Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 28 ONCV

Show ONCV only
Verse × ×
1 The wicked flee when no one pursues, but the righteous are as bold as a lion. कसैले नखेदे तापनि दुष्‍ट मानिस भाग्छ; तर धर्मीचाहिँ सिंहजस्तै साहसी हुन्छ।
2 When a land rebels, it has many rulers, but with a man of understanding and knowledge, it stays stable. कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ।
3 A poor man who oppresses the helpless is like a driving rain that leaves no food. गरिबमाथि शोषण गर्ने शासक अन्‍न नाश गर्ने मुसलधारे वृष्‍टिजस्तै हो।
4 Those who forsake the law praise the wicked, but those who keep the law strive against them. व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
5 Evil people do not understand justice, but those who seek our Father understand it fully. दुष्‍ट मानिसहरूले न्याय बुझ्दैनन्, तर याहवेहलाई खोज्नेहरूले यसलाई सम्पूर्ण रूपले बुझ्दछन्।
6 Better is a poor man who walks with integrity than a rich man crooked in his ways. धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।
7 Whoever keeps the law is a son with understanding, but a companion of gluttons shames his father. विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्।
8 Whoever multiplies his wealth by interest and unjust gain gathers it for one who is generous to the poor. ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढाउँछ, त्यसले कुम्ल्याएको धन गरिबमाथि दया राख्नेको हुनेछ।
9 If anyone refuses to listen to the law, even his prayer is detestable. यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।
10 Whoever leads the upright astray down an evil path will fall into his own pit, but the blameless will inherit good things. जसले धर्मी जीवन जिउनेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्‍नेछ; तर निर्दोषले प्रशस्त अंश पाउनेछ।
11 A rich man is wise in his own eyes, but a poor man with understanding sees right through him. धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ।
12 When the righteous triumph, there is great glory, but when the wicked rise, people go into hiding. धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्‍टहरू उच्‍च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्।
13 Whoever conceals his sins will not prosper, but whoever confesses and turns from them will find mercy. आफ्ना पापहरू लुकाउनेले उन्‍नति गर्दैन; तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
14 Blessed is the one who always remains reverent, but whoever hardens his heart will fall into calamity. धन्य हो त्यो मानिस, जसले सधैँभरि याहवेहप्रति श्रद्धा राख्छ; तर आफ्नो हृदय कठोर गर्ने व्यक्ति जोखिममा पर्छ।
15 Like a roaring lion or a charging bear is a wicked ruler over a helpless people. असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।
16 A ruler who lacks understanding is a cruel oppressor, but whoever hates unjust gain will prolong his days. अत्याचारी शासकको विवेक हुँदैन; तर जसले दुष्‍ट कमाइद्वारा पाएको लाभलाई घृणा गर्छ, उसले लामो शासनको आनन्द पाउनेछ।
17 A man weighed down by the guilt of bloodshed will be a fugitive until death; let no one support him. हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्।
18 Whoever walks in integrity will be kept safe, but whoever is crooked in his ways will suddenly fall. निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्‍ट छन्, तिनीहरू अचानक पतन हुनेछन्।
19 Whoever works his land will have plenty of bread, but whoever chases empty pursuits will have plenty of poverty. आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ; तर दिवासपनाको पछि दौडने मानिसहरू गरिबीले घेरिएका हुन्छन्।
20 A faithful man will abound with blessings, but whoever rushes to get rich will not go unpunished. विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।
21 Showing partiality is not good, yet for a piece of bread a man will do wrong. पक्षपात गर्नु उचित होइन; तापनि मानिसले एक टुक्रा रोटीको निम्ति पनि खराब काम गर्छ।
22 A stingy man rushes after wealth and does not know that poverty will overtake him. लोभी मानिस धनी हुने लालसा गर्छ; र त्यसलाई दरिद्रताले पर्खिरहेको छ भन्‍ने त्यसलाई थाहै हुँदैन।
23 Whoever rebukes a man will in the end find more favor than one who flatters with his tongue. कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्‍त गर्नेछ।
24 Whoever robs his father or mother and says, "It is no sin," is a companion to one who destroys. आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्‍ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो।
25 A greedy man stirs up strife, but whoever trusts in our Father will be enriched. लोभी मानिसले फाटो ल्याउँछ; तर याहवेहमा भरोसा राख्ने मानिसले उन्‍नति गर्छ।
26 Whoever trusts in his own heart is a fool, but whoever walks in wisdom will be kept safe. आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ।
27 Whoever gives to the poor will lack nothing, but whoever closes his eyes to them will receive many curses. जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ।
28 When the wicked rise, people go into hiding, but when they perish, the righteous flourish. दुष्‍टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्‍टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]