Skip to content
The Believer's Library

Biblica® Open Nepali Contemporary Version

Numbers 24 ONCV

Show ONCV only
Verse × ×
1 Balaam saw that it pleased our Father to bless Israel, so he did not seek omens as before, but turned toward the wilderness. जब बालामले इस्राएललाई आशिष् दिँदा याहवेह प्रसन्‍न हुनुहुन्छ भन्‍ने कुरा थाहा पाए, तब तिनले अरू बेलाजस्तै टुनामुना गरेनन्। तर तिनले आफ्नो अनुहार उजाडस्थानतिर फर्काएर हेरे।
2 Balaam looked up and saw Israel camped tribe by tribe; then the Spirit of our Father came on him. जब तिनले इस्राएलीहरूलाई कुल-कुलअनुसार पाल टाँगेर बसेको देखे; तब परमेश्‍वरका आत्मा बालाममाथि आउनुभयो।
3 He lifted his oracle and said: "The oracle of Balaam son of Beor, the oracle of the man whose eye is opened, अनि तिनले आफ्नो सन्देश भन्‍न थाले: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी जसको आँखाले स्पष्‍ट गरी देख्छ;
4 the oracle of one who hears the words of our Father, who sees the vision of the Almighty, bowing down with eyes wide open: उसको अगमवाणी, जसले परमेश्‍वरको वचन सुन्छ, जसले सर्वशक्तिमान्‌बाट दर्शन देख्छ, जसले झुकेर दण्डवत् गर्दछ, र जसका आँखा खुल्‍ला रहन्छन्:
5 How lovely are your tents, Jacob, your dwelling places, Israel! “हे याकोब, तेरा पालहरू, हे इस्राएल, तेरा पवित्र वासस्थानहरू कति सुन्दर छन्!
6 Like valleys stretching far, like gardens beside a river, like aloes our Father has planted, like cedars beside the waters. “टाढासम्म फैलिएका बेँसीहरूझैँ, नदीको छेउमा भएका बगैँचाहरूझैँ, याहवेहद्वारा रोपिएका एलवाहरूझैँ, पानीको छेउमा भएका देवदारुहरूझैँ।
7 Water will flow from his buckets, and his descendants will have abundant water. His king will be higher than Agag, and his kingdom will be exalted. तिनीहरूका भाँडाहरूबाट पानी बगेर निस्कनेछ; तिनीहरूका बिउले प्रशस्त पानी पाउनेछन्। “तिनीहरूका राजा अगागभन्दा महान् हुनेछन्; तिनीहरूको राज्य उच्‍च पारिनेछ।
8 Our Father brings Israel out of Egypt; Israel is like the horns of the wild ox to them. Israel will devour the nations who oppose them, break their bones, and pierce them with arrows. “परमेश्‍वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्।
9 He crouches, he lies down like a lion, like a lioness—who dares rouse him? Blessed are those who bless you, and cursed are those who curse you." तिनीहरू सिंहजस्तै पल्टिरहेका छन्, र विश्राम गर्दछन्, एउटी सिंहनीजस्तै—कसले तिनीहरूलाई उठाउने आँट गर्ला र? “तिमीहरूलाई आशिष् दिनेहरू आशिषित होस्, र तिमीहरूलाई सराप्नेहरू श्रापित होस्!”
10 Balak's anger flared against Balaam, and he clapped his hands. Balak said to Balaam, "I called you to curse my enemies, but you've blessed them three times now! त्यसपछि बालाक राजाको क्रोध बालामप्रति दन्क्यो। तिनले आफ्ना हातहरू एकसाथ ठटाएर बालामलाई भने, “मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएँ, तर तपाईंले तिनीहरूलाई यसरी तीनपल्ट आशिष् दिनुभयो।
11 Now flee home! I said I would richly honor you, but God has kept you from honor." अब झट्टै यस ठाउँलाई छोडेर घर गइहाल्नुहोस्! तपाईंलाई ठूलो रकम दिन्छु भनी मैले सोचेको थिएँ। तर याहवेहले तपाईंलाई रकम पाउनबाट रोक्नुभएको छ।”
12 Balaam answered Balak, "Did I not tell the messengers you sent me, बालामले बालाक राजालाई जवाफ दिए, “के तपाईंले पठाउनुभएका सन्देश वाहकहरूलाई मैले भनेको थिइनँ,
