Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 27 ONCV

Show ONCV only
Verse × ×
1 Do not boast about tomorrow, for you do not know what a day may bring. भोलिको घमण्ड नगर; किनकि त्यो कस्तो दिन हुनेछ, सो तिमी जान्दैनौ।
2 Let someone else praise you, and not your own mouth; a stranger, and not your own lips. तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।
3 A stone is heavy and the sand a burden, but a fool's provocation is heavier than both. ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।
4 Wrath is cruel and anger is overwhelming, but who can stand before jealousy? रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र?
5 Open rebuke is better than love that stays hidden. गुप्‍तको प्रेमभन्दा खुल्‍लमखुल्‍ला हप्की असल हुन्छ।
6 A friend's wounds are faithful, but an enemy's kisses are deceitful. मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ।
7 A well-fed person tramples honeycomb, but to the hungry even what is bitter tastes sweet. अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ।
8 A man who strays from his home is like a bird that strays from its nest. घरदेखि टाढा बरालिएको मानिस, आफ्नो गुँडदेखि टाढा भड्किरहेको चरोजस्तै हो।
9 Oil and incense gladden the heart, and the sweetness of a friend comes from heartfelt counsel. अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ।
10 Do not forsake your friend or your father's friend, and do not go to your brother's house when disaster strikes; better a neighbor nearby than a brother far off. आफ्नो मित्र वा आफ्नो परिवारका मित्रलाई नत्याग, तिमीलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ; किनकि टाढा बस्‍ने आफन्तभन्दा नजिक बस्‍ने छिमेकी असल हुन्छ।
11 Be wise, my son, and make my heart glad, so that I can answer anyone who taunts me. हे मेरा छोराछोरी, बुद्धिमान् होऊ, र मेरो हृदयलाई आनन्दित बनाइदेऊ; तब मलाई हेला गर्नेहरूलाई म जवाफ दिन सक्नेछु।
12 The prudent sees danger and takes cover, but the simple keep going and pay the price. विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ र परिणाम भोग्छ।
13 Take the garment of one who puts up security for a stranger; hold it as collateral when he does so for a foreign woman. परदेशीको जमानी बस्‍नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख।
14 Whoever blesses his neighbor with a loud voice early in the morning, it will be taken as a curse. कुनै मानिसले एकाबिहानै आफ्नो छिमेकीलाई चर्को सोरमा आशिष् दिन्छ भने, त्यो त त्यसका निम्ति श्राप दिएजस्तो हुनेछ।
15 A quarrelsome wife is like a constant dripping on a rainy day. झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो,
16 Restraining her is like restraining the wind, or grasping oil with the right hand. त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नुजस्तो हो, अथवा हातले तेललाई च्याप्प पक्रनुजस्तै हो।
17 Iron sharpens iron, and one person sharpens another. फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।
18 Whoever tends a fig tree will eat its fruit, and whoever guards his master will be honored. अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ।
19 As water reflects the face, so the heart reflects the person. पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ।
20 The grave and Destruction are never satisfied, and a person's eyes are never satisfied. मृत्यु र विनाश कहिल्यै सन्तुष्‍ट हुँदैनन्, न त मानिसका आँखा नै सन्तुष्‍ट हुन्छ।
21 The crucible is for silver and the furnace for gold, and a person is tested by the praise he receives. चाँदी पगाल्ने भाँडो र सुन खार्ने भट्टी हुन्छ, तर मानिसलाई चाहिँ त्यसले पाएको प्रशंसाद्वारा जाँचिएको हुन्छ।
22 Though you grind a fool in a mortar with a pestle, along with the grain, his foolishness will not leave him. मूर्खलाई ओखलीमा पिँधे तापनि वा त्यसलाई जाँतोमा राखेर अन्‍नझैँ पिँधे तापनि तिमीले त्यसको मूर्खता निकाल्न सक्नेछैनौ।
23 Know well the condition of your flocks, and give careful attention to your herds. तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ;
24 For riches do not last forever, nor does a crown endure to every generation. किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन।
25 When the grass is gone and the new growth appears and the mountain herbs are gathered, जब पराल हटाइन्छ, र नयाँ पालुवा देखा पर्छ, अनि डाँडा-पाखाहरूबाट घाँस बटुलिन्छ,
26 the lambs will provide your clothing, and the goats will provide the price of a field; तब भेडाहरूले तिमीलाई वस्त्रको प्रबन्ध गरिदिन्छन्; र बाख्राहरूले जमिनको निम्ति पैसाको प्रबन्ध गरिदिन्छन्।
27 and there will be enough goats' milk for your food, for the food of your household and to sustain your servant girls. तिमीसित बाख्रीका दूध प्रशस्त हुनेछ, जसबाट तिमी र तिम्रो परिवारलाई खान पुग्नेछ, र तिम्रा नोकर्नीहरूलाई पोषण हुनेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]