Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 47 ONCV

Side by side with the Father's Heart Bible™

बेबिलोनको पतन

1“हे बेबिलोनकी कन्ये छोरी,तल गएर धुलोमा बस्;बेबिलोनीहरूकी छोरी,सिंहासनविना नै भुइँमा बस्।अब उसो तँ कलिलो र कोमल भनिनेछैनस्।

2जाँतो लिएर पिठो पिँध्;आफ्नो घुम्टो निकाल्।तेरो फरिया माथि सार्,नाङ्गो जाँघ नछोपी खोलाहरू तर्।

3तेरो नग्नता उघारिनेछ,र तेरो लाज प्रकट हुनेछ।म बदला लिनेछु;एउटैलाई पनि म बाँकी छोड्नेछैनँ।”

4हाम्रा उद्धारकको नाम सेनाहरूका याहवेह हो।उहाँ इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।

5“बेबिलोनीहरूकी छोरी,चुपचाप बस्, अन्धकारभित्र जा;अब उसो तँलाईराज्यहरूकी रानी भनिनेछैन।

6म आफ्ना मानिसहरूसित रिसाएको थिएँ,र मैले आफ्नो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ;मैले तिनीहरूलाई तेरो हातमा दिएँ,तर तैँले तिनीहरूलाई दया देखाइनस्;वृद्धहरूमाथि पनि तैँलेगह्रौँ जुवा लादिदिइस्।

7तैँले, ‘म सदाको निम्तिअनन्तकी रानी भइरहनेछु’ भनिस्;तर तैँले यी कुराहरू विचार गरिनस्,अथवा के होला भनी ध्यान दिइनस्।

8“आफ्नो सुरक्षामा आराम गरिरहनेर आफूलाई, ‘म नै हुँ,मबाहेक अरू कोही पनि छैन।म कहिल्यै विधवा हुनेछैनँ,न त छोराछोरी नै गुमाउनेछु’ भनी ठान्‍नेहे विलासी, अब सुन्।

9यी दुवै कुराहरू, छोराछोरीको वियोगर विधवापन एकै दिनमा तँमाथि आइपर्नेछ।तेरा धेरै तन्त्रमन्त्रहरूर सबै शक्तिशाली टुनामुनाहरू हुँदा-हुँदै पनिती तँमाथि पूर्ण रूपले आइपर्नेछन्।

10तैँले आफ्नो दुष्‍टतामाथि भरोसा राखेकी छेस्,र ‘मलाई कसैले देख्नेछैन’ भनेकी छेस्।तैँले आफूलाई, ‘म नै हुँ,र मबाहेक अरू कोही पनि छैन’ भनेकी छेस्;तेरो बुद्धि र ज्ञानले तँलाई कुबाटोमा लगेको छ।

11विपत्ति तँमाथि आइपर्नेछ;त्यसलाई तैँले हटाउन जान्‍नेछैनस्।प्रकोप तँमाथि आउनेछ,जसलाई तैँले मोल तिरेर पनि भगाउन सक्दिनस्;तैँले पहिलेबाटै देख्न नसकेको प्रलयतँमाथि अचानक आइपर्नेछ।

12“तैँले बाल्यकालदेखिपरिश्रम गर्दैआएको टुनामुनार तेरा धेरै तन्त्रमन्त्रमा नै लागिबस्।सायद तँ सफल हुनेछेस्,सायद तैँले आतङ्कित पार्न सक्छेस् कि!

13तैँले सुनेका सबै सल्‍लाहहरूले तँलाई खिन्‍न मात्र पारेको छ!तेरा ज्योतिषीहरू अगि आऊन्;ती तारा हेर्नेहरू, जसले महिनैपिच्छे भविष्यका कुरा भन्छन्,तिनीहरूले तँमाथि आउन लागेको कुराहरूबाट तँलाई बचाऊन्।

14तिनीहरू निश्‍चय नै ठुटाझैँ हुन्;आगोले तिनीहरूलाई जलाइदिनेछ।तिनीहरूले आफूलाईज्वालाको शक्तिबाट बचाउनसमेत सक्दैनन्।यो कसैलाई न्यानो पार्ने कोइला होइन;न त नजिक बस्‍ने आगो नै हो।

15तिनीहरूले तँलाई गर्न सक्ने यति नै हो—तिनीहरू जोसित तैँले परिश्रम गरिस्र तेरो बाल्यकालदेखि नै कारोबार गरिस्।तिनीहरू हरेक आफ्नै गल्तीमा लागि बस्छन्;तँलाई बचाउन सक्ने कोही पनि हुनेछैन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]