Side by side with the Father's Heart Bible™ 1हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्;हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।
2हाम्रो उत्तराधिकार अपरिचितहरूलाईर हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।
3हामी बुबाविहीन भएका छौँ;हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।
4आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ;हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्नुपर्छ।
5हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्;हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।
6हाम्रो पेट भर्नका लागि हामीले आफैँलाईइजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।
7हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए;तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।
8दासहरूले हामीमाथि शासन गर्दछन्;अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।
9मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोलेहामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,
10हामीलाई भोकले गर्दा ज्वरो आएको छ,र हाम्रो छाला चुल्होझैँ रन्केको छ।
11सियोनमा स्त्रीहरू रयहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।
12शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ;अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।
13जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्;अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।
14अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्;जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।
15हाम्रा हृदयबाट आनन्द गइसक्यो;हाम्रो नाच शोकमा बदली भइसक्यो।
16हाम्रा शिरबाट मुकुट खसेको छ।हामीलाई धिक्कार छ; किनभने हामीले पाप गरेका छौँ!
17यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्;यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;
18किनकि सियोन पर्वत उजाड भएको छ;अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।
19हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ;तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
20तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ?तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?
21यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैनर तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,
22हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्,र हामी तपाईंकहाँ फर्कन सकौँ;हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।