Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Hosea 10 ONCV

Side by side with the Father's Heart Bible™

1इस्राएल एउटा लहलहाउँदो दाखको बोट थियो;त्यसले आफ्नै निम्ति प्रशस्त फल फलायो।जब त्यसको प्रशस्त फलहरू बढ्दैगयो,तब त्यसले धेरै वेदीहरू बनायो;जब त्यसको देशको समृद्धि भयो,तब त्यसले आफ्नो पवित्र ढुङ्गाहरूलाई सिँगार्‍यो।

2तिनीहरूको हृदय छली छ;अब तिनीहरूले आफ्नो दोषको दण्ड पाउनैपर्छ।याहवेहले तिनीहरूका वेदीहरू भत्काउनुहुनेछ;अनि तिनीहरूले पवित्र मानिएका ढुङ्गाहरूलाई नष्‍ट पार्नुहुनेछ।

3तब तिनीहरूले भन्‍नेछन्, “हामीले याहवेहलाईआदर गरेनौँ; यसकारण हामीसित राजा छैनन्।तर यदि हामीसित राजा भए तापनितिनले हाम्रा निम्ति के गर्न सक्थे र?”

4तिनीहरूले धेरै प्रतिज्ञाहरू गर्छन्,झूटो शपथ खान्छन्र सहमति जनाउँछन्;त्यसैले जोतिएको जमिनमा उम्रेकाविषालु झारहरूझैँ अन्याय मौलाउँछ।

5सामरियामा बसोबास गर्ने मानिसहरूबेथ-आवेनको सुनको बाछाको मूर्तिसँग डराउँछन्।र मूर्तिपूजक पुजारीहरूले पनि त्यसै गर्नेछन्;तिनीहरू जसले मूर्तिको गौरवमा आनन्द मनाएका थिए;त्यसका मानिसहरू त्यसको निम्ति विलाप गर्नेछन्;किनकि देशबाट मूर्ति निकालेर कैदमा लगिएको छ।

6त्यसलाई महान् राजाको निम्तिसौगातको रूपमा अश्शूर देशमा लगिनेछ।एफ्राइम अपमानित हुनेछ;इस्राएल आफ्ना पराई देवताको कारण लज्जित हुनेछ।

7सामरियाको राजा नष्‍ट हुनेछ,त्यो पानीले बगाएको काठको टुक्राझैँ बगेर जानेछ।

8दुष्‍टताका अग्ला-अग्ला डाँडाहरू नष्‍ट पारिनेछन्;यो इस्राएलको पाप हो।काँडा र सिउँडीहरू बढ्नेछन्,र तिनीहरूका वेदीहरूलाई ढाक्नेछन्।त्यसपछि तिनीहरूले पर्वतहरूलाई भन्‍नेछन्, “हामीलाई छोप!”र पहाडहरूलाई भन्‍नेछन्, “हामीमाथि खस!”

9“हे इस्राएल, तिमीहरूले गेबाको दिनदेखि नै पाप गरेका छौ,र तिमीहरू त्यही पापमा छौ।के गेबामा भएका दुष्‍ट काम गर्ने मानिसहरूफेरि युद्धमा पर्दैनन् र?

10म आफ्नो इच्छाअनुसार तिनीहरूलाई दण्ड दिनेछु;तिनीहरूलाई आफ्ना दोबर पापको निम्ति बन्धनमा पार्नलाईतिनीहरूको विरुद्धमा राष्ट्रहरू भेला हुनेछन्।

11एफ्राइम दाइँ गर्न रुचाउनेतालिमद्वारा सधाइएकी कोरली हो;यसकारण म त्यसको सुन्दर काँधमाथिगह्रौँ जुवा हालिदिनेछु।म एफ्राइमलाई धपाउनेछु,यहूदाले चाहिँ जोत्नुपर्छर याकोबले जमिन फुटाउनुपर्नेछ।

12आफ्नो निम्ति धार्मिकताको बिउ छर!अचुक प्रेमको फसलको कटनी गर!र तिमीहरूका नजोतिएका जमिनलाई जोत;किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो;अनि उहाँ आउनुहुन्छर तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।

13तर तिमीहरूले दुष्‍टता रोपेका छौ,र तिमीहरूले पापको कटनी गरेका छौ;तिमीहरूले छलको फल खाएका छौ।अनि तिमीहरूले आफ्नै सामर्थ्यर आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण

14तिमीहरूका मानिसहरूको विरुद्धमा लडाइँका गर्जनहरू उठ्नेछन्;युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैँतिमीहरूका सबै बलिया किल्‍लाहरू नष्‍ट हुनेछन्;जुन समयमा आमाहरू आफ्ना छोराछोरीहरूसँगैभुइँमा पछारिएर टुक्रा-टुक्रा पारिएका थिए।

15हे बेथेल, तँमाथि पनि त्यस्तै हुनेछ;किनकि तेरो दुष्‍टता धेरै छ।त्यो दिन आएपछि,इस्राएलको राजा पूर्ण रूपमा सर्वनाश हुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]