13 'Even if Balak gave me his house full of silver and gold, I couldn't go beyond my God's command to do good or bad on my own; I can only say what my God tells me'? ‘यदि बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल नै दिनुभए तापनि याहवेहको आज्ञादेखि बाहिर असल वा खराब म आफ्नो तर्फबाट केही गर्न सक्दिनँ। अनि मैले याहवेहले भन्‍नुभएको कुरा मात्र भन्‍नुपर्छ भनेर भनेको थिइनँ र?’
14 And now I am going back to my people. Come, let me warn you what this people will do to your people in the days to come." अब म आफ्नै मानिसहरूकहाँ फर्किजाँदैछु। तर सुन्‍नुहोस्, यी इस्राएली जातिले आउने दिनहरूमा तपाईंका जातिलाई के गर्नेछन्, सो चेतावनी दिन्छु।”
15 Then he lifted his oracle, saying: "Oracle of Balaam son of Beor, oracle of the man whose eye is opened, तब बालामले आफ्नो सन्देश भने: “बओरका छोरा बालामको अगमवाणी, उसको अगमवाणी, जसको आँखाले स्पष्‍ट गरी देख्छ;
16 the oracle of one who hears the words of our Father, who knows the knowledge of the Most High, who sees the vision of the Almighty, bowing down with eyes wide open: उसको अगमवाणी, जसले परमेश्‍वरले भन्‍नुभएको वचन सुन्छ, जससँग सर्वशक्तिमान् परमेश्‍वरको ज्ञान छ; जसले सर्वोच्‍चबाट दर्शन देख्छ: जसले झुकेर दण्डवत् गर्छ, र जसका आँखा खुल्‍ला रहन्छन्:
17 I see him, but not now; I gaze on him, but not near. A star will come out of Jacob, and a scepter will rise out of Israel; it will crush the brow of Moab and break down all the sons of Sheth. “म उहाँलाई देख्छु, तर अहिले होइन; म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकोबबाट एउटा तारा निस्कनेछ; इस्राएलबाट एउटा राजदण्ड उठ्नेछ। अनि त्यसले मोआबका निधारहरू र शेतका सबै मानिसहरूका टाउको कुच्याउनेछ।
18 Edom will be conquered, and Seir, his enemies, will be conquered, while Israel grows strong. एदोम पराजित हुनेछ; त्यसको शत्रु सेइर पराजित हुनेछ। तर इस्राएलचाहिँ बलियो हुँदै जानेछ।
19 One from Jacob will rule, and will destroy the survivors of the city." याकोबबाट एउटा शासक निस्कनेछ। अनि त्यसले सहरका बाँचेकाहरूलाई नाश गर्नेछ।”
20 Then Balaam saw Amalek, took up his message, and said: "Amalek was first among the nations, but his end is utter destruction." तब बालामले अमालेकलाई देखेर आफ्नो सन्देश भने: “अमालेक राष्ट्रहरूमा पहिलो थियो, तर तिनीहरूको अन्त्य पूर्ण रूपमा विनाश हुनेछ।”
21 He looked at the Kenite, took up his oracle, and said: "Your dwelling place is firm, your nest set in the rock. तब तिनले केनीहरूलाई देखेर आफ्नो सन्देश भने: “तेरो बस्‍ने स्थान सुरक्षित छ; तेरो गुँड चट्टानमा बसालिएको छ;
22 Yet Kain will be consumed when Asshur takes you away captive." तरै पनि जब अश्शूरले तिमीहरूलाई कैद गरेर लैजान्छन् तिमी केनीहरू नष्‍ट हुनेछौ।”
23 He took up his oracle and said: "Who can live when God does this? तब बालामले सन्देश गरे: “हाय! परमेश्‍वरले यसो गर्नुहुँदा को जीवित रहन सक्छ?
24 Ships will come from the coasts of Kittim; they will afflict Asshur and afflict Eber, but they too will come to utter destruction." जहाजहरू कित्तीम किनारबाट आउनेछन्; तिनीहरूले अश्शूर र एबेरलाई दमन गर्नेछन्। तर तिनीहरू पनि नष्‍ट हुनेछन्।”
25 Then Balaam rose and went back to his home, and Balak also went on his way. त्यसपछि बालाम उठे, र आफ्नो घरतिर फर्के। अनि बालाक पनि आफ्नो बाटो लागे।
FHB

Scripture from Father’s Heart Bible™. © 2026 Spirit Media Publishing, the imprint of Spirit Media Inc. All rights reserved. In Divine Voice™ Color, the words spoken by our Father show in blue, the words of the Son in red, and the words of the Spirit in purple.

ONCV

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Biblica® Open Nepali Contemporary Version · Creative Commons - Attribution-ShareAlike [CC BY-SA]