Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 32 ONCV

Show ONCV only
Verse × ×
1 The sons of Reuben and sons of Gad had vast herds of livestock. Seeing the land of Jazer and land of Gilead, they noticed it suited livestock well. रूबेनीहरू र गादीहरू, जसका धेरै बथान, बगाल भएकाले याजेर र गिलादको देश पशुपालनका निम्ति उपयुक्त देखे।
2 The sons of Gad and sons of Reuben came and said to Moses, to Eleazar the priest, and to the community's leaders: यसकारण तिनीहरू मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूकहाँ आएर भने,
3 "Ataroth, Dibon, Jazer, Nimrah, Heshbon, Elealeh, Sebam, Nebo, and Beon, अतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, शबाम, नेबो र बओन,
4 the land our Father struck down before Israel's community—is land for livestock, and your servants have livestock." अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्।
5 They said, "If we have found favor in your eyes, give this land to your servants as a possession. Don't make us cross the Jordan." तिनीहरूले भने, “यदि हामीले तपाईंहरूको दृष्‍टिमा निगाह पाएका छौँ भने यो भूमि हाम्रो अधिकारको रूपमा तपाईंका सेवकहरूलाई दिनुहोस्। हामीलाई यर्दनपारि जान नलगाउनुहोस्।”
6 Moses said to the sons of Gad and Reuben, "Should your brothers go to war while you sit here? मोशाले गादीहरू र रूबेनीहरूलाई भने, “के तिमीहरूका दाजुभाइहरू लडाइँमा जाँदा तिमीहरूचाहिँ यहाँ ढुक्‍क बस्‍न चाहन्छौ?
7 Why discourage Israel from crossing into the land our Father has given them? किन तिमीहरू इस्राएलीहरूलाई याहवेहले यर्दनपारिपट्टि दिनुभएको देशमा जानलाई निराश बनाउँछौ?
8 This is what your fathers did when I sent them from Kadesh-barnea to see the land. जब तिमीहरूका बुबाहरूलाई मैले कादेश-बर्नेबाट त्यस देशलाई हेर्न पठाउँदा तिनीहरूले यस्तै गरेका थिए।
9 They went up to the Valley of Eshcol, saw the land, then discouraged the Israelites' hearts from entering the land our Father had given them. जब तिनीहरू एश्कोलको बेँसीसम्म पुगे, र त्यस देशलाई हेरेपछि तिनीहरूले इस्राएलीहरूलाई याहवेहले दिनुभएको देशमा प्रवेश गर्नलाई हतोत्साहित तुल्याएका थिए।
10 And our Father's anger burned that day, and he swore an oath, saying, त्यस दिन याहवेह रिसाउनुभयो, र उहाँले यो शपथ खानुभयो:
11 surely the men who came up from Egypt, twenty years old and up, will not see the land I swore to give to Abraham, to Isaac, and to Jacob—because they did not fully follow me. ‘इजिप्टबाट आएका बीस वर्ष र त्यसभन्दा बढी उमेरका कसैले पनि मैले अब्राहाम, इसहाक र याकोबसँग शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देश देख्न पाउनेछैन। किनकि तिनीहरूले मलाई पूर्ण रूपले पछ्याएका छैनन्।
12 None but Caleb son of Jephunneh the Kenizzite and Joshua son of Nun, for they fully followed our Father. कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’
13 The anger of our Father burned against Israel; he made them wander the wilderness forty years until the whole generation that had done evil before our Father had died. इस्राएलको विरुद्धमा याहवेह रिसाउनुभयो। अनि उहाँको दृष्‍टिमा दुष्‍ट काम गर्नेहरूको सम्पूर्ण पुस्ता नष्‍ट नहोउन्जेल उहाँले तिनीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म भौँतारिन दिनुभयो।
