Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 27 ONCV

Side by side with the Father's Heart Bible™

इस्राएलको छुटकारा

1त्यस दिनयाहवेहले आफ्नो कठोर,उहाँको डरलाग्दो, महान् र शक्तिशाली तरवारलेत्यस घस्रेर हिँड्ने सर्प लिव्यातनलाईदण्ड दिनुहुनेछ;त्यो समुद्रमा गुँडुलेर बस्‍ने लिव्यातनलाई मार्नुहुनेछ।

2त्यस दिन,“फलवन्त दाखबारीको विषयमा गीत गाओ:

3म, याहवेहले त्यसको हेरचाह गर्छु;म त्यसमा निरन्तर पानी हाल्छु।त्यसलाई कसैले हानि नगरोस् भनेरम त्यसलाई दिनरात पहरा दिन्छु।

4म रिसाएको छैनँ।यदि त्यहाँ सिउँडी र काँडाहरू मलाई रोक्न उम्रेका भए त!म तिनीहरूका विरुद्ध लडाइँ गर्न जाइलाग्नेथिएँ;म तिनीहरूलाई जलाउनेथिएँ।

5त्यसैले तिनीहरू शरणका निम्ति मकहाँ आऊन्;तिनीहरूले मसित मिलाप गरून्,हो, तिनीहरूले मसित मिलाप गरून्।”

6आउँदा दिनहरूमा याकोबले जरा हाल्नेछ,इस्राएल पलाउनेछ, र त्यो फुल्नेछ;अनि सारा संसार त्यसको फलद्वारा भरिइनेछन्।

7के त्यसलाई हिर्काउनेहरूलाई याहवेहले हिर्काउनुभएझैँ,उहाँले त्यसलाई हिर्काउनुभएको छ?के त्यसलाई मार्नेहरू मारिएझैँ,त्यो मारिएको छ?

8युद्ध र निर्वासनद्वारा तपाईं त्यससित युद्ध गर्नुहुन्छ,पूर्वीय बतास चलेको दिनझैँ,आफ्नो प्रचण्ड सासद्वारा उहाँले तिनीहरूलाई हटाइदिनुहुन्छ।

9तब यसद्वारा याकोबको अपराधको प्रायश्‍चित हुनेछ;अनि यसरी त्यसको पाप हटाएको सम्पूर्ण परिणाम यही हुनेछ:जब उहाँले वेदीका ढुङ्गाहरूलाईखरी ढुङ्गाझैँ धुलोपिठो पार्नुहुन्छ;त्यहाँ कुनै अशेरा देवीको खम्बाअथवा धूपको वेदी खडा हुनेछैन।

10सुरक्षित सहर निर्जन भयो,निर्जन र त्यागिएका वासस्थान उजाड भूमिझैँ भयो;त्यहाँ बाछाहरू चर्छन्,त्यहाँ तिनीहरू विश्राम गर्छन्;तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गा पारिदिन्छन्।

11त्यसका हाँगाहरू सुक्छन् र ती भाँचिन्छन्;अनि स्त्रीहरूले आएर ती आगो सल्काउने काममा प्रयोग गर्छन्।किनकि यो एउटा निर्बुद्धि जाति हो;यसकारण तिनीहरूलाई बनाउनुहुनेको केही दया तिनीहरूप्रति छैन;तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह राख्नुहुन्‍न।

12त्यस दिन याहवेहले बग्दै गरेको यूफ्रेटिसदेखि इजिप्टको नदीसम्म झाँट्नुहुनेछ; अनि हे इस्राएलीहरू हो, तिमीहरू एक-एक गरी भेला गरिनेछौ। 13त्यस दिन ठूलो तुरही बज्नेछ। अश्शूरमा नष्‍ट हुनेहरू र इजिप्टमा निर्वासित भएकाहरू आएर यरूशलेममा पवित्र पर्वतमाथि याहवेहलाई आराधना गर्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]