1When Moses finished setting up the tabernacle, he anointed and dedicated it and all its furnishings, the altar and all its utensils, anointing and dedicating them.ONCVजब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए।
2Then Israel's leaders—heads of their fathers' houses, the tribal leaders in charge of the census—brought an offering.ONCVत्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए।
3They brought their offering before our Father: six covered wagons, twelve oxen—a wagon per two leaders, an ox for each—then presented them before the tabernacle.ONCVतिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।
4And our Father said to Moses,ONCVयाहवेहले मोशालाई भन्नुभयो,
5"Take these from them for the tent of meeting's service; give them to the Levites, each according to his service."ONCV“ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”
6So Moses took the wagons and the oxen and gave them to the Levites.ONCVयसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
7Two wagons and four oxen he gave to the sons of Gershon, according to their service.ONCVगेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए।
8He gave four wagons and eight oxen to Merari's sons, for their service, under Ithamar son of Aaron the priest.ONCVअनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए।
9To the sons of Kohath he gave none, since the holy things' service was theirs—carried on the shoulder.ONCVतर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
10On the day the altar was anointed, the leaders brought its dedication offering; the leaders brought their offering before the altar.ONCVजब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
11And our Father said to Moses, "Each day one leader is to bring his offering for the altar's dedication."ONCVकिनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
12Nahshon son of Amminadab, of Judah's tribe, presented his offering on the first day.ONCVपहिलो दिन आफ्नो भेटी लिएर आउनेचाहिँ यहूदाको कुलको अम्मीनादाबको छोरा नहशोन थिए।
13His offering: one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering.ONCVनहशोनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौल भएको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
14One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
15one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एक वर्षको थुमा ल्याए;
16one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
17for the peace offering: two oxen, five rams, five male goats, five year-old male lambs. This was Nahshon son of Amminadab's offering.ONCVर मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो।
18On the second day Nethanel son of Zuar, the leader of Issachar, presented an offering.ONCVदोस्रो दिन इस्साखारका अगुवा सूआरका छोरा नथनिएलले आफ्ना भेटीहरू ल्याए।
19His offering: one silver plate weighing about three and a quarter pounds, one silver bowl weighing about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering.ONCVनथनिएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको छर्कने बाटा र थाल; त्यस बाटा र थाल दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
20One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको दश शेकेल तौलको एउटा सुनको कचौरा;
21one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा ल्याए;
22one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका ल्याए;
23for the peace offering: two oxen, five rams, five male goats, five year-old male lambs. This was Nethanel son of Zuar's offering.ONCVर मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।
24On the third day it was Eliab son of Helon, the leader of the sons of Zebulun.ONCVतेस्रो दिन जबूलूनका मानिसहरूका अगुवा हेलोनका छोरा एलिआबले आफ्नो भेटी ल्याए।
25His offering: one silver plate weighing about three and a quarter pounds, one silver basin weighing about one and three-quarter pounds, both full of fine flour mixed with oil for a grain offering;ONCVएलिआबको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
26one gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
27one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
28one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
29for the peace offering sacrifice: two oxen, five rams, five male goats, five male lambs a year old. This was Eliab son of Helon's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो।
30On the fourth day it was Elizur son of Shedeur, the leader of the sons of Reuben.ONCVचौथो दिन रूबेनका मानिसहरूका अगुवा, शदेऊरका छोरा एलिसूरले आफ्नो भेटी ल्याए।
31His offering: one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds—both full of fine flour mixed with oil for a grain offering.ONCVएलिसूरको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
32One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको एउटा सुनको कचौरा;
33one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
34one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
35and for the peace offering sacrifice: two oxen, five rams, five male goats, five male lambs a year old. This was Elizur son of Shedeur's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो।
36On the fifth day it was Shelumiel son of Zurishaddai, the leader of the sons of Simeon.ONCVपाँचौँ दिन शिमियोनका मानिसहरूका अगुवा सूरीशद्दैका छोरो शलूमीएलले आफ्नो भेटी ल्याए।
37His offering: one silver plate, about three and a quarter pounds, one silver basin, about one and three-quarter pounds, both full of fine flour mixed with oil for a grain offering.ONCVशलूमीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
38One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
39one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
40one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
41for the sacrifice of peace offerings: two oxen, five rams, five male goats, five year-old male lambs. This was Shelumiel son of Zurishaddai's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो।
42On the sixth day it was Eliasaph son of Deuel, the leader of the sons of Gad.ONCVछैटौँ दिन गादका मानिसहरूका अगुवा देउएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
43His offering was one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering.ONCVएल्यासापको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
44One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
45one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
46one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
47for the peace offering: two oxen, five rams, five male goats, five male yearling lambs. This was Eliasaph son of Deuel's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो।
48On the seventh day it was Elishama son of Ammihud, the leader of the sons of Ephraim.ONCVसातौँ दिन एफ्राइमका मानिसहरूका अगुवा अम्मीहूदका छोरा एलिशामाले आफ्नो भेटी ल्याए।
49His offering: one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering;ONCVएलिशामाको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
