Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 34 ONCV

Show ONCV only
Verse × ×
1 And our Father spoke to Moses, saying, याहवेहले मोशालाई भन्‍नुभयो,
2 "command the Israelites: when you enter the land of Canaan, this is the land that will fall to you as inheritance—the land of Canaan, within its borders. “इस्राएलीहरूलाई आज्ञा दिएर यसो भन्: ‘जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, तिमीहरूलाई उत्तराधिकारको रूपमा बाँडिने जमिनको सिमाना यस्तो हुनेछ:
3 Your south side runs from the Zin wilderness along Edom's edge; your south border starts at the Dead Sea's end, eastward. “ ‘तिमीहरूको दक्षिण भागतिर एदोमको सिमानादेखि जीनको उजाडस्थानको केही भागसम्म पर्नेछ। तिमीहरूको दक्षिणी सिमाना पूर्वपट्टि भएको मृत सागरको अन्तिमदेखि सुरु भएर,
4 Your border will turn south of the Ascent of Akrabbim, cross to Zin, reach south of Kadesh-barnea, go on to Hazar-addar, and pass to Azmon. अक्रब्बीमको दक्षिणी घाटी पार गरेर जीनतिर बढ्दै गएर कादेश-बर्नेको दक्षिणसम्म पुग्नेछ। त्यसपछि त्यो हसर-अद्दरहुँदै अज्मोनसम्म पुग्नेछ,
5 From Azmon the border turns to Egypt's Brook, ending at the Sea. जहाँ सिमाना घुमेर इजिप्टको नदीसँग जोडिनेछ; र भूमध्यसागरमा टुङ्गिनेछ।
6 "Your western border will be the Mediterranean Sea and its coast. तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ।
7 "This will be your north border: from the Mediterranean Sea draw your line to Mount Hor. तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ,
8 From Mount Hor mark a line to Lebo-hamath, ending at Zedad; र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ,
9 then the border will extend to Ziphron and end at Hazar-enan. This will be your northern border. र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।
10 "You will mark out your eastern border from Hazar-enan to Shepham. तिमीहरूको पूर्वपट्टिको सिमाना हसर-एनानबाट सुरु भएर सपामसम्म हुनेछ।
11 The border will go down from Shepham to Riblah, east of Ain, then go down and reach the slope east of the Sea of Chinnereth. त्यो सिमाना सपामबाट ऐनको पूर्वी भागमा भएको रिब्लासम्म तल पुग्नेछ। अनि त्यो पूर्वपट्टिको ओरालो हुँदै गालीलको समुद्रसम्म पुग्नेछ।
12 The border goes down to the Jordan, ending at the Dead Sea. This will be your land, with its borders all around." त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ”
13 Moses commanded the Israelites: This is the land you will inherit by lot, which our Father commanded to give to the nine tribes and the half-tribe. मोशाले इस्राएलीहरूलाई आज्ञा दिए: “यस देशलाई पैतृक सम्पत्तिको रूपमा चिट्ठा हालेर बाँड्नू। याहवेहले यसलाई साढे नौ वटा कुलहरूलाई दिनू भनेर आज्ञा गर्नुभएको छ।
14 The tribe of Reuben's sons, by their fathers' houses, and the tribe of Gad's sons, by their fathers' houses, have already taken their inheritance; so has the half-tribe of Manasseh. किनकि रूबेन, गाद र मनश्शेको आधा कुलका परिवारहरूले, तिनीहरूका अंश पाइसकेका छन्।
15 The two and a half tribes received their inheritance across the Jordan from Jericho, eastward toward the sunrise. यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।”
16 And our Father spoke to Moses, saying, याहवेहले मोशालाई भन्‍नुभयो,
17 "names of the men who will divide the land for you as inheritance: Eleazar the priest and Joshua son of Nun. “तिमीहरूका निम्ति पैतृक सम्पत्तिको रूपमा देश बाँडिदिने मानिसहरूका नाम यिनै हुन्: पुजारी एलाजार र नूनका छोरा यहोशू।
18 And you will take one leader from each tribe to divide the land for inheritance. अनि तिनीहरूलाई देश बाँडिदिनका निम्ति सहायता गर्नलाई प्रत्येक कुलबाट एक-एक जना अगुवा नियुक्त गर्नू।
19 These are the names of the men: from the tribe of Judah, Caleb the son of Jephunneh; “ती अगुवाहरूका नाम यिनै हुन्: “यहूदाको कुलबाट यपून्‍नेका छोरा कालेब;
20 from the tribe of the sons of Simeon, Shemuel the son of Ammihud; शिमियोनको कुलबाट अम्मीहूदका छोरा शेमूएल;
21 from the tribe of Benjamin, Elidad the son of Chislon; बेन्यामीनको कुलबाट किसलोनका छोरा एलीदाद;
22 from the tribe of the sons of Dan, a leader, Bukki the son of Jogli; दानको कुलबाट योग्लीका छोरा बुक्‍की अगुवा थिए;
23 from Joseph's sons: from Manasseh's tribe, leader Hanniel son of Ephod, योसेफका छोरा मनश्शेको कुलबाट एपोदका छोरा हन्‍नीएल अगुवा थिए;
24 and from the tribe of the sons of Ephraim, a leader, Kemuel the son of Shiphtan; योसेफका छोरा एफ्राइमको कुलबाट शिप्‍तानका छोरा कमूएल अगुवा थिए;
25 from the tribe of the sons of Zebulun, a leader, Elizaphan the son of Parnach; जबूलूनको कुलबाट पर्नाककोका छोरा एलीशापान अगुवा थिए;
26 from the tribe of the sons of Issachar, a leader, Paltiel the son of Azzan; इस्साखारको कुलबाट अज्जानका छोरा पल्तिएल अगुवा थिए;
27 from the tribe of the sons of Asher, a leader, Ahihud the son of Shelomi; आशेरको कुलबाट शलोमीका छोरा अहीदूद अगुवा थिए;
28 and from the tribe of the sons of Naphtali, a leader, Pedahel the son of Ammihud." नप्‍तालीको कुलबाट अम्मीहूदका छोरा पदहेल अगुवा थिए।”
29 These are the ones our Father commanded to divide the inheritance among the children of Israel in the land of Canaan. याहवेहले कनान देशमा इस्राएलीहरूलाई पैतृक सम्पत्तिको भाग बाँडिदिनलाई नियुक्त गर्नुभएका मानिसहरू यिनै हुन्।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]