Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Lamentations 1 ONCV

Show ONCV only
Verse × ×
1 How lonely sits the city that once was full of people! She has become like a widow, she who was great among the nations. She who was a princess among the provinces has become a forced laborer. एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे।
2 Bitterly she weeps in the night, tears on her cheeks. Among all her lovers she has no one to comfort her; all her friends have betrayed her, they have become her enemies. रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्‍वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्।
3 Judah has gone into exile under affliction and harsh servitude; she lives among the nations but finds no resting place. All her pursuers have overtaken her in the midst of her distress. कष्‍ट र कठोर परिश्रमपछि यहूदालाई निर्वासनमा लगिएको छ। अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; त्यसले आराम गर्ने ठाउँ पाउँदिन। त्यसलाई खेद्नेहरू सबैले त्यसलाई आपत् परेकै बेला पक्रेका छन्।
4 The roads to Zion mourn, for no one comes to the appointed feasts. All her gates are desolate, her priests groan, her young women grieve, and she herself is in bitter anguish. सियोनमा जाने बाटोहरूले शोक गर्छन्; किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, त्यसका जवान केटीहरू शोक गर्छन्; अनि त्यो कठोर वेदनामा छे।
5 Her foes have become her masters, her enemies are at ease, for our Father has afflicted her because of her many rebellions. Her children have gone away, led captive before the enemy. त्यसका शत्रुहरू त्यसका मालिक भएका छन्; त्यसका शत्रुहरू विजयी भएका छन्; त्यसका धेरै पापहरूको कारण याहवेहले त्यसलाई दुःखमा पार्नुभएको छ। त्यसका छोराछोरीहरू शत्रुहरूकै सामु निर्वासनमा लगिएका छन्।
6 All her majesty has departed from the daughter of Zion. Her princes have become like deer that find no pasture; they flee without strength before their pursuers. सियोनकी छोरीबाट सबै गौरव हटिसकेको छ। त्यसका राजकुमारहरू घाँसे खर्क नपाएका कमजोर मृगहरूजस्तै भएका छन्; तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्नेहरूको अगि-अगि भागेका छन्।
7 In the days of her affliction and wandering, Jerusalem remembers all the precious things that were hers from days of old. When her people fell into the hands of the enemy, with no one to help her, the enemies looked on and mocked her downfall. यरूशलेमले सङ्कष्‍ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे।
8 Jerusalem has sinned grievously; therefore she has become an object of scorn. All who honored her despise her, for they have seen her nakedness; she herself groans and turns away. यरूशलेमले घोर अपराध गरेकी छे; यसैकारण त्यो अशुद्ध भएकी छे। त्यसलाई आदर गर्नेहरू सबैले त्यसलाई घृणा गर्छन्; किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्; त्यसले सुस्केरा मार्छे, र लाजले आफ्नो मुख लुकाउँछे।
9 Her uncleanness clung to her skirts; she gave no thought to her future. Her fall is astounding, with no one to comfort her. "Look, my Father, on my affliction, for the enemy has triumphed!" त्यसको अशुद्धपन त्यसको फरियामा टाँसिएको थियो; त्यसले आफ्नो भविष्यको बारेमा सम्झिन। त्यसको पतन भयङ्कर थियो; त्यसलाई सान्त्वना दिने कोही पनि थिएन। “हे याहवेह, मेरो सङ्कष्‍टमा मलाई सहायता गर्नुहोस्; किनकि शत्रुहरू विजयी भएका छन्।”
10 The enemy has stretched out his hand over all her precious things; she has watched the nations enter her sanctuary—those you had forbidden to enter your assembly. त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्‍न तपाईंले निषेध गर्नुभएको थियो।
11 All her people groan as they search for bread; they trade their treasures for food just to stay alive. "Look, my Father, and see, for I have become despised. त्यसका सबै मानिसहरू सुस्केरा मार्दै रोटीको खोजी गर्दछन्; तिनीहरू जीवित रहनका निम्ति आफ्ना धनसम्पत्तिहरू खानेकुरासँग साट्दछन्। “हे याहवेह, हेर्नुहोस् र विचार गर्नुहोस्; किनकि म त तुच्छ भएको छु।”
12 Is it nothing to you, all you who pass by? Look and see if there is any sorrow like my sorrow, which was brought upon me, which our Father inflicted on the day of his fierce anger. “यहाँबाट भएर जाने तिमीहरू सबै, के तिमीहरूलाई यी कुराहरूको वास्ता छैन? चारैतिर आँखा लगाएर हेर। उहाँको भयङ्कर क्रोधको दिनमा उहाँले मलाई दिनुभएको मेरो कष्‍टजस्तो अर्को कुनै कष्‍ट छ?
