Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 8 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलले भुमरीको कटनी गरेको

1“तुरहीलाई आफ्नो ओठमा राख!शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ,किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्,र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्।

2इस्राएलले मलाई पुकार गर्छ,‘हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’

3तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारणशत्रुले त्यसलाई खेद्नेछ।

4तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्;तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्।तिनीहरूले आफ्नै विनाशको निम्तिआफ्ना सुन र चाँदीबाटआफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।

5हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ!तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ।कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्?

6तिनीहरू इस्राएलका हुन्!यो बाछा एक जना कारिगरले बनाएको हो;त्यो परमेश्‍वर हुँदै होइन।तर सामरियाको त्यो बाछाटुक्रा-टुक्रा पारिनेछ।

7“तिनीहरूले बतास छर्दछन्,र आँधीबेहरीको कटनी गर्दछन्।गहुँको डाँठमा बाला छैन;त्यसबाट पिठो पनि निस्कनेछैन।यदि त्यसले अन्‍न फलाए तापनिविदेशीहरूले त्यसलाई निलिदिनेछन्।

8इस्राएल निलिएको छ;अब त्यो राष्ट्रहरूको बीचमाकसैले नचाहने वस्तुजस्तै भएको छ।

9किनकि तिनीहरू एकलै डुलिहिँड्नेजङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्।एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ।

10तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनिअब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु।शक्तिशाली राजाको थिचोमिचोमापरेर तिनीहरू नाश हुन थाल्नेछन्।

11“एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनिती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्।

12मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु;तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने।

13तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्,र मासुचाहिँ तिनीहरूले खान्छन्;त्यसैले याहवेह तिनीहरूसँग प्रसन्‍न हुनुहुन्‍न।यसकारण उहाँले तिनीहरूको दुष्‍टता सम्झनुहुनेछ,र तिनीहरूका पापको दण्ड दिनुहुनेछ:तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्।

14इस्राएलले आफ्ना सृष्‍टिकर्तालाई बिर्सिएको छ,र महलहरू बनाएको छ;यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ।तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु,जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]