Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 26 ONCV

Show ONCV only
Verse × ×
1 Like snow in summer and like rain at harvest, honor is not fitting for a fool. ग्रीष्मकालमा हिउँ र कटनीको समयमा पानी परेजस्तै, मूर्खलाई सम्मान सुहाउँदैन।
2 Like a fluttering sparrow or a darting swallow, an undeserved curse does not come to rest. भुर्र उड्ने भँगेरा र बेगले उड्ने गौँथलीजस्तै, कारणविनाको श्राप पनि लाग्दैन।
3 A whip for the horse, a bridle for the donkey, and a rod for the backs of fools. घोडाको लागि कोर्रा, गधाको लागि लगाम, र मूर्खहरूका पिठिउँमा छडी लगाउनुपर्छ!
4 Do not answer a fool according to his foolishness, or you yourself will be like him. मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदेऊ, नत्रता तिमी आफू पनि त्योजस्तै हुनेछौ।
5 Answer a fool according to his foolishness, or he will be wise in his own eyes. मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ देऊ, नत्रता त्यो आफ्नै दृष्‍टिमा बुद्धिमान् हुनेछ।
6 Whoever sends a message through a fool cuts off his own feet and drinks down violence. मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो।
7 Like the legs of a lame man hanging useless is a proverb in the mouth of fools. मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो।
8 Like binding a stone in a sling is giving honor to a fool. मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो।
9 Like a thornbush in the hand of a drunkard is a proverb in the mouth of fools. मूर्खको मुखमा हितोपदेश मतवालाको हातमा भएको काँडे झारजस्तै हो।
10 Like an archer who wounds everyone is one who hires a fool or hires any passerby. मूर्ख वा कुनै बटुवालाई ज्यालामा लगाउनु धनुर्धारीले जथाभाबी काँड हानेर चोट लगाएजस्तै हो।
11 As a dog returns to its vomit, so a fool repeats his foolishness. कुकुर आफ्नै बान्तामा फर्किआएजस्तै, मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ।
12 Do you see someone wise in his own eyes? There is more hope for a fool than for him. के तिमी कुनै मानिसलाई आफ्नै दृष्‍टिमा बुद्धिमानी देख्छौ? त्यसको भन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
13 The lazy person says, "There is a lion in the road! A lion in the streets!" अल्छेले भन्छ, “बाटोमा सिंह छ, एउटा डरलाग्दो सिंह गल्‍लीहरूमा डुलिरहेको छ।”
14 As a door turns on its hinges, so the lazy person turns on his bed. ढोका कब्जामा यताउता फर्केजस्तै, अल्छे आफ्नो ओछ्यानमा यताउता पल्टिन्छ।
15 The lazy person buries his hand in the dish; it wearies him to bring it back to his mouth. अल्छेले आफ्नो हात थालमा राख्छ, तर त्यसले आफ्नो हात उठाएर मुखसम्म पनि पुर्‍याउन अल्छी मान्छ।
16 The lazy person is wiser in his own eyes than seven who answer wisely. सात जना मानिसले बुद्धिपूर्वक जवाफ दिएकोभन्दा, एक जना अल्छे आफ्नै दृष्‍टिमा बुद्धिमान् हुन्छ।
17 Like grabbing a dog by the ears is a passerby who meddles in a quarrel not his own. बाटो हिँड्ने मानिसले अर्काको झगडामा हस्तक्षेप गर्नु, कुकुरलाई कानमा समात्नुजस्तै हो।
18 Like a madman shooting firebrands, arrows, and death, आफ्नो छिमेकीलाई छल गरिसकेपछि, “मैले त ठट्टा मात्र गरेको हो!” भन्‍ने व्यक्ति अगुल्टो वा घातक काँड हान्‍ने बौलाहाजस्तो हो।
19 so is the one who deceives his neighbor and says, "I was only joking!" Not in this edition
20 Without wood a fire goes out, and without a gossip a quarrel dies down. दाउराविना आगो निभ्छ; कुरौटेविना झगडा शान्त हुन्छ।
21 As charcoal to embers and wood to fire, so a quarrelsome person kindles strife. भुङ्ग्राको लागि कोइला, र आगोको लागि दाउराजस्तै, झगडा मच्च्याउनको लागि झगडालु मानिस हुन्छ।
22 The words of a gossip are like choice morsels; they sink down into the inmost parts. कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
23 Like a glaze covering an earthen pot are smooth lips with an evil heart. माटोको भाँडोमा चाँदीको जलप लगाएजस्तै, दुष्‍ट हृदयका जोशिला ओठ हुन्छन्।
24 An enemy disguises himself with his lips, but in his heart he harbors deceit. शत्रुले अरूप्रति आफ्नो घृणा मधुर शब्दहरूले लुकाउँछ, तर त्यसको हृदयमा चाहिँ छल भरिएको हुन्छ।
25 When he speaks graciously, do not believe him, for seven abominations fill his heart. त्यसको बोली मनमोहक भए तापनि त्यसमा विश्‍वास नगर; किनकि त्यसको हृदय सात वटा घिनलाग्दा कुराले भरिएको हुन्छ।
26 Though his hatred is hidden by deceit, his wickedness will be exposed in the assembly. त्यसको घृणा छलद्वारा ढाकिएको हुन्छ, तर त्यसको दुष्‍टता सभामा प्रकट गरिनेछ।
27 Whoever digs a pit will fall into it, and a stone rolls back on the one who rolls it. कुनै मानिसले खाडल खन्यो भने त्यो आफैँ त्यसमा पर्नेछ; कुनै मानिसले ढुङ्गा गुडायो भने त्यो गुडेर त्यसतर्फ फर्कनेछ।
28 A lying tongue hates those it crushes, and a flattering mouth works ruin. झूटो बोल्ने जिब्रोले जसलाई चोट पार्छ, त्यसैलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]