Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 35 ONCV

Show ONCV only
Verse × ×
1 Our Father spoke to Moses on the plains of Moab by the Jordan across from Jericho: यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,
2 "Command the Israelites to give the Levites, from the inheritance they hold, cities to live in, and pastureland around them, for the Levites. “इस्राएलीहरूले पाउने उत्तराधिकारको भागबाट लेवीहरूलाई बस्‍नको निम्ति सहरहरू दिनू भनेर इस्राएलीहरूलाई आज्ञा दिनू। तिनीहरूलाई सहरहरूका वरिपरि गाईबस्तु चराउने ठाउँ दिनू।
3 The cities are theirs to live in; the pasturelands are for their cattle, livestock, and all their living creatures. तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
4 "The pasturelands of the cities you give the Levites reach about 1,500 feet out from the city wall on every side. “तिमीहरूले लेवीहरूलाई सहरहरूका वरिपरि दिने खर्कहरू सहरको पर्खालदेखि हजार क्यूबिट होस्।
5 Measure outside the city: about 3,000 feet on the east side, 3,000 on the south side, 3,000 on the west side, 3,000 on the north side, with the city in the middle. This is the pastureland for their cities. सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।
6 "Of the cities you give the Levites, six are to be cities of refuge, for a killer to flee to; besides these, give forty-two cities. “तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटा नगरहरूचाहिँ शरणस्थलका नगरहरू हुनेछन्। त्यहाँ कुनै व्यक्तिलाई कसैले अनजानमा मार्‍यो भने भागेर बच्न सक्छ। तीबाहेक तिनीहरूलाई बयालीस वटा अरू नगरहरू दिनू।
7 "All the cities that you give the Levites are to be forty-eight cities, together with their pasturelands. तिमीहरूले लेवीहरूलाई जम्मा अठचालीस वटा नगरहरू र तिनीहरूलाई गाईबस्तु चराउने खर्कहरू दिनुपर्छ।
8 From Israel's territory, give the Levites cities—more from large tribes, fewer from small; each gives in proportion to the inheritance it received." तिमीहरूले लेवीहरूलाई नगरहरू दिँदा इस्राएलीहरूले अधिकार गरेका जमिनबाट तिनीहरूका हरेक कुलको संख्याअनुसार होस्: धेरै हुने कुलबाट धेरै नगरहरू, र थोरै हुने कुलबाट थोरै नगरहरू लिएर लेवीहरूलाई दिनू।”
9 Our Father spoke to Moses: त्यसपछि याहवेहले मोशालाई भन्‍नुभयो:
10 "Speak to the Israelites and tell them: When you cross the Jordan into the land of Canaan, “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू यर्दन तरेर कनानमा पुग्नेछौ,
11 choose cities for yourselves, cities of refuge, where anyone who kills a person unintentionally may flee there. तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्‍नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यो त्यहाँ भागेर जान सकोस्।
12 These cities are a refuge for you from the blood avenger, so the killer won't die until standing before the assembly for judgment. ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
13 The cities you give are to be six cities of refuge for you. तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
14 Give three cities beyond the Jordan and three cities in the land of Canaan; they are to be cities of refuge. तीन वटा यर्दन नदीको वारिपट्टि र तीन वटा कनानमा शरण-नगरको रूपमा दिनू।
15 These six cities are a refuge for Israelites, the foreigner, and the temporary resident among them, so anyone who kills a person by accident may flee there. यी छ वटा सहरहरू इस्राएलीहरू र तिमीहरूसँग बस्‍ने विदेशीहरूका निम्ति शरणस्थलका ठाउँ हुनेछन्; ताकि कुनै व्यक्तिले कसैलाई अनजानमा मार्‍यो भने त्यहाँ भागेर जान सकोस्।
16 "But if someone strikes another with an iron object and the victim dies, the attacker is a murderer—the murderer must be put to death. “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
17 If he struck him with a stone in his hand that could kill, and he died, he is a murderer; the murderer must be put to death. अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
18 Or if he struck him with a deadly wooden tool in hand, and he died, he is a murderer; the murderer must be put to death. अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्‍यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ।
19 The avenger of blood is to kill the murderer himself; when he meets him, he is to kill him. रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्।
20 If he pushed him from hatred, or threw something at him in ambush, so he died, यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्‍यो भने,
21 or if he struck him with his hand out of hatred and he died, the striker must be put to death—he is a murderer. The avenger of blood is to kill the murderer when he finds him. अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्‍यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ।
22 "But if he shoved him suddenly without hostility, or threw anything at him without ambush, “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्‍यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्‍यो भने,
23 or, without seeing him, dropped on him a stone able to kill, and he died—not his enemy, not seeking his harm, अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्‍यो भने,
24 then the assembly is to judge between the slayer and the avenger of blood according to these rules. समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
25 The assembly must rescue the killer from the blood avenger's hand and return him to the city of refuge he fled to; he must stay there until the high priest anointed with holy oil dies. समुदायले त्यस ज्यानमारालाई रगतको साटो लिनेको हातबाट छुटाएर, त्यो अगि जहाँ भागेको थियो, त्यसलाई त्यही शरण-नगरमा पठाओस्। त्यो ज्यानमारा पवित्र तेलले अभिषेक गरिएको प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यहीँ रहोस्।
26 "But if the killer ever leaves the border of his refuge city, where he fled, “ ‘तर यदि त्यो दोषी व्यक्ति कुनै समयमा आफू भागेर गएको शरण-नगरको सिमानादेखि बाहिर गयो भने,
27 if the avenger of blood finds him outside his city of refuge's border and kills the killer, he incurs no bloodguilt. र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
28 The killer must stay in his city of refuge until the high priest dies; only after the high priest's death may he return to his own land. किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्‍नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
29 These are to be a permanent law for you throughout your generations, in every place where you live. “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ।
30 "Anyone who kills a person is to be executed as a murderer, on witnesses' testimony; one witness alone cannot testify against a person to cause death. “ ‘कुनै व्यक्तिले कसैको हत्या गर्‍यो भने त्यसलाई साक्षीहरूको गवाहीद्वारा मात्र मृत्युदण्ड दिनू। तर केवल एक जना साक्षीको गवाहीबाट कसैलाई मृत्युदण्ड नदिनू।
31 "Take no ransom for a murderer's life who deserves death—he must be executed. “ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
32 Take no ransom for someone who fled to his city of refuge, letting him return to live in the land before the priest dies. “ ‘शरण-नगरमा भागेर गएको व्यक्तिबाट छुटकाराको मोल स्वीकार नगर्नू; ताकि प्रधान पुजारीको मृत्यु नहोउन्जेल त्यो फर्केर आउन र आफ्नो घरमा बस्‍न नपाओस्।
33 "Don't pollute the land you live in—blood pollutes the land, and the land can have no atonement for blood shed on it except by the blood of the one who shed it. “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्‍चित गर्न सकिँदैन।
34 Don't make the land unclean—you live there, and I live among you; for I, your Father, live among Israel's people." तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]