Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 24 ONCV

Show ONCV only
Verse × ×
1 Do not envy evil men, and do not desire to be with them, दुष्‍ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर;
2 for their hearts plot violence, and their lips speak of trouble. किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।
3 By wisdom a house is built, and by understanding it is established; बुद्धिद्वारा घर बनाइन्छ, र समझशक्तिद्वारा त्यसलाई स्थिर पारिन्छ;
4 and by knowledge its rooms are filled with all precious and pleasant riches. ज्ञानद्वारा त्यसका कोठाहरू मूल्यवान् र सुन्दर सामग्रीले भरिन्छन्।
5 A wise man is full of strength, and a man of knowledge increases his power, बुद्धिमान् योद्धा शक्तिशाली हुन्छ; र ज्ञानी मानिसले सामर्थ्य बढाउँछ।
6 for by wise guidance you can wage your war, and victory comes through many counselors. निश्‍चय नै युद्ध गर्नलाई तिमीलाई मार्गदर्शन चाहिन्छ; र विजय पाउनलाई धेरै सल्‍लाहकारहरू चाहिन्छ।
7 Wisdom is too high for a fool; at the gate, he has nothing to say. मूर्खको लागि बुद्धि धेरै उच्‍च हुन्छ; मूलढोकामा भएको सभामा त्यसले आफ्नो मुख खोल्दैन।
8 Whoever plans to do evil will be called a schemer. जसले खराबी रच्दछ, त्यो षड्यन्त्रकारीको नामद्वारा चिनिनेछ।
9 A fool's scheming is sin, and the scoffer is detestable to people. मूर्खताका षड्यन्त्रहरू पाप हुन्; र मानिसहरूले गिल्‍ला गर्नेलाई घृणा गर्छन्।
10 If you falter in a time of trouble, your strength is small. यदि विपत्तिको समयमा तिमीले हरेस खायौ भने, तिम्रो बल कति थोरै रहेछ!
11 Rescue those being taken away to death, and hold back those stumbling toward the slaughter. अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।
12 If you say, "Look, we did not know this," does not he who weighs the heart perceive it? Does not he who watches over your soul know it? And will he not repay each person according to his deeds? यदि तिमी भन्छौ, “तर हामीलाई त यसबारे केही थाहै पाएनौँ”, तब हृदयका कुरा नाप्नुहुनेले के त्यो कुरा जान्‍नुहुन्‍न र? तिम्रो जीवन सुरक्षित राख्नुहुनेले त्यो जान्‍नुहुन्‍न र? के उहाँले हरेकलाई त्यसको कामअनुसार बदला लिनुहुनेछैन र?
13 My son, eat honey, for it is good, and the honeycomb's drippings are sweet to your taste. हे मेरा छोराछोरी, मह खाऊ; किनकि त्यो असल हुन्छ; चाकाबाट निकालिएको मह स्वादिष्‍ठ हुन्छ।
14 Know that wisdom is just like this to your soul; if you find it, there is a future, and your hope will not be cut off. यो पनि जान, बुद्धि तिम्रो प्राणको लागि महजस्तै गुलियो हुन्छ; तिमीले त्यो पायौ भने तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन।
15 Do not lie in wait, you wicked man, against the home of the righteous; do not destroy his resting place, चोरझैँ धर्मी मानिसको घरको विरुद्धमा ढुकेर नबस; तिनको वासस्थान नलुट,
16 for though the righteous falls seven times, he rises again, but the wicked stumble in disaster. किनकि धर्मी मानिस सातपल्ट लड्यो भने तापनि फेरि उठ्छ; तर दुष्‍टहरूचाहिँ विपत्तिले नष्‍ट हुनेछन्।
17 Do not rejoice when your enemy falls, and do not let your heart be glad when he stumbles, तिम्रो शत्रुको पतन हुँदा रमाहट नगर, तिनीहरूले ठेस खाँदा तिम्रो हृदय आनन्दित नहोस्;
18 lest our Father see it and be displeased, and turn his anger away from him. नत्रता याहवेहले देख्नुहुनेछ र असहमति जनाउनुहुनेछ; र उहाँको क्रोध तिनीहरूदेखि हटाउनुहुनेछ।
19 Do not fret because of evildoers, and do not envy the wicked, दुष्‍ट मानिसहरूका कारण चिन्ता नमान, न त दुष्‍टहरूप्रति डाही बन।
20 for the evil man has no future; the lamp of the wicked will be snuffed out. किनकि दुष्‍ट मानिसको भविष्यको आशा हुँदैन, र दुष्‍टको बत्ती निभाइनेछ।
21 My son, fear our Father and the king, and do not join with those who rebel against them, हे मेरा छोराछोरी, याहवेहको र राजाको डर मान; र विद्रोहीहरूसित नमिल;
22 for their disaster will rise suddenly, and who knows the ruin that both of them can bring? किनकि तिनीहरूमाथि अचानक सर्वनाश आउनेछ; दुवैले कस्ता विपत्तिहरू ल्याउनुहुने हो भनी कसलाई थाहा हुन्छ र?
23 These also are sayings of the wise: Showing partiality in judgment is not good. यी पनि बुद्धिमान्‌का भनाइहरू हुन्: न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।
24 Whoever says to the guilty, "You are innocent," peoples will curse him and nations will denounce him, जसले दोषीलाई “तिमी निर्दोष छौ” भनी भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन्, र राष्ट्रहरूले त्यसलाई घृणा गर्नेछन्।
25 but it will go well for those who convict the guilty, and a rich blessing will come upon them. तर दोषीलाई अपराधी ठहराउनेहरूलाई सबै असल नै हुनेछ, र तिनीहरूले प्रशस्त आशिष्‌हरू प्राप्‍त गर्नेछन्।
26 An honest answer is like a kiss on the lips. इमानदार जवाफचाहिँ ओठमाथि परेको चुम्बनजस्तै हो।
27 Prepare your work outside, get your fields ready, and after that build your house. तिम्रो बाहिरको काम पूरा गर, र तिम्रो खेतबारी तयार पार; त्यसपछि आफ्नो घर बनाऊ।
28 Do not be a witness against your neighbor without cause; would you deceive with your lips? तिम्रो छिमेकीका विरुद्धमा कारणविना साक्षी नदेऊ, उसको विषयमा झूटो नबोल।
29 Do not say, "I will do to him as he did to me; I will pay the man back for what he has done." “मलाई त्यसले जस्तो व्यवहार गरेको छ, म पनि त्यसलाई त्यस्तै गर्नेछु, म त्यसलाई बदला लिनेछु”, भनी नभन।
30 I passed by the field of a lazy man, by the vineyard of someone lacking sense, म एउटा अल्छेको खेतबाट भएर गएँ; म एउटा विवेकहीन मानिसको दाखबारीबाट भएर गएँ;
31 and there it was, all overgrown with thorns; the ground was covered with weeds, and its stone wall was broken down. चारैतिर काँडाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकेको थियो, अनि ढुङ्गाको पर्खाल भत्किएको थियो।
32 Then I looked and took it to heart; I saw and received instruction. मैले देखेका कुरा हृदयमा विचार गरेँ; र मैले देखेका ती कुराहरूबाट एउटा शिक्षा पाएँ:
33 A little sleep, a little slumber, a little folding of the hands to rest, एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले,
34 and poverty will come upon you like a robber, and scarcity like an armed man. तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]