14 Now you have risen up in place of your fathers, a brood of sinners, adding still more to our Father's fierce anger against Israel! “अनि तिमी पापीहरूका सन्तान आफ्ना पितापुर्खाहरूझैँ याहवेहलाई इस्राएलसँग अझ बढी रिस उठाउनलाई खडा भएका छौ।
15 If you turn from following him, he will leave them in the wilderness once again, and you will destroy all this people." यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।”
16 They came to him and said, "We'll build pens here for our livestock and cities for our children. तब तिनीहरू मोशाकहाँ आएर भने, “हामी यहाँ आफ्ना बगालका निम्ति गोठ, हाम्रा स्त्रीहरू र छोराछोरीहरूका लागि सहरहरू बनाउन चाहन्छौँ।
17 But we will arm ourselves, ready to go ahead of the Israelites until we bring them to their place, while our children stay in fortified cities, safe from those living in the land. तर हामी आफैँचाहिँ इस्राएलीहरूलाई तिनीहरूको ठाउँमा नपुर्‍याएसम्म हातहतियार लिएर तिनीहरूको लागि लडाइँमा जान तयार छौँ। त्यस बेलामा हाम्रा स्त्रीहरू र छोराछोरीहरूचाहिँ यहाँका बासिन्दाहरूबाट जोगिनका लागि बलियो किल्‍ला भएका सहरहरूमा बस्‍नेछन्।
18 We will not return home until every Israelite has taken his inheritance. प्रत्येक इस्राएलीहरूले तिनीहरूका पैतृक सम्पत्ति नपाएसम्म हामी आफ्ना घरमा फर्कनेछैनौँ।
19 We won't inherit with them across the Jordan and beyond, since our inheritance has come to us on this side of the Jordan, to the east." हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”
20 Moses said to them, "If you do this—if you arm yourselves before our Father for the war, तब मोशाले तिनीहरूलाई भने, यदि तिमीहरूले यसो गर्‍यौ भने अर्थात् तिमीहरूले याहवेहको सामु लडाइँका निम्ति हातहतियार भिरेर लडाइँमा जान तयार भयौ भने,
21 and every armed man among you crosses the Jordan before our Father until he drives out his enemies from before him, अनि तिमीहरू सबै हातहतियार भिरेर याहवेहले आफ्ना शत्रुहरूलाई आफ्नै सामु धपाएर देश परास्त नगरेसम्म उहाँको सामु यर्दनपारि गयौ भने,
22 and the land is subdued before our Father, afterward you may return and be free of obligation to him and to Israel, and this land will be your possession before our Father. जब याहवेहको सामु देश अधीनमा आउँछ, तब तिमीहरू फर्कन सक्छौ। अनि याहवेह र इस्राएलसँगको तिमीहरूको दायित्वबाट तिमीहरू स्वतन्त्र हुनेछौ। अनि यो देश याहवेहको सामु तिमीहरूको अधिकारमा हुनेछ।
23 But if you don't do this, look—you will have sinned against our Father, and know: your sin will overtake you. तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ।
24 Build cities for your little ones, pens for your flocks, and do what your mouth has promised." आफ्ना स्त्रीहरू र छोराछोरीहरूका निम्ति सहर अनि तिमीहरूका बगालका निम्ति गोठहरू बनाओ। तर तिमीहरूले गरेका प्रतिज्ञा पूरा गर।
25 The sons of Gad and Reuben said to Moses, "Your servants will do as my lord commands. गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ।
26 Our children, wives, flocks, and all our herds will stay there in the cities of Gilead, हाम्रा छोराछोरी र पत्नीहरू, हाम्रा बगालहरू र बथानहरू यहीँ गिलाद सहरमा रहनेछन्।
27 but your servants, every man armed for war, will cross before our Father to battle, as my lord says." तर तपाईंका सेवकहरू, हाम्रा मालिकको आज्ञाअनुसार लडाइँका लागि हातहतियार भिरेका हरेक मानिसहरू याहवेहको सामु युद्ध गर्न यर्दनपारि जानेछौँ।”
