Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Job 20 ONCV

Side by side with the Father's Heart Bible™

सोपरको संवाद

1तब सोपर नमातीले जवाफ दिए:

2“मेरा पीडित विचारहरूले मलाई जवाफ दिन उक्साउँछ;किनकि म धेरै विचलित भएको छु।

3जब म मेरो अपमान हुने गालीहरू सुन्छु,मेरो समझशक्तिले मलाई जवाफ दिन उत्प्रेरित गर्छ।

4“निश्‍चय नै तपाईंले जान्‍नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ,मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ,

5कि दुष्‍ट मानिसहरूको खुशी एकछिनको लागि,र ईश्‍वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।

6यद्यपि ईश्‍वरहीन मानिसको घमण्ड आकाशसम्मै पुग्लार त्यसको टाउकोले बादलहरूलाई नै छुइएला,

7तर त्यो आफ्नो मलजस्तै, सदाको निम्ति नाश भएर जानेछ;त्यसलाई देखेकाहरूले भन्‍नेछन्, ‘खोइ, त्यो कहाँ छ?’

8कहिल्यै पाउन नसकिने सपनाजस्तै त्यो उडेर जान्छ,रातको दर्शनजस्तै लोप भएर जान्छ।

9त्यसलाई देखेका आँखाहरूले त्यसलाई फेरि देख्नेछैनन्;त्यसको ठाउँले त्यसलाई फेरि चिन्‍नेछैन।

10त्यसका छोराछोरीहरूले गरिबहरूसँग भीख माग्नैपर्छ;त्यसका आफ्नै हातहरूले आफ्नो धन फर्काइदिनैपर्छ।

11त्यसका हड्डीहरूमा भरिएका यौवनत्यसको मृत्युसँग धुलोमा सुतिजानेछ।

12“दुष्‍टता त्यसको मुखमा मिठो भए तापनिर यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाउँछ,

13तथापि त्यसले त्यो छोड्न सक्दैन,त्यसको मुखमै रहिरहे तापनि

14त्यसको भोजन त्यसको पेटमा अमिलो बन्‍नेछ;र त्यो सर्पको विषजस्तै त्यसभित्र परिवर्तन हुनेछ।

15त्यसले निलेको धनसम्पत्ति त्यसले फेरि ओकलेर बाहिर निकाल्नेछ;परमेश्‍वरले त्यसको पेटलाई त्यो सबै ओकल्न लगाउनुहुनेछ।

16त्यसले सर्पको विष चुस्‍नेछ;विषालु सर्पको लामो दाँतले त्यसलाई मार्नेछ।

17त्यसले खोलाहरू अर्थात् मह र नौनी बहनेनदीहरूमा आनन्द लिन पाउनेछैन।

18त्यसले परिश्रम गरेका कुराहरूको उपभोग नगरी फिर्ता दिनुपर्छ;त्यसले आफ्नो व्यापारका नाफाहरूमा आनन्द मनाउन पाउनेछैन।

19किनकि त्यसले गरिबलाई अत्याचार गरेको छ, र तिनीहरूलाई त्यागेको छ;र त्यसले आफूले नबनाएको घर कब्जा गरेको छ।

20“निश्‍चय नै त्यसले आफ्नो लालसाबाट विश्राम पाउनेछैन;त्यसले आफ्नो धनसम्पत्तिद्वारा आफूलाई बचाउन सक्दैन।

21त्यसको निम्ति खानलाई केही पनि बाँकी रहेको छैन;त्यसको समृद्धि धेरै दिनसम्म रहँदैन।

22त्यसको प्रशस्तताको समयमा, त्यसमाथि विपत्ति आइपर्नेछ;जोडले कष्‍टको बोझ त्यसमाथि आइपर्नेछ।

23त्यसले आफ्नो पेट भरेको बेला,परमेश्‍वरले आफ्नो बल्दो रिस त्यसको विरुद्ध खन्याउनुहुनेछ,र त्यसमाथि आफ्नो मुक्‍का बर्साउनुहुनेछ।

24त्यो फलामको हतियारबाट बाँचे तापनिकाँसोको टुप्पो भएको काँडले त्यसलाई छेड्नेछ।

25त्यसले त्यो आफ्नो पिठिउँबाट थुतेर निकाल्छ,र चम्किरहेको काँडको टुप्पोले त्यसको कलेजो छेड्नेछ।अनि त्रास त्यसमाथि आइपर्नेछ।

26त्यसको धनसम्पत्तिलाई घोर अन्धकारले ढुकेर बस्छ;नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ;र त्यसको घरमा बाँकी भएका कुराहरूलाई स्वाहा पार्नेछ।

27आकाशले त्यसको दोष उदाङ्गो पारिदिनेछ;पृथ्वी त्यसको विरुद्धमा उठ्नेछ।

28त्यसको घरलाई बाढीले,र परमेश्‍वरको क्रोधको दिनको उर्लंदो भलले बगाएर लैजानेछ।

29परमेश्‍वरले दुष्‍ट मानिसको दशा यसरी नै तोकिदिनुभएको छ,परमेश्‍वरले तिनीहरूको निम्ति यस्तै प्रतिफल तोकिदिनुभएको छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]