Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 8 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses, saying: याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Say to Aaron: When you mount the lamps, the seven must shine before the lampstand." “हारूनलाई भन्, ‘जब तैँले सात वटा बत्तीहरू बाल्नलाई तयार गर्छस्, ती सातै वटा बत्तीहरूले सामदानको अगिल्तिरको ठाउँमा प्रकाश देऊन्।’ ”
3 Aaron did so, lighting its lamps to shine toward the lampstand's front, as our Father commanded Moses. अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे।
4 The lampstand's work: hammered gold, hammered from base to blossoms—made exactly as our Father showed Moses. सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।
5 Our Father spoke to Moses, saying: याहवेहले मोशालाई भन्‍नुभयो:
6 "Take the Levites from among the people of Israel and cleanse them. “लेवीहरूलाई अरू सबै इस्राएलीहरूबाट अलग गर्, र तिनीहरूलाई विधिपूर्वक शुद्ध पार्।
7 To cleanse them, do this: sprinkle purification water on them, run a razor over their whole body, wash their clothes, and be clean. तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्।
8 Let them take a young bull from the herd, its grain offering of fine flour mixed with oil, and you are to take a second young bull from the herd for a sin offering. तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्‍नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू।
9 Bring the Levites before the tent of meeting, and gather the whole community of Israel's people. लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू।
10 When you present the Levites before me, Israelites are to lay hands on the Levites, तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्।
11 Aaron is to wave the Levites before me, an offering from the Israelites, to do my service. हारूनले लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहको सामु प्रस्तुत गरोस्; ताकि तिनीहरू याहवेहको काम गर्नका लागि तयार होऊन्।
12 The Levites will lay their hands on the bulls' heads; offer one as a sin offering, one as a burnt offering to me, to atone for the Levites. “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्‍चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू।
13 Set the Levites before Aaron and his sons, and present them to me as a wave offering. लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।
14 Separate the Levites from among Israel's people; the Levites are mine. यसरी तैँले लेवीहरूलाई अरू इस्राएलीहरूबाट अलग पार्नू। यसरी लेवीहरू मेरा हुनेछन्।
15 Then the Levites will enter to serve the tent of meeting, once you've cleansed and waved them as a wave offering. “तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्।
16 For they are fully given to me from among Israel's sons, in place of every womb-opener—firstborn of all Israel's sons—I took them for myself. इस्राएलीहरूको तर्फबाट ती लेवीहरूलाई सम्पूर्ण रूपले मलाई दिइनुपर्छ। तिनीहरूलाई जेठाहरूका सट्टामा, अर्थात् प्रत्येक इस्राएली स्त्रीहरूको पहिलो छोराहरूका सट्टामा मैले तिनीहरूलाई लिएको छु।
17 All Israel's firstborn, human or animal, are mine; the day I struck all Egypt's firstborn, I set them apart for myself. इस्राएलमा जन्मेको हरेक जेठो, चाहे त्यो मानिस होस् अथवा पशु, सबै मेरै हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूमाथि प्रहार गरेँ, तब मैले तिनीहरूलाई मेरा निम्ति अलग गरेँ।
18 And I have taken the Levites in place of all the firstborn among the people of Israel. अनि मैले इस्राएलका सबै जेठा छोराहरूका सट्टामा लेवीहरूलाई लिएको छु।”
19 I have given the Levites to Aaron and his sons, a gift from Israel's people, to serve Israel's people at the tent of meeting, atone for Israel's people, so no plague strikes Israel's people nearing the sanctuary." इस्राएलीहरू पवित्रस्थानको नजिक जाँदा तिनीहरूमाथि कुनै विपत्ति नआओस्। त्यसैले सारा इस्राएलीहरूबाट मैले लेवीहरूलाई सबै इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा काम गर्न र तिनीहरूका निम्ति पापको प्रायश्‍चित गर्नलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु।
20 Moses, Aaron, and Israel's whole assembly did to the Levites all our Father commanded Moses about the Levites; Israel's people did to them. यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
21 The Levites purified themselves from sin, washed their clothes; Aaron offered them as a wave offering before our Father, atoned for them to cleanse them. लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्‍चित गरे।
22 After that, the Levites came to serve in the tent of meeting before Aaron and his sons; they did to the Levites as our Father commanded Moses. त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे।
23 Our Father spoke to Moses, saying: याहवेहले मोशालाई भन्‍नुभयो,
24 "This applies to the Levites: from age twenty-five, they are to come to serve in the work at the tent of meeting. “लेवीहरूका लागि यो नियम लागू हुन्छ: पच्‍चीस वर्ष अर्थात् त्योभन्दा बढी उमेरका पुरुषहरूले भेट हुने पालको काममा भाग लिऊन्।
25 From age fifty they must retire from service work and serve no longer. तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्।
26 They may assist their brothers at the tent of meeting by standing guard, but do no work. This is how you are to assign the Levites' duties." तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]