Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Romans 3 ONCV

Show ONCV only
Verse × ×
1 What advantage, then, does the Jew have? Or what is the value of circumcision? त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ?
2 Much in every way. First of all, they were entrusted with the very words of our Father. वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
3 What then? If some were unfaithful, will their unfaithfulness nullify the faithfulness of our Father? केही व्यक्तिहरू विश्‍वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्‍वासयोग्यताले परमेश्‍वरको विश्‍वसनीयतालाई रद्द तुल्याउँछ र?
4 No! Let our Father be true, though every person is a liar. As it is written: "You are proven right in your words, and win when judged." वास्तवमा होइन! परमेश्‍वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
5 But if our wrongdoing highlights our Father's righteousness, what do we say? Is our Father unjust to bring wrath on us? (I speak in human terms.). तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई अझ प्रष्‍ट गराउँछ भने त हामीले के भन्‍ने? परमेश्‍वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु।
6 Certainly not! For then how could our Father judge the world? पक्‍कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
7 But if my lie makes our Father's truth overflow to his glory, why am I still judged as a sinner? कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?”
8 Why not say, as some slander us as saying, "Let's do evil so good may come"? Their judgment is deserved. त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।
9 What then? Are we better off? Not at all—we've already charged that Jews and Greeks alike are all under sin's grip, त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।
10 as it is written: "There is no one righteous, not even one; यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन;
11 no one understands; no one seeks our Father. बुझ्ने कोही छैन, परमेश्‍वरलाई खोज्ने पनि कोही छैन।
12 All have turned away; together they have become worthless; no one does good, not even one. सबै परमेश्‍वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
13 Their throat is an open grave; they use their tongues to deceive." "The venom of snakes is under their lips. “तिनीहरूका घोक्रो खुल्‍ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”
14 Their mouth is full of cursing and bitterness. “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।”
15 Their feet are swift to shed blood; “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्;
16 ruin and misery mark their ways, तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
17 and the way of peace they have not known. तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।”
18 There is no fear of our Father before their eyes." “तिनीहरूका आँखामा परमेश्‍वरको डर छैन।”
19 We know whatever the law says applies to those under it, so every mouth is silenced and the whole world stands accountable to our Father. अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्‍वरको अगि जवाफदेही बनाइयोस्।
20 No one is made right before him by works of the law; the law brings awareness of sin. यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्‍वरको दृष्‍टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
21 But now, apart from the law, our Father's righteousness has been revealed, testified to by the Law and the Prophets. तर अब व्यवस्थाविना नै परमेश्‍वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्।
22 This righteousness of our Father comes through faith in Jesus Christ, to all who believe, for there's no distinction, यो धार्मिकताचाहिँ येशू ख्रीष्‍टमा विश्‍वास गर्ने सबैले विश्‍वासद्वारा प्राप्‍त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्‍नता छैन।
23 since all have sinned and fall short of the glory of our Father, किनकि सबैले पाप गरेका छन्, र परमेश्‍वरको महिमाबाट टाढा भएका छन्;
24 and are justified freely by his grace through the redemption that is in Christ Jesus. र परमेश्‍वरको अनुग्रहले ख्रीष्‍ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
25 Our Father presented him as the atoning sacrifice, through faith in his blood, to show his righteousness, since in his patience he had passed over sins committed before, परमेश्‍वरले ख्रीष्‍टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्‍वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन।
26 to show his righteousness now, so he is both just and the justifier of whoever trusts in Jesus. परमेश्‍वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्‍वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
27 Where then is boasting? Excluded. By what law? Of works? No—by the law of faith. अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्‍वासको सिद्धान्तद्वारा हो।
28 For we maintain that a person is justified by faith apart from works of the law. यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्‍वासद्वारा नै धर्मी ठहरिन्छ।
29 Or is our Father the Father of Jews only? Not the Father of Gentiles too? Yes, of Gentiles too, के परमेश्‍वर यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्‍वर हुनुहुन्‍न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ।
30 since our Father is one, he will justify the circumcised by faith and the uncircumcised through faith. किनभने परमेश्‍वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्‍वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ।
31 Do we cancel the law through this faith? Never—we confirm the law. त्यसो भए के हामी विश्‍वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]