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
5 A man who flatters his neighbor spreads a net for his feet. जसले आफ्नो छिमेकीलाई फुर्काउँछ, त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
6 An evil man is snared by his own sin, but the righteous sing and rejoice. दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
7 The righteous care about justice for the poor, but the wicked have no such understanding. धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्‍टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
8 Mockers set a city ablaze, but the wise calm the anger. गिल्‍ला गर्नेले सहरभरि हल्‍ला मच्‍चाउँछ; तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
9 When a wise man goes to court with a fool, the fool rages and scoffs, and there is no peace. यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
10 The bloodthirsty hate the blameless and seek to kill the upright. रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्।
11 A fool vents all his anger, but a wise man holds it back and keeps himself calm. मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्‌ले यसलाई नियन्त्रणमा राख्छ।
12 If a ruler listens to lies, all his officials become wicked. यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन्।
13 The poor man and the oppressor have this in common: our Father gives sight to the eyes of both. गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
14 If a king judges the poor with fairness, his throne will be established forever. यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
15 The rod and a word of correction give wisdom, but a child left to himself brings shame to his mother. सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
16 When the wicked flourish, wrongdoing flourishes, but the righteous will see the wicked's downfall. जब दुष्‍टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
17 Discipline your son, and he will give you peace; he will bring delight to your heart. आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
18 Where there is no revelation, the people run wild, but blessed is the one who keeps the law. जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
19 A servant cannot be corrected by words alone; though he understands, he will not obey. दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
20 Do you see a man who is hasty with his words? There is more hope for a fool than for him. के हतारसित बोल्ने मानिसलाई देखेका छौ? त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
21 Pamper a servant from childhood, and in the end he will become like an heir. मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्‍नेछ।
22 An angry man stirs up strife, and a hot-tempered man commits many sins. क्रोधी मानिसले झगडा मच्‍चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
23 A man's pride brings him low, but a humble spirit gains honor. मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
24 An accomplice of a thief is his own enemy; he hears the curse but says nothing. चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
25 Fear of man lays a snare, but whoever trusts in our Father is kept safe. मानिसको डर पासोमा प्रमाणित हुन्छ; तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
26 Many seek a ruler's favor, but justice for a person comes from our Father. धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
27 An unjust man is detestable to the righteous, and an upright person is detestable to the wicked. भ्रष्‍ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्‍टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]