Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Romans 5 ONCV

Show ONCV only
Verse × ×
1 So, since we are made right by faith, we have peace with our Father through our Lord Jesus Christ. यसकारण हामी विश्‍वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्‍टद्वारा हामीले परमेश्‍वरसँग शान्ति पाएका छौँ।
2 Through whom we've gained access by faith into this grace we stand in, and we rejoice in hope of our Father's glory. अनि ख्रीष्‍टद्वारा हामीले प्राप्‍त गरेको विश्‍वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्‍वरको महिमाको आशामा हामी रमाउँछौँ।
3 Not only that, but we also boast in our suffering, since suffering produces endurance, यति मात्र होइन, तर हाम्रो दुःख-कष्‍टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्‍टले सहनशीलता,
4 and endurance produces character, and character produces hope. सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।
5 Hope doesn't put us to shame, because our Father's love has been poured into our hearts through the Holy Spirit given to us. अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ।
6 While we were still weak, at the right time Christ died for the wicked. हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्‍ट अधर्मीहरूका निम्ति मर्नुभयो।
7 Rarely would anyone die for a righteous person, though for a good person someone might even dare to die. धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला,
8 But our Father shows his own love for us: while we were still sinners, Christ died for us. तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्ति मर्नुभयो।
9 Much more then, now made right by his blood, we will be saved through him from the wrath. ख्रीष्‍टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्‍वरको क्रोधबाट उहाँद्वारा निश्‍चय नै बचाइनेछौँ!
10 If, as enemies, we were reconciled to our Father through the death of his Son, how much more, now reconciled, will his life save us? किनकि हामी परमेश्‍वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्‍वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।
11 Not only that—we also rejoice in our Father through our Lord Jesus Christ, through whom we have now received reconciliation. यति मात्र होइन, तर परमेश्‍वरमा हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।
12 So, as sin entered the world through one man, and death through sin, death spread to everyone, since all sinned. यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्‍यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्।
13 Before the law, sin was already in the world; but sin isn't counted where there's no law. किनकि व्यवस्था दिइनुअगि नै संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन, त्यहाँ पापको लेखा पनि हुँदैन।
14 Still, death ruled from Adam to Moses, even over those whose sin didn't match Adam's wrongdoing—Adam foreshadows the one to come. तर आदमदेखि मोशासम्म नै मृत्युले शासन गर्‍यो। तिनीहरूमाथि पनि आइलाग्यो जसले आदमले जस्तो आज्ञा तोडेर पाप गरेका थिएनन्। आदम, जो पछि आउनुहुनेका एक प्रतिरूप हुन्।
15 But the gift is not like the sin: if many died through one man's sin, much more has our Father's grace and the gift by the grace of the one man Jesus Christ overflowed to many. तर परमेश्‍वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्‍वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्‍टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो!
16 And the gift is not like the result of that one man's sin: judgment from one sin brought condemnation, but the gift from many sins brought justification. परमेश्‍वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो।
17 For if death reigned through that one man because of one trespass, how much more will those receiving grace's overflow and the gift of righteousness reign in life through the one man, Jesus Christ. किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्‍यो भने एउटै मानिस येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ!
18 So then, as one trespass condemned everyone, one righteous act brings everyone justification and life. यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो।
19 As one man's disobedience made the many sinners, so one man's obedience will make the many righteous. जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्।
20 Now the law came in so that the trespass might increase, but where sin increased, grace abounded all the more, व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो,
21 so that as sin reigned in death, grace might reign through righteousness to eternal life, through Jesus Christ our Lord. ताकि जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]