Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hebrews 7 ONCV

Show ONCV only
Verse × ×
1 This Melchizedek, king of Salem, priest of the Most High, our Father, met Abraham returning from defeating the kings and blessed him. यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;
2 Abraham gave him a tenth of everything. His name means, first, king of righteousness, then also king of Salem—meaning king of peace. अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।
3 Without father, without mother, without genealogy, no beginning of days or end of life, but like the Son of our Father, he remains a priest forever. तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्‍वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।
4 Consider how great this man was: Abraham the patriarch gave him a tenth of the plunder. विचार मात्र गर, तिनी कति महान् थिए: कुलपिता अब्राहाम समेतले तिनलाई युद्धमा जितेका मालबाट दशांश दिए!
5 Those descendants of Levi who become priests are commanded by the law to collect the tenth from the people—their own brothers—though they too descend from Abraham. अब लेवी वंशबाट भएका पुजारीहरूले मात्र मानिसहरूबाट अथवा तिनीहरूका सङ्गी इस्राएलीहरूबाट दशांश उठाउन सक्छन् भनी व्यवस्थाले अनुमति दिन्छ। यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानहरू हुन्;
6 But he, though not descended from them, took a tenth from Abraham and blessed the one who held the promises. यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।
7 It is beyond all dispute that the lesser is blessed by the greater. अनि सानो व्यक्तिले ठूलो व्यक्तिबाट आशिष् पाउँछन् भन्‍ने कुरामा कुनै शङ्का छैन।
8 In one case, tithes are received by mortal men; in the other, by one testified to be alive. एकातिर, दशांश मरेर जानेहरूले लिन्छन्; तर अर्कोतिर, दशांश तिनले लिन्छन्, जसलाई सदासर्वदा जीवित घोषणा गरिन्छ।
9 One might even say Levi, who receives the tenth, paid it through Abraham, कसैले यसो पनि भन्‍न सक्छ, दशांश लिने लेवीले कुलपिता अब्राहामद्वारा दशांश दिए।
10 for he was still in his ancestor's body when Melchizedek met Abraham. किनकि मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवीचाहिँ आफ्नो पुर्खाको शरीरभित्रै थिए।
11 If the Levitical priesthood brought perfection—the people received the law under it—why was another priest needed, one in Melchizedek's order, not called after Aaron's order? परमेश्‍वरले इस्राएलीहरूलाई दिइएको व्यवस्थाको आधारमा यदि लेवीहरूको पुजारीपनद्वारा सिद्धता प्राप्‍त हुनसक्ने भए किन हारूनको दर्जाबमोजिम नभई, तर मल्कीसेदेकको दर्जाबमोजिम पुजारी आउने आवश्यकता पर्‍यो?
12 For when the priesthood changes, the law must change as well. किनकि पुजारीपन बदली हुँदा व्यवस्था पनि बदली हुनुपर्छ।
13 For he of whom these things are said belonged to another tribe, from which no one has ever served at the altar. जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।
14 Clearly our Lord descended from Judah; Moses said nothing about priests from that tribe. किनकि यो स्पष्‍ट छ, हाम्रा प्रभु यहूदाको कुलबाट आउनुभयो, जुन कुलको विषयमा मोशाले पुजारी हुने कुरा गरेकै छैनन्।
15 And this becomes even more evident when another priest arises in the likeness of Melchizedek, यदि मल्कीसेदेकझैँ अर्को पुजारी उठ्ने हो भनेता हामीले जे भन्यौँ, त्यो अझ स्पष्‍ट हुन्छ;
16 who has become a priest not by a law of physical descent but by the power of an indestructible life. उहाँ, जो पुर्ख्यौलीको नियमको आधारमा होइन, तर एउटा अविनाशी जीवनको शक्तिको आधारमा पुजारी हुनुभयो।
17 For it is testified about him, "You are a priest forever, in the order of Melchizedek." किनकि धर्मशास्त्रमा उहाँको बारेमा यो घोषणा भएको छ: “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सदासर्वदाको लागि पुजारी हौ।”
18 On the one hand, a former commandment is set aside because of its weakness and uselessness. अगिल्‍लो नियम कमजोर र काम नलाग्ने भएकोले खारेज गरियो;
19 The law perfected nothing; but a better hope is introduced, through which we draw near to our Father. जसको साटो अझ उत्तम आशा उपस्थित गराइयो, जसद्वारा हामी परमेश्‍वरको नजिक जान्छौँ; किनकि व्यवस्थाले कुनै थोकलाई सिद्ध तुल्याएन।
20 This was not without an oath, for the others became priests without an oath, अनि यो शपथविना भएन। अरूचाहिँ शपथविना नै पुजारी भए;
21 but he became a priest with an oath, by the one who said to him: "Our Father has sworn and will not change his mind, 'You are a priest forever.'" तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ”
22 To that same degree, Jesus has become the guarantor of a better covenant. यस शपथको कारण येशू करारको अझ उत्तम जमानी हुनुभयो।
23 The former priests were many, because death prevented them from continuing in office, संख्यामा अरू धेरै पुजारीहरू थिए, तर मृत्युको कारणले तिनीहरूलाई निरन्तर पुजारीको काम गरिरहन दिएन।
24 but he holds his priesthood permanently, because he continues forever. तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ।
25 So he can fully save those who come to our Father through him, since he always lives to plead their case. यसकारण जति जना उहाँद्वारा परमेश्‍वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ।
26 Such a high priest suited us: holy, blameless, unstained, separated from sinners, raised above the heavens. यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ।
27 Unlike those high priests, he doesn't need to offer sacrifices daily—first for his own sins, then for the people's—since he did this once for all, offering himself. अरू प्रधान पुजारीहरूलाई जस्तो पहिले आफ्नै पापहरूको लागि, र मानिसहरूका पापहरूको लागि दिनहुँ बलिदान चढाइरहने आवश्यकता उहाँलाई पर्दैन। उहाँले आफूलाई अर्पण गरेर एकैपल्ट सदाको लागि तिनीहरूका पापको बलिदान दिनुभयो।
28 The law appoints weak men as high priests, but the oath's word, coming after the law, appoints the Son, made perfect forever. किनकि व्यवस्थाले कमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर व्यवस्थापछि आएको शपथले परमेश्‍वरको पुत्रलाई नियुक्त गर्‍यो, जो सदासर्वदाको लागि सिद्ध तुल्याइनुभएको छ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]