Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 32 ONCV

Side by side with the Father's Heart Bible™

धार्मिकताको राज्य

1हेर, एउटा राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ;अनि शासकहरूले न्यायपूर्वक शासन गर्नेछन्।

2हरेक मानिस बतासबाट जोगिने आश्रयर आँधीबाट जोगिने शरणस्थानझैँ,मरुभूमिमा पानीको खोलाझैँ,र तिर्खाएको जमिनमा एउटा ठूलो चट्टानको छायाझैँ हुनेछ।

3तब देख्नेहरूका आँखा फेरि बन्द गरिनेछैन;अनि सुन्‍नेहरूका कानले सुन्‍नेछन्।

4अविवेकीको मनले समझशक्तिसाथ बुझ्नेछ;अनि भकभकाउने जिब्रोले स्पष्‍ट र सफासँग बोल्नेछ।

5मूर्खलाई फेरि भद्र भनिनेछैन,न त बदमासलाई उच्‍च आदर दिइनेछ।

6किनकि मूर्खले अज्ञानताको कुरा गर्छ,त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ;त्यसले भक्तिहीनताका कामहरू गर्छ;अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ;भोकोलाई त्यसले भोकै छोड्छ,र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।

7बदमासका काम गर्ने तरिकाहरू दुष्‍ट हुन्छन्,र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनिगरिबहरूलाई झूटले नाश गर्नलाईत्यसले दुष्‍ट योजनाहरू बनाउँछ।

8तर भलादमीले भलो युक्ति रच्दछ;अनि भलो कामहरूद्वारा नै त्यो खडा रहन्छ।

यरूशलेमका स्त्रीहरू

9हे ढुक्‍कसित बस्‍ने स्त्रीहरू हो,उठ र मेरो कुरा सुन;आफूलाई सुरक्षित ठान्‍ने छोरीहरू हो,मैले भन्‍नुपर्ने कुरा सुन!

10एक वर्षभन्दा केही बढी समयमातिमीहरू सुरक्षित ठान्‍नेहरू काँप्नेछौ;अङ्‌गुरको फसलै हुनेछैन,र फलको कटनी हुनेछैन।

11हे ढुक्‍क बस्‍ने स्त्रीहरू हो, थरथर होओ;आफूलाई सुरक्षित ठान्‍ने हे छोरीहरू हो, थरथर काम!आफ्ना राम्रा लुगा फुकाल,र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।

12असल खेतहरूका निम्ति,फलदायक दाखको निम्ति आफ्ना छाती पिट;

13अनि मेरो जातिका देशको निम्ति,काँडा र सिउँडीले ढाकेको देशका निम्ति—हो, सबै आनन्द मनाउने घरहरूका निम्ति,र यो आनन्दको सहरको निम्ति बिलौना गर।

14किल्‍ला त्यागिनेछ,हल्‍लाको सहर शून्य हुनेछ;किल्‍ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्;जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;

15जबसम्म माथिबाट हामीमा आत्मा खन्याइदैन,र मरुभूमि मलिलो खेत हुँदैन,र मलिलो खेत जङ्गलझैँ देखिँदैन;

16याहवेहको न्यायले त्यस मरुभूमिमा वास गर्नेछ।अनि मलिलो खेतमा उहाँको धार्मिकता रहनेछ।

17धार्मिकताको फल शान्ति हुनेछ;अनि धार्मिकताको प्रभाव सदाको निम्ति चैन र भरोसा हुनेछ।

18मेरा मानिसहरू शान्तिपूर्ण वासस्थानहरूमा,सुरक्षित घरहरूमा रशान्त विश्राम स्थलहरूमा बस्‍नेछन्।

19असिनाले जङ्गललाई पूरै ढाके तापनिसहर पूर्ण रूपले समतल भए तापनि

20तिमीहरू आफ्ना बिउहरू प्रत्येक खोलाको किनारमा छर्दै,अनि आफ्ना गाईबस्तु र गधाहरूलाई ढुक्‍कै चर्नका निम्ति दिन पाउँदातिमीहरू कति धन्यका हुनेछौ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]