Side by side with the Father's Heart Bible™ 1बारम्बार हप्की पाएर पनि अटेरी भई बस्ने मानिस,अचानक नाश हुनेछ—उपाय नै नरहने गरी।
2धर्मीको फलिफाप हुँदा मानिसहरू रमाउँछन्;दुष्टले शासन गर्दा मानिसहरू सुस्केरा हाल्छन्।
3बुद्धि मन पराउने मानिसले आफ्ना बुबालाई आनन्दित तुल्याउँछ;तर वेश्याहरूसँग सङ्गत गर्नेले आफ्नो धनसम्पत्ति बेकाममा उडाउँछ।
4राजाले न्यायद्वारा देशलाई स्थिर राख्छन्;तर घूसको लोभ गर्नेले देशलाई सर्वनाश पार्छ।
5जसले आफ्नो छिमेकीलाई फुर्काउँछ,त्यसले त्यसका खुट्टामुनि जाल बिछ्याउँछ।
6दुष्ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ;तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।
7धर्मीले गरिबको न्यायको वास्ता गर्छ;तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन।
8गिल्ला गर्नेले सहरभरि हल्ला मच्चाउँछ;तर बुद्धिमान् मानिसले रिस शान्त गराउँछ।
9यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने,मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन।
10रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्;र धर्मीलाई मार्न खोज्छन्।
11मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ,तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ।
12यदि कुनै शासकले झूटो कुरा सुन्यो भने,त्यसका सबै अधिकारीहरू दुष्ट हुनेछन्।
13गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ:याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ।
14यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने,तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।
15सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ,तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।
16जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ;तर धर्मीले तिनीहरूको पतन देख्नेछ।
17आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्;तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्।
18जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्;तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।
19दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन;तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्।
20के हतारसित बोल्ने मानिसलाई देखेका छौ?त्यसका निम्ति भन्दा त बरु एउटा मूर्खका निम्ति धेरै आशा हुन्छ।
21मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने,अन्त्यमा त्यो समस्या बन्नेछ।
22क्रोधी मानिसले झगडा मच्चाउँछ,अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ।
23मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ;तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।
24चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ;त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।
25मानिसको डर पासोमा प्रमाणित हुन्छ;तर जसले याहवेहमाथि भरोसा राख्छ, ऊ सुरक्षित रहन्छ।
26धेरैले शासकको निगाह प्राप्त गर्न चाहन्छन्;तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।
27भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ;र दुष्टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ।