Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 6 ONCV

Show ONCV only
Verse × ×
1 Then our Father spoke to Moses: याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Speak to the Israelites and say to them: When a man or woman makes a special vow, a Nazirite vow, to set themselves apart to the Father. “इस्राएली मानिसहरूलाई यसो भन्: ‘यदि कुनै पुरुष वा स्त्रीले विशेष भाकल गर्न चाहन्छ, अर्थात् आफू नाजिरीको रूपमा याहवेहका निम्ति समर्पित हुने भाकल गर्छ भने,
3 They must not drink wine or strong drink, nor vinegar from either, nor any grape juice, nor eat grapes fresh or dried. तिनीहरूले आफूलाई दाखमद्य र अरू मद्यबाट अलग राख्नुपर्छ। अनि दाखमद्य वा कुनै मद्यबाट बनिएको सिर्का पिउनुहुँदैन। तिनीहरूले दाखमद्य पिउनुहुँदैन, अर्थात् अङ्‌गुर र किसमिस पनि खानुहुँदैन।
4 During their separation they must eat nothing from the grapevine, from seeds to skin. जबसम्म तिनीहरू नाजिरी रहने भाकलमा समर्पित हुन्छन्, तबसम्म तिनीहरूले दाखको बोटबाट पाइने कुनै पनि कुरा, अर्थात् अङ्‌गुरको बीयाँ वा छिल्का केही पनि खानुहुँदैन।
5 "During their vow of separation, no razor touches their head. Until it's complete, they stay holy to the Father; they must let their hair grow. “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्‍न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्‍त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ।
6 "Throughout their time of separation to the Father they must not go near a dead body. “ ‘याहवेहका निम्ति नाजिरी रहने समय अवधिभरि त्यो कुनै लासको नजिक नजाओस्।
7 They must not make themselves unclean even for father, mother, brother, or sister when they die, since their dedication crown to our Father is on their head. तिनीहरूको आफ्नै बुबाआमा अथवा दाजुभाइ अथवा दिदीबहिनी मर्दासमेत तिनीहरूका कारण तिनीहरूले आफूलाई विधिगत रूपमा अशुद्ध पार्नुहुँदैन। किनकि परमेश्‍वरका निम्ति तिनीहरू नाजिरी भएको चिन्ह तिनीहरूको शिरमा हुन्छ।
8 Throughout their time of separation they are holy to the Father. तिनीहरू नाजिरीको निम्ति समर्पित गरिएको समय अवधिभरिका लागि याहवेहका निम्ति पवित्र हुन्छन्।
9 "If someone dies very suddenly beside them, making their dedicated head unclean, they must shave their head on the day of their cleansing—shave it on the seventh day. “ ‘यदि कोही मानिस नाजिरीको सामु अचानक मर्‍यो भने त्यसको समर्पणको चिन्ह कपाल हो, त्यो अशुद्ध हुन्छ। त्यसैले तिनीहरूले आफ्नो शुद्धीकरणको दिनमा अर्थात् सातौँ दिनमा आफ्नो कपाल खौरिनुपर्छ।
10 On the eighth day they must bring two turtledoves or two young pigeons to the priest at the meeting tent's entrance. त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।
11 The priest must offer one as a sin offering, the other as a burnt offering, and make atonement for them, because they sinned by being near the dead body. That same day they must rededicate their head. नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्।
12 They must rededicate to the Father their days of separation and bring a year-old male lamb as a guilt offering; the earlier days don't count—their separation was made unclean. तिनीहरूले आफूलाई याहवेहका लागि फेरि त्यही समय अवधिसम्मका लागि अर्पण गर्नुपर्छ। अनि दोषबलिका निम्ति एकवर्षे भेडा ल्याउनुपर्छ। ती बितेका दिनहरूको गन्ती हुनेछैन। किनभने तिनीहरूको नाजिरी रहेको अवधि अशुद्ध भयो।
13 "This is the law of the Nazirite: when their days of separation end, they must come to the tent of meeting's entrance. “ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू;
14 They must bring the Father their offering: one flawless year-old male lamb as a burnt offering, one flawless year-old ewe lamb as a sin offering, and one flawless ram as a peace offering, र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्।
15 with a basket of unleavened bread—loaves of fine flour mixed with oil, unleavened wafers coated with oil—plus their grain offering and drink offerings. यसकासाथै तिनीहरूका अन्‍नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्।
16 The priest must present them before the Father and offer the sin offering and the burnt offering. “ ‘तब पुजारीले याहवेहको सामु ती सबै थोकहरू प्रस्तुत गरोस्; अनि पाप शुद्धीकरण बलि र होमबलि चढाओस्।
17 He must offer the ram as a peace offering to the Father with the basket of bread without yeast, and offer its grain and drink offerings. पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्‍नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।
18 At the tent of meeting's entrance, the Nazirite must shave their dedicated head, take the hair of dedication, and put it on the fire under the peace offering. “ ‘त्यसपछि भेट हुने पालको प्रवेशद्वारमा नाजिरीले आफूले समर्पण गरेको आफ्नो केश खौरिनुपर्छ। तिनीहरूले केश लिएर त्यसलाई मेलबलिको मुन्तिर भएको आगोमा हालिदिनुपर्छ।
19 The priest takes the boiled ram's shoulder, one unleavened loaf and wafer from the basket, and puts them in the Nazirite's hands after the hair of dedication is shaved off. “ ‘नाजिरीले तिनीहरूको समर्पण गरिएको केश खौरिसकेपछि पुजारीले तिनीहरूको हातमा भेडाको उसिनेको काँध र डालोबाट अखमिरी नहालेको बाक्लो रोटी र पातलो रोटी दुवै राखिदेओस्।
20 The priest waves them as a wave offering before our Father—a holy portion for the priest, with the breast that is waved and the thigh that is contributed. Then the Nazirite may drink wine. त्यसपछि पुजारीले ती थोकहरूलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचालोस्। ती थोकहरू पवित्र छन्; र ती पुजारीका हुन्छन्। उचालिएको ह्‍याकुला र चढाइएको फिला ती पुजारीका हुन्। त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ।
21 "This is the law of the Nazirite who vows an offering to our Father for their separation, besides whatever else they can afford. They must do according to their vow, per the law of their separation." “ ‘नाजिरीहरूले दिन सक्ने अरू कुराबाहेक तिनीहरूले आफूलाई याहवेहका निम्ति समर्पण गरेअनुसार, तिनीहरूले भाकल गरेको भेटीको विषयमा तिनीहरूका लागि नियम यही हो। नाजिरीको नियमअनुसार तिनीहरूले गरेको भाकल पूरा गर्नैपर्छ।’ ”
22 Then our Father spoke to Moses: याहवेहले मोशालाई भन्‍नुभयो,
23 "Tell Aaron and his sons: This is how you are to bless the Israelites. Say to them: “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्‍नू:
24 'May your Father bless you and keep you; “ ‘ “याहवेहले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्;
25 may your Father make his face shine upon you and be gracious to you; याहवेहले आफ्नो मुहार तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूप्रति अनुग्रही होऊन्;
26 may your Father look on you with favor and give you peace.' याहवेहले आफ्नो मुहार तिमीहरूतिर फर्काऊन्, र तिमीहरूलाई शान्ति देऊन्।” ’
27 "So they will put my name on the Israelites, and I will bless them." “यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]