Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 25 ONCV

Show ONCV only
Verse × ×
1 These also are proverbs of Solomon, which the men of Hezekiah king of Judah copied out. सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्‍कल गरे:
2 It is the glory of our Father to conceal a matter, but the glory of kings to search a matter out. कुनै कुरा गोप्य राख्दा परमेश्‍वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,
3 As the heavens are high and the earth is deep, so the heart of kings is unsearchable. जसरी आकाशहरू उच्‍च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
4 Take away the dross from the silver, and a vessel comes forth for the refiner. चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।
5 Take away the wicked from before the king, and his throne will be established in righteousness. राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ।
6 Do not put yourself forward in the king's presence, and do not stand in the place of the great; राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
7 for it is better to be told, "Come up here," than to be put in a lower place in front of a noble you can see. तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा
8 Do not rush into a quarrel, for what will you do in the end when your neighbor puts you to shame? झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्‍यो भने तिमी के गर्छौ?
9 Argue your case with your neighbor himself, but do not disclose another's secret, आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्‍वासघात नगर,
10 lest the one who hears it shame you, and your bad reputation never goes away. नत्रता त्यो सुन्‍नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
11 A word spoken at the right moment is like apples of gold in settings of silver. ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्।
12 Like a ring of gold or an ornament of fine gold is wise correction to a listening ear. सुन्‍ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
13 Like the cold of snow in the time of harvest is a faithful messenger to those who send him; he refreshes the soul of his masters. कटनीको समयमा हिउँको चिसोजस्तै, विश्‍वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
14 Like clouds and wind without rain is one who boasts of a gift never given. झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।
15 By patience a ruler is persuaded, and a soft tongue breaks bone. धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
16 If you find honey, eat only enough, or you will have too much and vomit. मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।
17 Don't visit your neighbor's house too often, or he will grow weary of you and hate you. तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
18 Like a club, a sword, and a sharp arrow is one who bears false witness against his neighbor. आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।
19 Like a bad tooth or a foot out of joint is trust in a faithless person in time of trouble. विपत्तिको समयमा विश्‍वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
20 Like one who takes off a garment on a cold day, like vinegar poured on baking soda, is the one who sings songs to a heavy heart. दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्‍ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।
21 If your enemy is hungry, give him bread to eat, and if he is thirsty, give him water to drink; यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
22 for you will heap coals of fire on his head, and our Father will reward you. यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
23 The north wind brings forth rain, and a secretive tongue, angry looks. उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ।
24 It is better to live in a corner of the rooftop than in a shared house with a quarrelsome wife. कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।
25 Like cold water to a weary soul is good news from a distant land. टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।
26 Like a muddied spring or a polluted fountain is a righteous person who gives way before the wicked. दुष्‍ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।
27 It is not good to eat too much honey, nor to seek your own glory. धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो।
28 Like a city broken into and left without walls is a person who has no control over his own spirit. आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]