28 So Moses commanded Eleazar the priest, Joshua son of Nun, and the clan leaders of Israel's tribes about them. तब मोशाले तिनीहरूको बारेमा पुजारी एलाजारलाई, नूनका छोरा यहोशू र इस्राएली कुलका अगुवाहरूलाई आज्ञा दिए।
29 Moses said to them, "If Gad's and Reuben's sons cross the Jordan with you, every man armed for battle before our Father, and the land is subdued before you, then give them Gilead as their possession. मोशाले तिनीहरूलाई भने, “यदि गादीहरू र रूबेनीहरूका हरेक मानिस लडाइँका निम्ति हातहतियार भिरेर याहवेहको सामु तिमीहरूसँग लडाइँ गर्न यर्दनपारि जान्छन् भने, र जब त्यो देश तिमीहरूकै अगि तिमीहरूका अधीनमा आयो भने तिमीहरूले गिलादको मुलुक तिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनू।
30 But if they won't cross over armed with you, they must take possession among you in the land of Canaan." तर यदि तिनीहरू हातहतियार भिरेर तिमीहरूका साथमा लडाइँमा पारि जान इन्कार गरे भने तिनीहरूले तिमीहरूसँगै कनान देशमा आ-आफ्ना सम्पत्तिको भाग पाउनेछन्।”
31 Gad's and Reuben's sons answered, "We will do as our Father told your servants. गादीहरू र रूबेनीहरूले जवाफ दिए, “तपाईंका सेवकहरूले याहवेहले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।
32 We ourselves will cross armed before our Father into the land of Canaan, and our inherited possession will remain ours beyond the Jordan." हामी याहवेहको सामु हातहतियार भिरेर यर्दनपारि कनानसम्मै जानेछौँ। तर हामीले पाउने अधिकारचाहिँ यर्दनको वारि पूर्वपट्टि नै हुनेछ।”
33 Moses gave to them—the sons of Gad, the sons of Reuben, and the half-tribe of Manasseh son of Joseph—the kingdom of Sihon king of the Amorites and the kingdom of Og king of Bashan: the land, its cities, the territories, and the cities of the country around. त्यसपछि मोशाले गादीहरू, रूबेनीहरू र योसेफका छोरा मनश्शेको आधा कुललाई एमोरीहरूका राजा सीहोनको राज्य र बाशानका राजा ओगको राज्य अर्थात् सम्पूर्ण देश त्यसका सहरहरूसँगै र तिनीहरूका वरिपरिका प्रान्तहरू दिए।
34 And the sons of Gad built Dibon, Ataroth, Aroer, गादीहरूले दीबोन, अतारोत, अरोएर,
35 Atroth-shophan, Jazer, Jogbehah, अत्रोत-शोपान, याजेर, योगबहा,
36 Beth-nimrah, and Beth-haran—fortified cities and pens for sheep. बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए।
37 And the sons of Reuben built Heshbon, Elealeh, Kiriathaim, अनि रूबेनीहरूले हेश्बोन, एलाले र किर्यातैम,
38 Nebo, Baal-meon (renamed), and Sibmah—they gave the cities they rebuilt new names. साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।
39 Sons of Machir son of Manasseh went to Gilead, captured it, and drove out the Amorites living there. मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए।
40 So Moses gave Gilead to Machir son of Manasseh, and he settled in it. यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे।
41 And Jair son of Manasseh went and captured their villages, and called them Havvoth-jair. याईर, मनश्शेको सन्तानले गिलादका केही बस्तीहरू आफ्नो अधीनमा ल्याए। अनि त्यसलाई हव्वोत-याईर नाम राखे।
42 And Nobah went and captured Kenath and its villages, and called it Nobah, after his own name. अनि नोबहले केनात र त्यसका वरिपरिका बस्तीहरू कब्जा गरे। यसकारण ती बस्तीहरूका नाम आफ्नै नामअनुसार नोबह राखे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]