Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 31 ONCV

Side by side with the Father's Heart Bible™

इजिप्टमाथि भरोसा राख्नेलाई धिक्‍कार

1धिक्‍कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्,घोडाहरूमाथि भर पर्दछन्,तिनीहरू आफ्ना असंख्य रथहरूर घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्,तर इस्राएलका पवित्र परमेश्‍वरतिर हेर्दैनन्;न त याहवेहबाट सहायता खोज्छन्।

2यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ;उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्‍न।उहाँ दुष्‍ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ,तिनीहरूको विरुद्ध, जसले दुष्‍ट काम गर्नेहरूलाई सहायता दिन्छन्।

3इजिप्टियनहरू मानिस मात्र हुन्, परमेश्‍वर होइनन्;तिनीहरूका घोडाहरू शरीर हुन्, आत्मा होइनन्।जब याहवेहले आफ्नो हात पसार्नुहुन्छ,तब सहायता गर्नेले ठेस खानेछ;र सहायता पाउने पनि लोट्नेछ;ती दुवै एकैसाथ नष्‍ट हुनेछन्।

4याहवेहले मलाई यो कुरो भन्‍नुहुन्छ:“जसरी सिंह गर्जन्छ,अथवा जवान सिंहले आफ्नो शिकारमाथि गर्जन्छ—अनि गोठालाहरूको सम्पूर्ण दल,त्यसको विरुद्ध एकजुट भएर,तिनीहरू कराए तापनि त्यो तर्सिँदैन,अथवा तिनीहरूका हल्‍लाखल्‍लाले विचलित हुँदैन।त्यसरी नै सेनाहरूका याहवेह सियोन पर्वतमा,र त्यसको उचाइमा युद्ध गर्न आउनुहुनेछ।

5चराहरूले आफ्नो गुँडको रक्षा गरेझैँसेनाहरूका याहवेहले यरूशलेमको रक्षा गर्नुहुनेछ।उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ।उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”

6हे इस्राएलीहरू हो, उहाँको विरुद्ध तिमीहरूले यति धेरै विद्रोह गरेका छौ, उहाँकहाँ फर्क। 7किनकि त्यस दिन तिमीहरूले आफ्ना पापी हातले बनाएका चाँदी र सुनका मूर्तिहरू त्याग्नेछौ।

8“अश्शूरीहरू तरवारद्वारा नाश पारिनेछन्,तर मानिसबाटको तरवारले होइन।तिनीहरू तरवारको सामु भाग्नेछन्;अनि तिनीहरूका जवानहरू बेगारी काममा लगाइनेछन्।

9तिनीहरूका किल्‍ला आतङ्कको कारणले ढल्नेछ;लडाइँको झण्डा देखेर तिनीहरूका सेनापतिहरू त्रासित हुनेछन्।”याहवेह यो घोषणा गर्नुहुन्छ,जसको आगो सियोनमा छ,जसको भट्टी यरूशलेममा छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]