Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Isaiah 25 ONCV

Side by side with the Father's Heart Bible™

याहवेहलाई प्रशंसा

1हे याहवेह, तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ;म तपाईंलाई उच्‍च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु;किनकि पूर्ण विश्‍वासयोग्यतामातपाईंले अद्‌भुत कार्यहरू गर्नुभएको छ;ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।

2तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो।अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ।परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन;त्यो फेरि कहिल्यै बनाइनेछैन।

3यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्;निष्‍ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।

4तपाईं गरिबहरूका निम्ति,कष्‍टमा परेकाहरूका निम्ति,आँधीबतासमा शरणर गर्मीबाट जोगाउने छाया हुनुभएको छ।किनकि निष्‍ठुरहरूको सासपर्खालमा ठोक्‍किने आँधी,

5र मरुभूमिको गर्मीझैँ हो।तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ;गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ,निष्‍ठुरहरूको गीत बन्द गराइन्छ।

6यस पर्वतमा सेनाहरूका याहवेहलेसबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू,छिप्पिएको मद्यको ठूलो भोज,सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।

7यस पर्वतमा उहाँलेसबै मानिसहरूलाई ढाक्ने वस्त्र,र सबै जातिहरूलाई छोप्ने तन्‍ना नष्‍ट गर्नुहुनेछ;

8उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ।प्रभु याहवेहले सबै अनुहारहरूबाटआँसु पुछिदिनुहुनेछ;उहाँले समस्त पृथ्वीबाटआफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ।याहवेह बोल्नुभएको छ।

9त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्,“निश्‍चय उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ;हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो।उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ;हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।”

10किनकि यस पर्वतमा याहवेहको हात रहनेछ;तर मोआबचाहिँ मलमा परालकुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ।

11पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ,तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्।तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनिपरमेश्‍वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।

12उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ,र ती होच्याइनेछन्;उहाँले ती भुइँमा खसाइदिनुहुनेछ,र ती धुलोमै मिलाउनुहुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]