Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 33 ONCV

Show ONCV only
Verse × ×
1 These are the stages of the Israelites' journey out of Egypt, by their divisions under Moses and Aaron's hand. मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्।
2 Moses wrote their starting points by stage, at our Father's command; these are their stages by starting points. याहवेहको आदेशमा मोशाले तिनीहरूका यात्राका विवरणहरू लेखे। तिनीहरूले यात्रा गरेका विभिन्‍न ठाउँअनुसारका विवरण यही हो:
3 They set out from Rameses on the fifteenth day of the first month, the day after Passover—the Israelites marched out boldly, in full view of all the Egyptians, इस्राएलीहरूले रामसेसबाट निस्तार चाडको भोलिपल्ट पहिलो महिनाको पन्ध्रौँ दिनमा यात्रा सुरु गरे। सारा इजिप्टियनहरूले हेर्दाहेर्दै तिनीहरूले साहसपूर्वक मोर्चा बाँधेर प्रस्थान गरे।
4 while the Egyptians buried all their firstborn, whom our Father had struck down among them, and on their gods our Father executed judgments. त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो।
5 The children of Israel set out from Rameses and camped at Succoth. रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्‍कोतमा छाउनी हाले।
6 They set out from Succoth and camped at Etham, which is on the edge of the wilderness. सुक्‍कोतबाट हिँडेपछि तिनीहरूले उजाडस्थानको किनारमा भएको एथाममा छाउनी हाले।
7 They left Etham, turned back to Pi-hahiroth, east of Baal-zephon, and camped before Migdol. तिनीहरू एथाम छोडेर हिँडे, र बाल-सेफोनको पूर्वपट्टि भएको पी-हहीरोतमा फर्किएर गए। अनि मिग्दोलको छेउमा छाउनी हाले।
8 They set out from before Hahiroth, crossed the sea into the wilderness, traveled three days through the wilderness of Etham, and camped at Marah. तिनीहरू पी-हहीरोतबाट हिँडेपछि समुद्रको बीचबाट भएर उजाडस्थानमा गए। तिनीहरू एथामको उजाडस्थानमा तीन दिनसम्म हिँडे। अनि तिनीहरूले मारामा छाउनी हाले।
9 They left Marah and reached Elim, where twelve water springs and seventy palm trees stood; there they camped. तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले।
10 They set out from Elim and camped by Yam Suph. तिनीहरू एलीमबाट हिँडेर लाल समुद्रको नजिक छाउनी हाले।
11 They set out from Yam Suph and camped in the wilderness of Sin. लाल समुद्रबाट हिँडेपछि तिनीहरूले सीनको उजाडस्थानमा छाउनी हाले।
12 They set out from the wilderness of Sin and camped at Dophkah. सीनको उजाडस्थानबाट हिँडेपछि तिनीहरूले दोफकामा छाउनी हाले।
13 They set out from Dophkah and camped at Alush. दोफकाबाट हिँडेपछि तिनीहरूले आलूशमा छाउनी हाले।
14 They left Alush and camped at Rephidim, where the people had no water to drink. आलूशबाट हिँडेर तिनीहरूले रेफिदीममा छाउनी हाले, जहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
15 They set out from Rephidim and camped in the wilderness of Sinai. रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले।
16 They set out from the wilderness of Sinai and camped at Kibroth-hattaavah. तिनीहरू सीनैको उजाडस्थानबाट हिँडे, र किब्रोत-हत्तावामा छाउनी हाले।
17 They set out from Kibroth-hattaavah and camped at Hazeroth. तिनीहरू किब्रोत-हत्तावाबाट हिँडे, र हसेरोतमा छाउनी हाले।
18 They set out from Hazeroth and camped at Rithmah. तिनीहरू हसेरोतबाट हिँडे, र रित्मामा छाउनी हाले।
19 They set out from Rithmah and camped at Rimmon-perez. तिनीहरू रित्माबाट हिँडे, र रिम्मोन-पेरेसमा छाउनी हाले।
20 They set out from Rimmon-perez and camped at Libnah. तिनीहरू रिम्मोन-पेरेसबाट हिँडे, र लिब्नामा छाउनी हाले।
21 They set out from Libnah and camped at Rissah. तिनीहरू लिब्नाबाट हिँडे, र रिस्सामा छाउनी हाले।
22 They set out from Rissah and camped at Kehelathah. तिनीहरू रिस्साबाट हिँडे, र केहेलातामा छाउनी हाले।
23 They set out from Kehelathah and camped at Mount Shepher. तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे।
24 They set out from Mount Shepher and camped at Haradah. तिनीहरू शेपेर पर्वतबाट हिँडे, र हरादामा छाउनी हाले।
25 They set out from Haradah and camped at Makheloth. तिनीहरू हरादाबाट हिँडे, र मखेलोतमा छाउनी हाले।
26 They set out from Makheloth and camped at Tahath. तिनीहरू मखेलोतबाट हिँडे, र तहतमा छाउनी हाले।
27 They set out from Tahath and camped at Terah. तिनीहरू तहतबाट हिँडे, र तेरहमा छाउनी हाले।
28 They set out from Terah and camped at Mithkah. तिनीहरू तेरहबाट हिँडे, र मित्कामा छाउनी हाले।
29 They set out from Mithkah and camped at Hashmonah. तिनीहरू मित्काबाट हिँडे, र हशमोनामा छाउनी हाले।
30 They set out from Hashmonah and camped at Moseroth. तिनीहरू हशमोनाबाट हिँडे, र मसेरोतमा छाउनी हाले।
