Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Amos 1 ONCV

Side by side with the Father's Heart Bible™

1आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।

2तिनले भने:“याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ,र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ;गोठालाका खर्कहरू सुकेर जान्छन्र कर्मेलको टाकुरा ओइलाउँछ।”

इस्राएलका छिमेकीहरूमाथि न्याय

3याहवेह यसो भन्‍नुहुन्छ:“दमस्कसका तीन वटा पापहरूका कारण,अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।किनकि त्यसले फलामका दाँतहरू भएकाडण्डाले गिलादलाई दाइँ गरेकी छे;

4म हजाएलको घरमा आगो पठाउनेछु,जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।

5म दमस्कसका ढोकालाई फोरिदिनेछु;म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु;अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु।अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,”याहवेहले भन्‍नुहुन्छ।

6याहवेह यसो भन्‍नुहुन्छ:“गाजाका तीन वटा पापहरूका कारण,अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे;अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;

7म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु,जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।

8म अश्दोदको राजार अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु।सबै पलिश्तीहरू नमरेसम्म,म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,”प्रभु याहवेह भन्‍नुहुन्छ।

9याहवेह यसो भन्‍नुहुन्छ:“टायरका तीन वटा पापहरूका कारण,अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दैएदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;

10म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु,जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”

11याहवेह यसो भन्‍नुहुन्छ:“एदोमका तीन वटा पापहरूका कारण,अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो,र देशका स्त्रीहरूलाई मार्‍यो;किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो,र त्यसको रिसको ज्वाला दन्किरह्‍यो।

12म तेमानमाथि आगो पठाउनेछु;त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।”

13याहवेह यसो भन्‍नुहुन्छ:“अम्मोनका तीन वटा पापहरूका कारण,अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्तिगिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।

14म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु,जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ;लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा,र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।

15रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरूसबै एकसाथ निर्वासनमा लगिनेछन्,”याहवेह भन्‍नुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]