Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Proverbs 10 ONCV

Show ONCV only
Verse × ×
1 The proverbs of Solomon: A wise son brings joy to his father, but a foolish son brings grief to his mother. सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
2 Treasures gained by wickedness do not profit, but righteousness rescues from death. अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3 Our Father will not let the righteous go hungry, but he thwarts the craving of the wicked. याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।
4 Lazy hands make you poor, but diligent hands bring wealth. अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
5 He who gathers in summer is a prudent son, but he who sleeps during harvest is a son who brings shame. ग्रीष्म ऋतुमा अन्‍नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
6 Blessings rest on the head of the righteous, but the mouth of the wicked conceals violence. धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
7 The memory of the righteous is a blessing, but the name of the wicked will rot. धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।
8 A wise heart accepts commands, but a babbling fool comes to ruin. हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।
9 Whoever walks in integrity walks securely, but he who makes his ways crooked will be found out. इमानदार मानिस निर्धक्‍क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
10 Whoever winks causes trouble, and a babbling fool comes to ruin. कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।
11 The mouth of the righteous is a fountain of life, but the mouth of the wicked conceals violence. धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्छ।
12 Hatred stirs up conflict, but love covers all offenses. घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
13 On the lips of the discerning, wisdom is found, but a rod is for the back of one who lacks sense. समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।
14 The wise store up knowledge, but the mouth of a fool invites ruin. बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
15 The wealth of the rich is their fortified city; the ruin of the poor is their poverty. धनीको धन नै तिनीहरूका किल्‍ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।
16 The wage of the righteous leads to life; the gain of the wicked leads to sin. धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्‍टको कमाइ पाप र मृत्यु हो।
17 Whoever accepts discipline is on the path to life, but he who ignores correction leads others astray. अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्‍ट पार्छ।
18 Whoever conceals hatred is a liar, and whoever spreads slander is a fool. जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
19 Where words are many, sin is never absent; but whoever holds his tongue is wise. जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्‌ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
20 The tongue of the righteous is choice silver; the heart of the wicked is worth little. धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्‍टको हृदय भने केही मूल्यको हुँदैन।
21 The lips of the righteous nourish many, but fools die for lack of sense. धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।
22 The blessing of our Father brings wealth, and he adds no sorrow with it. याहवेहको आशिष्‌ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्‍न।
23 Doing wickedness is a game to a fool, but wisdom is the delight of a person of understanding. मूर्खहरू दुष्‍ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्‍न हुन्छ।
24 What the wicked dreads will come upon him, but the desire of the righteous will be granted. तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्‍टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।
25 When the storm has passed, the wicked are gone, but the righteous are established forever. आँधीबेहरी आएपछि दुष्‍टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
26 Like vinegar to the teeth and smoke to the eyes, so is the sluggard to those who send him. दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।
27 The fear of our Father lengthens life, but the years of the wicked will be cut short. याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्‍टका आयुचाहिँ घटाइन्छ,
28 The hope of the righteous brings joy, but the expectation of the wicked will perish. धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।
29 The way of our Father is a refuge for the blameless, but ruin for those who do evil. याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्‍ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।
30 The righteous will never be shaken, but the wicked will not remain in the land. धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।
31 The mouth of the righteous yields wisdom, but the perverse tongue will be cut off. धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
32 The lips of the righteous know what is acceptable, but the mouth of the wicked, only what is perverse. धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]