Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 46 ONCV

Side by side with the Father's Heart Bible™

बेबिलोनका देवताहरू

1बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ;तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्।तिनीहरूले लिएर हिँडेका मूर्तिहरूथाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।

2त्यस भारबाट मुक्त हुन नसकेरतिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्;तिनीहरू आफैँ कैदमा गइहाल्छन्।

3“हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,इस्राएलका घरानाका बाँचेकाहरू सबै,जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु,र जन्मेको घडीदेखि नै मैले बोकेको छु।

4तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।

5“तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ?मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?

6कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन्र तराजुमा चाँदी जोख्छन्;तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्,र घोप्टेर त्यसलाई पुज्छन्।

7त्यसलाई काँधमा उठाएर बोक्छन्;अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ।त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन।कसैले त्यसलाई पुकार गर्‍यो भने तापनि त्यसले जवाफ दिन सक्दैन;त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।

8“हे बागीहरू हो, यो याद राख,मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।

9ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ;किनकि म परमेश्‍वर हुँ, अरू कोही पनि छैन;म परमेश्‍वर हुँ, मजस्तो अरू कोही पनि छैन।

10म अन्तिमका कुराहरू पहिल्यैदेखि नै;र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु।म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ,र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’

11पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु;मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु।मैले जे भनेको छु, त्यो म गर्नेछु;मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।

12हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन;तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।

13म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु;यो टाढा छैन,र मेरो उद्धार ढिलो हुनेछैन।मेरो उद्धार सियोनलाई दिनेछु,मेरो गौरव इस्राएललाई दिनेछु।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]