Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Romans 4 ONCV

Show ONCV only
Verse × ×
1 What then should we say that Abraham, our physical forefather, has found? अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त?
2 For if Abraham was justified by works, he has something to boast about—but not before our Father. यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्‍वरको अगि त होइन।
3 For what does Scripture say? Abraham believed our Father, and it was counted to him as righteousness. धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”
4 To the one who works, wages aren't credited as a gift but as what's owed. काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।
5 But to one who does not work, but trusts him who justifies the wicked, his faith is counted as righteousness. तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि विश्‍वास गर्छन् भने तिनीहरूको विश्‍वास धार्मिकता गनिन्छ।
6 As David also speaks of the blessing of the person our Father credits righteousness to, apart from works: कामविना नै परमेश्‍वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्:
7 "Blessed are those whose lawless deeds are forgiven, and whose sins are covered; “तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।
8 blessed is the one whose sin our Father will never count against him." त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्‍न।”
9 Is this blessing only for the circumcised, or also the uncircumcised? We say Abraham's faith was credited as righteousness. के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।
10 How then was it credited? While he was circumcised, or uncircumcised? Not while circumcised, but while uncircumcised. अब्राहामको विश्‍वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!
11 He received circumcision as a sign, a seal of the righteousness he had by faith while still uncircumcised, so he would be father of all who believe though uncircumcised, with righteousness credited to them too, उनको खतना नहुँदै विश्‍वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्‍वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।
12 and father of the circumcised who are not only circumcised but also walk in the footsteps of the faith our father Abraham had while uncircumcised. अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्‍वासका पाइलामा हिँड्दछन्, जुन विश्‍वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो।
13 For the promise to Abraham and his offspring that he would inherit the world did not come through the law, but through faith's righteousness. अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्‍वासबाट आउने धार्मिकताद्वारा प्राप्‍त गरेका थिए।
14 For if those who live by the law are heirs, faith is emptied and the promise nullified. यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।
15 Law brings wrath; where there is no law, there is no violation. किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्‍वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन।
16 So it comes by faith, to be by grace, guaranteeing the promise to all the offspring—not only those tied to the law but also those who share Abraham's faith, father of us all, यसकारण प्रतिज्ञा विश्‍वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्‍चित होस्। व्यवस्था मान्‍नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्‍वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्।
17 as it is written, "I have made you father of many nations"—before our Father, in whom he believed, who gives life to the dead and calls things that do not exist into being. यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्‍वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्‍वरमाथि विश्‍वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।
18 Against hope, he believed in hope, becoming father of many nations, as he'd been told: "So will your offspring be." आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।
19 Not weak in faith, he considered his own body already as good as dead—he was about one hundred—and Sarah's womb lifeless. प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्।
20 He did not doubt our Father's promise in lack of faith, but was strengthened in faith, giving glory to our Father, परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।
21 fully convinced that what our Father had promised he was also able to do. परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्‍ने कुरामा अब्राहाम पूर्ण रूपले निश्‍चित थिए।
22 That is why "it was credited to him as righteousness." अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”
23 But the words "it was credited to him" were written not for his sake alone, “यो उनका निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको होइन,
24 and also for us who will be credited with it—those trusting the one who raised our Lord Jesus from the dead, तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्‍वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।
25 who was delivered over for our sins and raised to make us right with our Father. उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]