50one gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
51one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा थिए;
52one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
53for the sacrifice of peace offerings: two oxen, five rams, five male goats, five male lambs a year old. This was Elishama son of Ammihud's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो।
54On the eighth day it was Gamaliel son of Pedahzur, the leader of the sons of Manasseh.ONCVआठौँ दिन मनश्शेका मानिसहरूका अगुवा पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
55His offering: one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds, both full of fine flour mixed with oil for a grain offering.ONCVतिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा जैतुनको तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
56One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
57one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
58one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
59for the peace offering: two oxen, five rams, five male goats, five year-old male lambs. Offering of Gamaliel son of Pedahzur.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।
60On the ninth day it was Abidan son of Gideoni, the leader of the sons of Benjamin.ONCVनवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
61His offering: one silver plate, about three and a quarter pounds, one silver basin, about one and three-quarter pounds, both full of fine flour mixed with oil for a grain offering.ONCVअबीदानको भेटी यही थियो: अर्थात् पवित्रस्थानको शेकेलको तौलअनुसार एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
62One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
63one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
64one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
65for the peace-offering sacrifice: two oxen, five rams, five male goats, five yearling male lambs. This was Abidan son of Gideoni's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। गिदोनीको छोरा अबीदानको भेटी यही थियो।
66On the tenth day it was Ahiezer son of Ammishaddai, the leader of the sons of Dan.ONCVदशौँ दिन दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी लिएर आए।
67His offering: one silver plate weighing about three and a quarter pounds, one silver basin weighing about one and three-quarter pounds, both full of fine flour mixed with oil for a grain offering.ONCVअहीएजेरको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
68One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
69one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
70one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
71for the peace-offering sacrifice: two oxen, five rams, five male goats, five male year-old lambs. This was Ahiezer son of Ammishaddai's offering.ONCVअनि मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।
72On the eleventh day it was Pagiel son of Ochran, the leader of the sons of Asher.ONCVएघाह्रौ दिन आशेरका मानिसहरूका अगुवा ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
73He offered a silver plate, about three and a quarter pounds, and a silver basin, about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering;ONCVपगीएलको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएका थिए;
74one gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा;
75one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
76one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
77and for the sacrifice of peace offerings: two oxen, five rams, five male goats, five male lambs a year old. The offering of Pagiel son of Ochran.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।
78On the twelfth day it was Ahira son of Enan, the leader of the sons of Naphtali.ONCVबाह्रौँ दिनमा नप्तालीका मानिसहरूका अगुवा एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
79His offering: one silver plate, about three and a quarter pounds, and one silver basin, about one and three-quarter pounds, both filled with fine flour mixed with oil for a grain offering.ONCVअहीराको भेटी यही थियो: पवित्रस्थानको शेकेलको तौलअनुसार, एक सय तीस शेकेल तौलको चाँदीको एउटा थाल र सत्तरी शेकेल तौलको चाँदीको एउटा छर्कने बाटा; त्यस थाल र बाटा दुवैमा अन्नबलिको रूपमा तेल मिसाएको मसिनो पिठोले भरिएकाको थिए;
80One gold dish weighing about four ounces, full of incense;ONCVधूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
81one young bull, one ram, and one male lamb a year old, for a burnt offering;ONCVहोमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
82one male goat for a sin offering;ONCVपाप शुद्धीकरण बलिका निम्ति एउटा बोका;
83and for the peace-offering sacrifice: two oxen, five rams, five male goats, five male lambs a year old. Ahira son of Enan's offering.ONCVर मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। एनानका छोरा अहीराको भेटी यही थियो।
84This was the altar's dedication offering when it was anointed, from Israel's leaders: twelve silver plates, twelve silver basins, twelve gold dishes.ONCVवेदीको अभिषेक हुँदा इस्राएली अगुवाहरूको समर्पणको भेटी यही थियो: चाँदीका बाह्र वटा थालहरू, चाँदीका बाह्र वटा छर्कने बाटाहरू र सुनका बाह्र वटा कचौराहरू थिए।
85Each silver plate weighed about three and a quarter pounds, each basin about one and three-quarter pounds; all the silver of the vessels totaled about sixty pounds.ONCVपवित्रस्थानको तौलको शेकेलअनुसार, चाँदीको प्रत्येक थालको तौल एक सय तीस शेकेल र चाँदीका प्रत्येक छर्कने बाटाको तौल सत्तरी शेकेल थियो। चाँदीका थाल-बाटाहरूको जम्मा तौल पवित्रस्थानको शेकेलअनुसार, दुई हजार चार सय शेकेल थियो।
86The twelve gold dishes full of incense weighed about four ounces each; all the gold totaled about three pounds.ONCVधूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो।
87All the cattle for the burnt offering: twelve bulls, twelve rams, twelve year-old male lambs, with their grain offering; and twelve male goats for the sin offering.ONCVहोमबलिका निम्ति ल्याइएका पशुहरूको जम्मा संख्या, बाह्र वटा बहरहरू, बाह्र वटा भेडाहरू, बाह्र वटा एकवर्षे थुमाहरू थिए; जसको साथमा तिनीहरूको अन्नबलि पनि थियो। पाप शुद्धीकरण बलिका निम्ति बाह्र वटा बोकाहरू प्रयोग गरिए।
88All the cattle for the peace offering sacrifices: twenty-four bulls, sixty rams, sixty male goats, sixty male year-old lambs. This was the altar's dedication offering, after it was anointed.ONCVमेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्।
89When Moses entered the tent of meeting to speak with our Father, he heard the voice speaking to him from above the mercy seat on the ark of the testimony, between the two cherubim—so our Father spoke with him.ONCVजब मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र पसे, तब तिनले साक्षी पाटीको सन्दुकमा भएको पाप समाधान-स्थानमाथि भएका दुई करूबहरूका बीचबाट तिनीसँग बोलिरहेको आवाज सुने। यसरी याहवेह मोशासँग बोल्नुभयो।