Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Lamentations 1 ONCV

Side by side with the Father's Heart Bible™

1एक समय मानिसले भरिएको त्यो सहर,अहिले कस्तो सुनसान भएको छ!त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई,अहिले त्यो विधवाजस्ती भएकी छे!प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई,अहिले दासत्वमा परेकी छे।

2रातभरि त्यो धुरुधुरु रुन्छे;त्यसका गालामा आँसु बगिरहन्छ।त्यसका सबै प्रेमीहरूमध्येत्यसलाई सान्त्वना दिने कोही पनि छैन।त्यसका सबै साथीहरूले त्यसलाई विश्‍वासघात गरेका छन्;तिनीहरू सबै त्यसका शत्रु भएका छन्।

3कष्‍ट र कठोर परिश्रमपछियहूदालाई निर्वासनमा लगिएको छ।अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे;त्यसले आराम गर्ने ठाउँ पाउँदिन।त्यसलाई खेद्नेहरू सबैलेत्यसलाई आपत् परेकै बेला पक्रेका छन्।

4सियोनमा जाने बाटोहरूले शोक गर्छन्;किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्।त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्;त्यसका पुजारीहरू सुस्केरा हाल्छन्,त्यसका जवान केटीहरू शोक गर्छन्;अनि त्यो कठोर वेदनामा छे।

5त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्;त्यसका शत्रुहरू विजयी भएका छन्;त्यसका धेरै पापहरूको कारणयाहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ।त्यसका छोराछोरीहरू शत्रुहरूकै सामुनिर्वासनमा लगिएका छन्।

6सियोनकी छोरीबाटसबै गौरव हटिसकेको छ।त्यसका राजकुमारहरू घाँसे खर्क नपाएकाकमजोर मृगहरूजस्तै भएका छन्;तिनीहरू दुर्बल भएरतिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।

7यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामाआफ्ना धनसम्पत्तिको सम्झना गर्दछे,जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए।जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे,तब त्यसलाई मदत दिने कोही पनि थिएन।त्यसका शत्रुहरूले त्यसलाई देखे,र त्यसको विनाशमा ठट्टा गरे।

8यरूशलेमले घोर अपराध गरेकी छे;यसैकारण त्यो अशुद्ध भएकी छे।त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्;किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्;त्यसले सुस्केरा मार्छे,र लाजले आफ्नो मुख लुकाउँछे।

9त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो;त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन।त्यसको पतन भयङ्कर थियो;त्यसलाई सान्त्वना दिने कोही पनि थिएन।“हे याहवेह, मेरो सङ्कष्‍टमा मलाई सहायता गर्नुहोस्;किनकि शत्रुहरू विजयी भएका छन्।”

10त्यसका सबै धनसम्पत्तिहरूशत्रुले हात पारेका छन्;त्यसले यरूशलेमको पवित्रस्थानमागैरयहूदीहरू प्रवेश गरेको देखेकी छे,जसलाई आफ्नो सभामा पस्‍नतपाईंले निषेध गर्नुभएको थियो।

11त्यसका सबै मानिसहरू सुस्केरा मार्दैरोटीको खोजी गर्दछन्;तिनीहरू जीवित रहनका निम्तिआफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्।“हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्;किनकि म त तुच्छ भएको छु।”

12“यहाँबाट भएर जाने तिमीहरू सबै,के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन?चारैतिर आँखा लगाएर हेर।उहाँको भयङ्कर क्रोधको दिनमाउहाँले मलाई दिनुभएकोमेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ?

13“उहाँले माथिबाट आगो पठाउनुभएको छ;त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ।उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ,र उहाँले मलाई फर्काउनुभएको छ।उहाँले मलाई उजाड पार्नुभएको छ,र अटुट पीडामा छोड्नुभएको छ।”

14“मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्;उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्।त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ;अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ।उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ,जसको म सामना नै गर्न सक्दिनँ।”

15प्रभुले मेरो बीचमा रहेका सबै वीरयोद्धाहरूलाई इन्कार गर्नुभएको छ;मेरा जवानहरूलाई धुलोपिठो पार्नलाईउहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ।उहाँले यहूदाका कुमारीहरूलाई आफ्नोदाखको कोलमा पेल्नुभएको छ।

16“यी सबै कारणले म रुन्छु,र मेरा आँखाबाट आँसुका धारा बग्छन्।मलाई सान्त्वना दिने कोही पनि नजिक छैन,र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन।मेरो शत्रु विजयी भएको कारणमेरा छोराछोरीहरू बेसहारा भएका छन्।”

17सियोनले आफ्नो हात फैलाउँछे,तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन।याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ;त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्;यरूशलेम तिनीहरूका बीचमाएक अशुद्ध कुरा भएकी छे।

18“याहवेह न्यायी हुनुहुन्छ,तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ।हे सारा जातिहरू हो, सुन;मेरो पीडालाई हेर।मेरा जवान मानिस र कुमारीहरूनिर्वासनमा लगिएका छन्।

19“मैले मेरा मित्रहरूलाई बोलाएँ,तर तिनीहरूले मलाई धोका दिए।मेरा पुजारीहरू र मेरा अगुवाहरूआफू जीवित रहनका निम्तिखानेकुरा खोज्दा-खोज्दैसहरमा नै नष्‍ट भए।

20“हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु!मेरो प्राण मभित्र पीडामा मडारिन्छ,र मेरो हृदय व्याकुल छ;किनकि म अति विद्रोही भएको छु।घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने,घरभित्र पनि मृत्यु मात्र छ।

21“मानिसहरूले मेरो सुस्केरा सुनेका छन्,तर मलाई सान्त्वना दिने कोही पनि छैन।मेरा सबै शत्रुहरूले मेरो कष्‍टको बारेमा सुनेका छन्;तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्।तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्,र मेरा शत्रुहरू पनि मजस्तै कष्‍टमा परून्।

22“शत्रुहरूका सबै दुष्‍ट कामहरू तपाईंको सामु आऊन्;मेरा पापहरूको कारणमसँग जस्तो व्यवहार गर्नुभयो,तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्।मेरा सुस्केरा धेरै छन्र मेरो हृदय दुर्बल छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]