13 From on high he sent fire into my bones, and it overcame them. He spread a net for my feet and turned me back; he has left me desolate, faint all the day long. “उहाँले माथिबाट आगो पठाउनुभएको छ; त्यो आगो मेरा हड्डीभित्र सल्किएको छ। उहाँले मेरा पाउका निम्ति जाल फैलाउनुभएको छ, र उहाँले मलाई फर्काउनुभएको छ। उहाँले मलाई उजाड पार्नुभएको छ, र अटुट पीडामा छोड्नुभएको छ।”
14 My rebellions were bound into a yoke; knit together by his hand, they were laid upon my neck, and he sapped my strength. The Sovereign Father handed me over to those I cannot withstand. “मेरा अपराधहरू मेरै जुवामा बाँधिएका छन्; उहाँकै हातद्वारा ती एकसाथ मेरो घाँटीमा बुनिएका छन्। त्यसको भार मेरो घाँटीमा झुण्डाइदिनुभएको छ; अनि प्रभुले मेरो शक्ति घटाइदिनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, जसको म सामना नै गर्न सक्दिनँ।”
15 The Sovereign Father has rejected all the mighty men in my midst; he summoned an assembly against me to crush my young men. The Sovereign Father has trampled the virgin daughter of Judah as in a winepress. प्रभुले मेरो बीचमा रहेका सबै वीर योद्धाहरूलाई इन्कार गर्नुभएको छ; मेरा जवानहरूलाई धुलोपिठो पार्नलाई उहाँले मेरो विरुद्धमा सेना जम्मा गर्नुभएको छ। उहाँले यहूदाका कुमारीहरूलाई आफ्नो दाखको कोलमा पेल्नुभएको छ।
16 For these things I weep; my eyes, my eyes flow with tears, for a comforter who could revive my spirit is far from me. My children are desolate, for the enemy has prevailed." “यी सबै कारणले म रुन्छु, र मेरा आँखाबाट आँसुका धारा बग्छन्। मलाई सान्त्वना दिने कोही पनि नजिक छैन, र मेरो आत्मा पुनर्जीवित गर्ने कोही पनि छैन। मेरो शत्रु विजयी भएको कारण मेरा छोराछोरीहरू बेसहारा भएका छन्।”
17 Zion stretches out her hands, but there is no one to comfort her. Our Father has decreed that Jacob's neighbors would become his enemies; Jerusalem has become a filthy thing among them. सियोनले आफ्नो हात फैलाउँछे, तर त्यसलाई सान्त्वना दिने कोही पनि छैन। याहवेहले याकोबको विरुद्धमा आज्ञा दिनुभएको छ; त्यसका छिमेकीहरू त्यसका शत्रु होऊन्; यरूशलेम तिनीहरूका बीचमा एक अशुद्ध कुरा भएकी छे।
18 Our Father is righteous, for I have rebelled against his word. Hear, all you peoples, and look on my suffering; my young women and my young men have gone into captivity. “याहवेह न्यायी हुनुहुन्छ, तर पनि मैले उहाँका आज्ञाको विरुद्धमा विद्रोह गरेँ। हे सारा जातिहरू हो, सुन; मेरो पीडालाई हेर। मेरा जवान मानिस र कुमारीहरू निर्वासनमा लगिएका छन्।
19 I called to my lovers, but they deceived me. My priests and my elders perished in the city while they searched for food just to stay alive. “मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरूले मलाई धोका दिए। मेरा पुजारीहरू र मेरा अगुवाहरू आफू जीवित रहनका निम्ति खानेकुरा खोज्दा-खोज्दै सहरमा नै नष्‍ट भए।
20 Look, my Father, for I am in distress; my stomach churns, my heart is overturned within me, for I have been very rebellious. In the street the sword cuts people down; in the house it is like death. “हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्‍टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्‍ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।
21 They have heard how I groan, with no one to comfort me. All my enemies have heard of my trouble; they are glad that you have done it. Bring on the day you have declared, that they may become like me. “मानिसहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही पनि छैन। मेरा सबै शत्रुहरूले मेरो कष्‍टको बारेमा सुनेका छन्; तपाईंले जे गर्नुभयो, त्यसमा शत्रुहरू रमाउँछन्। तपाईंले घोषणा गर्नुभएको दण्डको दिन ल्याउनुहोस्, र मेरा शत्रुहरू पनि मजस्तै कष्‍टमा परून्।
22 Let all their evil come before you, and deal with them as you have dealt with me for all my rebellions; for my groans are many, and my heart is faint. “शत्रुहरूका सबै दुष्‍ट कामहरू तपाईंको सामु आऊन्; मेरा पापहरूको कारण मसँग जस्तो व्यवहार गर्नुभयो, तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन् र मेरो हृदय दुर्बल छ।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]