31 They set out from Moseroth and camped at Bene-jaakan. तिनीहरू मसेरोतबाट हिँडे, र बेने-याकानमा छाउनी हाले।
32 They set out from Bene-jaakan and camped at Hor-haggidgad. तिनीहरू बेने-याकानबाट हिँडे, र होर-होगिदगादमा छाउनी हाले।
33 They set out from Hor-haggidgad and camped at Jotbathah. तिनीहरू होर-होगिदगादबाट हिँडे, र योतबातामा छाउनी हाले।
34 They set out from Jotbathah and camped at Abronah. तिनीहरू योतबाताबाट हिँडे, र अब्रोनामा छाउनी हाले।
35 They set out from Abronah and camped at Ezion-geber. तिनीहरू अब्रोनाबाट हिँडे, र एस्योन-गेबेरमा छाउनी हाले।
36 They set out from Ezion-geber and camped in the wilderness of Zin, that is, Kadesh. तिनीहरू एस्योन-गेबेरबाट हिँडे, र जीनको उजाडस्थानमा भएको कादेशमा छाउनी हाले।
37 They left Kadesh and camped at Mount Hor, on the edge of Edom's land. तिनीहरू कादेश-बर्नेबाट हिँडे, र एदोमको सिमाना होर पर्वतमा छाउनी हाले।
38 Aaron the priest climbed Mount Hor at our Father's command and died there in the fortieth year after the children of Israel left the land of Egypt, in the fifth month, on its first day. याहवेहको आज्ञामा पुजारी हारून होर पर्वतमा उक्ले, जहाँ इस्राएलीहरू इजिप्टबाट निस्किआएको चालीसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा तिनको मृत्यु भयो।
39 Aaron was 123 years old when he died on Mount Hor. होर पर्वतमा हारूनको मृत्यु हुँदा तिनी एक सय तेईस वर्ष पुगेका थिए।
40 The Canaanite king of Arad, living in the Negev of Canaan, heard the Israelites were coming. कनान देशको दक्षिणमा बस्‍ने कनानी राजा आरादले इस्राएलीहरू आउँदैछन् भनी सुने।
41 They set out from Mount Hor and camped at Zalmonah. तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।
42 They set out from Zalmonah and camped at Punon. तिनीहरू सलमोनाबाट हिँडे, र पूनोनमा छाउनी हाले।
43 They set out from Punon and camped at Oboth. तिनीहरू पूनोनबाट हिँडे, र ओबोतमा छाउनी हाले।
44 They set out from Oboth and camped at Iye-abarim, on the border of Moab. तिनीहरू ओबोतबाट हिँडे, र मोआबको सिमानामा भएको इये-अबारीममा छाउनी हाले।
45 They set out from Iyim and camped at Dibon-gad. तिनीहरू इये-अबारीमबाट हिँडे, र दीबोन-गादमा छाउनी हाले।
46 They set out from Dibon-gad and camped at Almon-diblathaim. तिनीहरू दीबोन-गादबाट हिँडे, र अल्मोन दिब्लातैममा छाउनी हाले।
47 They set out from Almon-diblathaim and camped in the mountains of Abarim, near Nebo. तिनीहरू अल्मोन दिब्लातैमबाट हिँडे, र नेबोको छेउमा भएको अबारीमको पर्वतहरूमा छाउनी हाले।
48 They left the mountains of Abarim and camped on the plains of Moab, by the Jordan at Jericho. तिनीहरू अबारीम पर्वतहरूबाट हिँडे, र यरीहोको पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा छाउनी हाले।
49 They camped along the Jordan, from Beth-jeshimoth to Abel-shittim, on the plains of Moab. त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले।
50 Our Father spoke to Moses in the plains of Moab by the Jordan at Jericho, saying: यरीहोको पारिपट्टि यर्दन नदीको नजिकै मोआबको मैदानमा याहवेहले मोशालाई भन्‍नुभयो,
51 "Speak to the Israelites and tell them: When you cross the Jordan into the land of Canaan. “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरूले यर्दन पार गरेर कनान देश पुग्छौ,
52 Drive out everyone living in the land before you; destroy all their carved images and metal figures, and tear down all their high places. तब तिमीहरूका सामुबाट त्यहाँका सबै बासिन्दाहरूलाई धपाउनू। तिनीहरूले खोपेका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्‍ट गर्नू। अनि तिनीहरूका सबै अल्गा देवस्थानहरू भत्काइदिनू।
53 Possess the land and live in it, for I have given you the land to possess. त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।
54 Divide the land by lot among your clans—more land to larger clans, less to smaller ones. Wherever the lot falls for someone, that becomes theirs. You will inherit by your ancestral tribes. त्यो देशलाई तिमीहरूका वंशअनुसार चिट्ठा हालेर बाँड्नू। ठूलो दल भएकाहरूलाई ठूला अंश र साना दल भएकाहरूलाई सानै अंश दिनू। तिनीहरूले चिट्ठा हालेर जे पाउँछन्, ती तिनीहरूकै हुनेछन्। त्यस देशलाई तिमीहरूका पुर्ख्यौली कुलअनुसार बाँडिदिनू।
55 "But if you don't drive out the land's residents before you, those you leave will be barbs in your eyes and thorns in your sides, troubling you in the land where you live. “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।
56 And then I will do to you what I had planned to do to them." अनि मैले तिनीहरूलाई जे गर्छु भनी सोचेको छु, त्यो म तिनीहरूसँग गर्नेछु।’ ”
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]